सिड्नी । बिगतका बर्षहरूजस्तै यो बर्ष पनि होली मेला हुने भएको छ । बिगत ४ बर्षदेखी यस प्रकारको कार्यक्रमहरूको आयोजना गर्दै आएका गगन शर्माले जानकारी दिए । यस पटक उनले ‘अपोलो होली मेला २०२० ‘ नाम राखेका छन ‘ यो बर्ष झनै बृहत र परिस्कृत रूपमा होलीलाई सम्पन्न गर्नतिर हामी लागेका छौं ‘ शर्माले भने ।
शर्माले सन २०१७ देखी होला मेलालाई निरन्तरता दिंदै आइरहेका छन । यसपटकको कार्यक्रममा उनलाई टाइटल प्रायोजकको रूपमा अपोलो इन्टरनेशनल ऐजुकेसन माइग्रेसनले साथ दिएको छ । मार्च ८ तारेखका दिन सिड्नीको लिडकममा रहेको वाइट पार्कमा आयोजना हुन लागेको यो कार्यक्रममा स्थानीय कलाकारहरूको साथमा नेपालबाट अल्मोडा, तृष्णा गुरूंङ र दिनेश काफ्ले आउने भएका छन ।
बिशेस गरेर अष्ट्रेलियामा आयोजना हुने बिबिध सांस्कृतिक कार्यक्रमहरूको निकै भब्यताका साथ आयोजना गर्दै आएका गगन शर्माले नेपालबाट प्रशान्त तामांग, इन्दिरा जोशी,केकी अधिकारी,सन्जिब सिंह,एज ब्याण्ड,कुटुम्ब,सबिन राई , प्रजापति पराजुली लगायतका कलाकारहरूलाई पहिलोपटक अष्ट्रेलिया ल्याएका थिए -‘ प्रबासमा नेपाली संस्कृति र परम्परालाई निरन्तरता दिनु नै कार्यक्रमको उद्देश्य हो -‘ शर्माले भने ।
यस पटक अपोलो होली मेला २०२ मा शर्माले प्रस्तुत गर्न लागेका आल्मोडा र तृष्णा यूबा पुस्तामाझ लोकप्रिय कलाकार हुन भने दिनेश काफ्ले बुगी बुगी नेपाली नृत्य प्रतियोगिता टेलिभिजन शोका प्रस्तोता हुन । हांस्य प्रस्तुतिका साथ कार्यक्रम सन्चालन गर्ने दिनेशको शैली मन पराउने गरिन्छ । त्यस्तै आल्मोडाको ‘ पानी पर्यो असिना झर्यो……र तृष्णाकाे जाउं न माया साथैमा माया परती लगायतका गीतहरू चर्चित छन ।