प्रदेश १ मा करिब ८४ हजार पीसीआर परीक्षण

मोरङ । प्रदेश १ मा बिहीबारसम्म करिब ८४ हजार पीसीआर परीक्षण गरिएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार बिहीबारसम्म ८३ हजार ८ सय ७५ जनाको पीसीआर परिक्षण गरिएको हो । यस्तै प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ३० जना पुग्दा १ हजार ४ सय ९६ जना डिस्चार्ज भएका छन् ।

बिहिबार मात्र ९० जना कोरोना संक्रमित थपिए भने ८१ जना डिस्चार्ज भएका छन । बिहिबार मोरङमा ४६, सुनसरीमा ३८, संखुवासभामा ४, इलाम र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । ती मध्ये विराटनगर महानगरका ३८ जना छन् ।

महानगरमा २० महिला र १८ पुरुषमा संक्रमण देखिएको हो । मोरङकै कटहरी गाउँपालिकामा ३ महिला ४ पुरुष र सुन्दरहरैंचा नगरपालिकामा १ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको दुहवीमा ४ महिला ८ पुरुष, इटहरीमा २ महिला ८ पुरुष, गढीमा २ महिला २ पुरुष, रामधुनीमा ४ पुरुष, बर्जुमा ३ पुरुष, धरानमा १ महिला २ पुरुष, इनरुवामा १ महिला १ पुरुष को रिपोर्ट पोजेटिभ आएको छ । यस्तै संखुवासभाको खाँदबारीका ४ पुरुष, इलामको इलाम नगरपालिकाकी १ महिला र प्रदेश १ बाहिरका १ जना पुरुषमा संक्रमण देखिएको छ ।

यसैगरी बिहिबार डिस्चार्ज हुने ८१ जनामा कोभिड १९ आईसोलेसन केन्द्र रंगेलीबाट ३६, मेची अस्पताल झापाबाट ९, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६, कालि सदन आईसोलेसन विराटनगरबाट १ र होम आइसोलेसनबाट २९ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा आज १ हजार ७७३ पीसीआर परीक्षण गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 180 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