कोरोना महामारी संक्रमणसँगै अस्पतालमा बिरामीका लागि रगतको पनि अभाव हुँदै गएको छ । संक्रमितको संख्या बढ्दै जाँदा भएको लामो लकडाउन र निषेधाज्ञाका कारण आवश्यक रक्त संकलनको मात्रा पनि कमी हुँदै गएको छ । रक्तदान गर्ने मानिसको संख्या पनि कम हुँदै गएको छ । रक्तदान गर्न चाहने दाता पनि संक्रमित हुन सक्छन् वा सक्दैनन्, त्यसको जाँच हुनु जरुरी छ । एकपटक रक्तदानका लागि गरिएको पीसीआर परीक्षण अर्कोपटकको रक्तदानका लागि काम लाग्दैन । फेरि पीसीआर परीक्षण गर्नैपर्छ । यसले रगत दिने र दिनेका लागि रक्तदानको प्रक्रिया निकै जटिल बनाइदिएको छ । अर्को कुरा, रगत संकलनका लागि स्वास्थ्यकर्मीले पनि आधुनिक उपकरण प्रयोग गर्नु आवश्यक हुन्छ । हेर्दा एक प्वाइन्ट रगतका लागि यति धरै खर्च छ । तर, यो अत्यावश्यक छ, किनकि रगत जीवन हो । यसका लागि सरकारी निकाय, सामाजिक संघसंस्था तथा ब्लडबैंकले यस संकटका बेला विशेष लगानी गर्नु जरुरी छ ।
महामारी संक्रमित बिरामीको संख्या बढ्दै जान थालेपछि अस्पताल, क्लिनिक, नर्सिङ होमजस्ता स्वास्थ्य संस्थाहरूमा बिरामीका लागि आवश्यक रगत धेरै नै कम भएको छ । कोरोना महामारीबाहेक तत्कालका लागि रगत चाहिएका दुर्घटनाका केसका लागि पनि निकै असर देखिँदै गएको छ । हेर्दा एक प्वाइन्टको रगत भए पनि त्यसले जीवन बचाउँछ । एक प्वाइन्ट रगत भनेको एक जीवन हो । एक जीवन भनेको एक परिवार हो र एक परिवार भनेको एक समाज हो, राष्ट्र हो । त्यसैले, एक प्वाइन्ट रगत आजको खाँचो हो । यो खाँचोको आपूर्ति गर्न सरकार र समाज गम्भीर हुनैपर्दछ । होइन भने आइपर्दाका घडीमा कसैको ज्यान जोगाउन हामी सक्षम हुनेछैनौं । पछिल्लो घडीमा त मानिसहरू एकअर्कामा तर्सन थालिसकेका समेत छन् । नेपालीमा एउटा अति खाले मानसिकताले घर गरेको देखिन्छ । त्यो हो लापर्बाही गरे पनि हदैखालको लापर्बाही र खुम्चिए पनि हदैसम्म खुम्चिने बानी छ । यसले दुई अतिमा पु¥याएर हामी आफैंलाई घाटा गराउने निश्चित छ ।
यस्तो बेलामा सरकारले जनताको स्वास्थ्य बचाउका लागि केही न केही प्रभावकारी कार्यक्रम’bout सोच्नैपर्छ । जनस्वास्थ्यसँग जोडिएका निकाय तथा संस्थाहरूले पनि यसमा योगदान पु¥याउनुपर्छ । स्वयं जनता पनि यसमा निकै सतर्क हुनुपर्छ । सबैको जोड, बल र सहकार्यले मात्र हामी नेपालीबीच आएका समस्याको समाधान गर्न सकिन्छ । यसलाई हामीले समयसन्दर्भका हिसाबले गहिरो गरी लिनुपर्छ । रगत एक व्यक्तिले अर्को व्यक्तिलाई दिने कुरा हो । त्यसमा पनि ब्लड ग्रुप मिल्नुपर्ने, अहिलेको बेला कोरोना महामारीमुक्त हुनुपर्ने, रगत दिन पनि एक ठूलो लडाइँको मोर्चामा सामेल भएझैं उभिनुपर्ने अवस्था छ । यसका लागि प्रोत्साहन, हौसला, राहत वा उत्प्रेरणाको जरुरी छ । यो वातावरण निर्माण गर्न हामी सबै निकै दत्तचित्त भएर लाग्नुपर्छ ।






