सवा २ अर्ब रुपैयाँ बराबरको साधारण सेयर तत्काल आउने


६ अर्बको आईपीओ पाइप लाइनमा

काठमाडौं । धितोबजार चम्किन थालेकै बेला बजारमा २ अर्ब रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) आउने भएको छ । धितोपत्र बजारमा विभिन्न कम्पनीमाथि सर्किट ब्रेक लागिरहेकै बेला नेपाल धितोपत्र बोर्डले दुईवटा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो ।


नेपाल धितोपत्र बोर्डले मंगलबार जारी गरेको सूचनाअनुसार एनआरएन इन्फ्राइन्स्ट्रक्चर एन्ड डेभलपमेन्ट र नेपाल पुनर्बिमा कम्पनीले एक अर्ब ९३ करोड ९८ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने भएका हुन् ।
नेपाल धितोपत्र बोर्डले आइतबार अनुमति दिएसँगै सर्वसाधारणले सो मात्राको सेयर निष्कासन गर्न लागेका हुन् । बोर्डले यी दुई संस्थालाई अंकित मूल्य १०० रुपैयाँ दरको एक करोड ९३ लाख ९८ हजार ४६ कित्ता सेयर जारी गर्न अनुमति दिएको हो ।


नेपाल धितोपत्र बोर्डका अनुसार सोमध्ये एनआरएन इन्फ्राइन्स्ट्रक्चर एन्ड डेभलपमेन्टले कुल ३३ करोड ९८ लाख ४ हजार ६०० रुपैयाँ बराबरको आईपीओ जारी हुनेछ । संस्थाले बिक्री प्रबन्धक सानिमा क्यापिटलमार्फत ३३ लाख ९८ हजार ०४६ कित्ता सेयर निष्कासन गर्नेछ ।


यसैगरी, बोर्डले १ अर्ब ६० करोडको प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न नेपाल पुनर्बिमा कम्पनीलाई अनुमति प्रदान गरेको छ । अनुमति पाएसँगै कम्पनीले आईपीओ निष्कासनका लागि आह्वानपत्र जारी गर्नेछ ।
कम्पनीले कुल एक अर्ब ६० करोड बराबरको एक करोड ६० लाख कित्ता आईपीओ जारी गर्नेछ । आईपीओ निष्कासनका लागि कम्पनीले सेयर बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिसकेको छ । इक्रा नेपालले कम्पनीको आईपीओलाई ग्रेड २ को रेटिंङ प्रदान गरेको छ ।


हाल नेपाल पुनर्बिमा कम्पनीको अधिकृत पुँजी १५ अर्ब, जारी पुँजी १० अर्ब र चुक्ता पुँजी ८ अर्ब ४० करोड रहेको छ । आईपीओ निष्कासनपश्चात् कम्पनीको चुक्ता पुँजी १० अर्ब पुग्नेछ ।
कम्पनीमा सरकारको ४४, बिमा कम्पनीका ३९ र सर्वसाधारणका १६ प्रतिशत स्वामित्व हुनेगरी लगानी संरचना तयार पारिएको छ ।


शिवश्री हाइड्रोपावर कम्पनीको पनि चाँडै नै आईपीओ आउने भएकाले लगानीकर्ताले पैसाको जोहो गर्ने समय आएको छ । गत असोजमा नै शिवश्रीलाई आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको थियो । कम्पनीले ३३ लाख ५१ हजार १४० कित्ता सेयरको ३३ करोड ५१ लाख १४ हजारको आईपीओ जारी गर्न लागेको हो ।
कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले कम्पनीको आधारभूत पक्ष औषतभन्दा कमजोर रहेको देखाउँछ । कम्पनीको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
आईपीओका लागि अनुमति पाएका यी तीन कम्पनीको कुल २ अर्ब २७ करोड ४९ लाख १८ हजार ६ सय रुपैयाँ बराबरको आईपीओ जारी गर्नेछ ।


आईपीओ जारी हुन लागेका यी कम्पनीमध्ये शिवश्रीले २२.६९ प्रतिशत, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ३० प्रतिशत र पुनर्बिमा कम्पनीको १६ प्रतिशत पुुँजी बराबरको सेयर जारी हुन लागेको हो । सेयरको दोस्रो बजार लगातार ओरालो लागेर लगानीकर्ता हतोत्साही मानसिकतामा पुगेका बेला साढे ६ अर्बभन्दा बढी मूल्यको सेयर निष्कासनका लागि पाइप लाइनमा छ । नेपाल धितोपत्र बोर्डमा ६ अर्ब ५४ करोड १६ लाख ७३ हजार ६ सय रुपैयाँ बराबरको सेयर र म्युचुअल फन्डका इकाइ निष्कासनका लागि स्वीकृति माग्दै विभिन्न कम्पनीले निवेदन दिएका छन् ।


