सारालाई अमेरिकन एयरपोर्टमा सधैं झमेला

मुम्बई । बलिउड अभिनेत्री सारा अली खानले अमेरिकाको अन्तर्राष्ट्रिय एयरपोर्टमा भारतीयलाई जहिले पनि शंकाको दृष्टिकोणले हेर्ने गरेको बताएकी छन् । विगतमा अभिनेता शाहरुख खानलाई केही घन्टा रोकेको एयरपोर्टले आफू पनि खान भएकै कारण हरेकपटक कडा निगरानी र रोकावटमा पर्ने गरेको बताएकी छन् ।

‘मेरो पासपोर्टको फोटोमा म केही मोटी देखिएको छु । अहिले शारीरिक रूपमा फिट छु ।’ तर पनि आफूलाई पटक–पटक शंका गरेर एयरपोर्टमा रोक्ने र अनावश्यक सोधपुछ गर्ने गरेको यी अभिनेत्रीले बताएकी छन् । आफूले अन्य परिचयपत्र देखाउँदा पनि उनीहरूले दुःख दिने गरेको गुनासो यी अभिनेत्रीले पोखेकी छन् ।

हालै एक कार्यक्रमका लागि अमेरिका गएकी यी अभिनेत्रीले विगतमा जस्तै यसपटक पनि यस्तै, समस्या झेल्नुपरेको बताएकी छन्, ‘त्यहाँका एयरपोर्टका अधिकारी हामीलाई विश्वास र भरोसा गर्दैनन् । अझ मुस्लिमलाई हेर्ने दृष्टिकोण झनै फरक मैले पाएकी छु ।’

अभिनेत्री साराले आफ्नो फिल्म लभ आजकलको प्रचारका क्रममा यस्तो गुनासो पोखेकी हुन् । उनको फिल्म यही शुक्रबार रिलिज भएको थियो । सो फिल्मले सोचेअनुसारको व्यापार गरेको छैन । यसअघि दुईवटा हिट फिल्म दिएकी साराको यो तेस्रो फिल्म बक्स अफिसमा असफल साबित भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 179 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कंगोमा डुंगामा आगलागी हुदा मृत्यु हुनेको संख्या १४८ नाघ्यो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तेस्राे स्थानमा रहेकी सिर्जना सिंह भन्छिन, जित्ने आश बाँकी नै छ