डोल्पा । डोल्पामा रहेको सिटिजन्स इन्टरनेशल बैँकको शाखाले बहिरा तथा अपाङ्ग बालबालिका र अन्य बालबालिकाहरुलाई पचास पचास हजारको चेक दिएर सहयोग गरेको छ ।
सिटिजन्स बैँकको सामाजिक उत्तरदायित्व कार्यक्रम मार्फत डोल्पामा पहिलो पटक मुकुटेश्वर अपाङ्ग सेवा समिति डोल्पाका २० जना फरक क्षमता भएको बालबालिका र बाल मन्दिर आधारभुत बिद्यालयतका १० जना बहिरा बालबालिकाहरुलाई पचास हजारको चेक हस्तान्त्रण गरेको हो ।
त्यसैगरि, सदरमुकाममै रहेको सरस्वती माध्यामिक बिद्यालयका बालबालिकाहरुको लागि पनि पचास हजारको चेक हस्तान्त्रण गरेको सिटिजन्स इन्टरनेशल बैँकको शाखाका प्रबन्धक नबिन बोहोराले जानकारी दिए ।
बैँकले हस्तान्त्रण गरेको रकमबाट अपाङ्ग बालबालिकाहरुलाई लत्ता कपाडा र खानेकुरा किन्ने मुकुटेश्वर अपाङ्ग सेवा समितिका अध्यक्ष चन्द्रबहादुर रोकायाले जानकारी दिए । भने, सरस्वती माबिमा भने खेलकुदका सामाग्रिहरुमा खर्च गर्ने भन्दै प्रधानाध्यापक सत्यानारायण सिँहले बैँकलाइ,धन्यबाद दिए ।
बैँकले सामाजिक सेवामा ठुलो रकम सहयोग गरेको यो पहिलो पटक हो । सिटिजन्स इन्टरनेशल बैँकको शाखाको डोल्पामा २०७१ जेष्ठ १० गते शुभारम्भ गरिएको थियो भने हाल यसका ८९ शाखा र ९० एटिएम रहेको शाखा प्रमुख बोहोराले जानकारी दिए ।