नेपाल धितोपत्र बोर्डका अनुसार यति बेला ६ अर्ब ९३ करोड २० लाख ५९ हजार ६ सय रुपैयाँ बराबरको आईपीओ जारी हुने पाइप लाइनमा रहेको छ । बोर्डको तथ्यांकअनुसार हाल १८ कम्पनीको ६ करोड ९३ लाख २० हजार ५९६ कित्ता सेयर अर्थात् ६ अर्ब ९३ करोड २० लाख ५९ हजार आईपीओ पाइप लाइनमा छन् । पाइप लाइनमा रहेका मध्ये ११ ओटा जलविद्युत् कम्पनी, २ बिमा कम्पनी, एक मर्चेन्ट बैंक, १ माइक्रो फाइनान्स कम्पनी र ३ वटा अन्य क्षेत्रका कम्पनी रहेका छन् । तीमध्ये सबैभन्दा बढी आईपीओ नेपाल पुनर्बिमा कम्पनीको रहेको छ ।


हिमालयन हाइड्रोपावर, विन्ध्यवासिनी हाइड्रोपावरमध्ये भोटेकोसी जलविद्युत्, एनआईसी एसिया लघुवित्त वित्तीय संस्था र अजोड इन्स्योरेन्सको आईपीओ स्वीकृतिका लागि धितोपत्र बोर्डले अध्ययन गरिरहेको छ । हिमालयनले २२ लाख ५० हजार कित्ता, विन्ध्यवासिनीले २५ लाख कित्तामध्ये भोटेकोसीको १ करोड ५० लाख कित्ता, एनआईसी एसिया लघुवित्तले ४७ लाख ५५ हजार कित्ता र अजोड इन्स्योरेन्सले ३० लाख कित्ता सेयर जारी गर्न लागेका हुन् । यी ५ कम्पनीले कुल २ अर्ब ७५ करोड ५ लाख बराबरको प्राथमिक सेयर जारी गर्नका लागि सेबोनमा निवेदन दिएका हुन् ।


यसैगरी, युनाइटेड आईडीआई मर्दी एन्ड आरबी हाइड्रोपावरले स्थानीय समुदाय र सर्वसाधारणलाई बिक्री गर्न १० करोड ५० लाखको सेयर जारी गर्दै छ । लिबर्टी इनर्जीले पनि ३७ करोड ५० लाखको सेयर जारी गर्दै छ । संगती हाइड्रोइनर्जीले ४३ करोड ५० लाख, ग्रिनलाइफ हाइड्रोपावरले ३४ करोड ९६ लाख, माउन्टेन इनर्जी नेपालले ३९ करोड ३६ लाख, मैलुङ खोला जलविद्युत् कम्पनीको ७ करोड ३६ लाख, शुभम् पावरको ५ करोड ८० लाख, हिमालयन हाइड्रोपावरको २२ करोड ५० लाख र तेह्रथुम पावर कम्पनीको १२ करोड रुपैयाँको सेयर निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।
आईएमई समूहको ठूलो स्वामित्व भएको कम्पनी इमर्जिङ नेपालले पनि ५ करोड रुपैयाँको सेयर निस्कासन गर्ने भएको छ । हालै मात्र स्थापित पूर्वाधार विकास बैंकमा संस्थागत लगानी गरेको यो इन्भेस्टमेन्ट कम्पनीले भेन्चर क्यापिटल जसरी नै लगानी गरिरहेको छ ।


सामूहिक लगानी कोषले पनि ठूलो मात्रामा लगानी स्किम ल्याउँदै छ । धितोपत्र बोर्डका अनुसार सानिमा म्युचुअल फन्डको ‘सानिमा लार्ज क्याप फन्ड’ ले १ अर्ब रुपैयाँको इकाइ जारी गर्न स्वीकृति मागेको छ । लक्ष्मी म्युचुअल फन्डको लक्ष्मी उन्नति कोषले पनि ८० करोड रुपैयाँ बरोबरका इकाइ बेच्न बोर्डसँग स्वीकृति मागेको छ । यस्ता म्युचुअल फन्डले सर्वसाधारणको पैसा जम्मा पारेर सेयर, निक्षेपजस्तै थुप्रै ठाउँमा लगानी गर्ने गर्छन् । त्यस्तो लगानीबाट सिर्जित नाफा पुनः इकाइ धनीलाई वितरण गर्छन् ।


एक करोड ९४ लाख ७६ हजार कित्ता सेयर सूचीकृत

मंगलबार नेप्सेमा दुई कम्पनीको सेयर सूचीकृत भएको छ । नेप्सेमा युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड र नेपाल क्रेडिट एन्ड कमर्स बैंकको सेयर सूचीकृत भएको हो ।

युनाइटेड इन्स्योरेन्सको ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद सेयर र नेपाल क्रेडिट एन्ड कमर्स बैंकको १ करोड २२ लाख ७६१ कित्ता बोनस सेयर सूचीकृत भएको हो । सूचीकृत भएको उक्त सेयर अब लगानीकर्ताले खरिद बिक्री गर्न सक्नेछन् ।

तपाइको प्रतिक्रिया
(Visited 91 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

दलहरू सुध्रिएनन् भने राजनीतिक दलहरुप्रति वितृष्णा अझ बढेर जान सक्छ : सीके राउत

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९