Thursday, December 3, 2020
Home Editor-Picks मृत्युपछि पनि कोरोना रिपोर्ट सजिलै पाउँदैनन् आफन्तहरू !

मृत्युपछि पनि कोरोना रिपोर्ट सजिलै पाउँदैनन् आफन्तहरू !

काठमाडौं । कोरोना भाइरस संक्रमणको अवस्था पत्ता लगाउन आरटी–पिसिआर प्रविधिबाट गरिने परीक्षणको रिपोर्ट समयमा नआउँदा आफन्तलाई सकस हुने गरेको छ ।

बिरामीको मृत्यु भए पनि समयमा रिपोर्ट नआउँदा आफन्तहरू त्रासमा पर्ने गरेका छन् । मुख्यतः अस्पतालमा राम्रो वातावरण नहुने र मृत्युपछि ढिलो रिपोर्ट आउँदा संक्रमण देखिए ट्रेसिङमा समस्या हुने गरेको आफन्तहरूको गुनासो छ ।

उदयपुरका ५२ वर्षीय एक पुरुषको गत ९ भदौमा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भयो । सोही दिन बिहानै उनको स्वाब लिइएको थियो । तर, उनको पिसिआर परीक्षणको रिपोर्ट तीन दिन पछि १२ गते शुक्रबार आयो । उनका एक आफन्तले भने, ‘के गर्नु रिपोर्ट बल्ल आयो । हामी यही अस्पतालमै बस्यौं । हारगुहार गर्दा पनि समयमा रिपोर्ट पाएनौं ।’

ज्वरोको लक्षण देखापरेपछि उनलाई उदयपुरमा सामान्य उपचारपछि त्रिवि शिक्षण अस्पताल ल्याइएको थियो । त्रिवि शिक्षण अस्पताल महाराजगन्जले सुरुमा कोरोना परीक्षण गर्न नमानेको आफन्तको गुनासो छ ।

—जटिल प्रकृतिका बिरामीको कोरोना परीक्षण गर्नै कन्जुस्याइँ

रिपोर्ट समयमा नपाउँदा आफन्तहरू मानसिक रूपमा विक्षिप्त हुने गरेका छन् । देशभर अधिकांशको मृत्युपछि मात्रै कोरोना परीक्षण भई रिपोर्ट आउने गरेको छ ।

स्वाब संकलन गरिए पनि रिपोर्ट ढिलो आउँदा आफन्तहरू प्रताडित हुने गरेका छन् । गुल्मीमा केही महिनाअघि मृत्यु भएका मृतकका एक आफन्तले भने, ‘मृत्यु त भयो तर स्वाब संकलन गरेको झन्डै एक हप्तामा रिपोर्ट आयो । हामी निकै तनावमा थियौं ।’

हाल दैनिक ११ हजार जनाको हारहारीमा कोरोना परीक्षण हुने गरेको छ । परीक्षणको दायरा बढाउँदा रिपोर्ट होल्ड भएको हुन सक्ने विज्ञहरू बताउँछन् । यस्तै, अस्पतालहरूले लक्षण देखिएका बिरामीहरूको कोरोना परीक्षणलाई द्रुत रूपमा अघि बढाउन नसकेको पाइएको छ ।

यो पनि पढ्नुहोस   चार वर्षिय बालिका बलात्कार गर्ने किशोरलाई १२ वर्ष जेल

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले केन्द्रीय प्रयोगशालाले आकस्मिक रिपोर्ट स्वाबको नमुना आएको १२ घण्टाभित्रसम्म दिइने गरेको बताए । उनले भने, ‘आकस्मिक अवस्थाको भए स्वाबको रिपोर्ट सामान्यतया १२ घण्टासम्म आइपुग्नु पर्छ । सम्बन्धित अस्पतालका चिकित्सकको सिफारिस चाहिन्छ । तर, होल्डिङ भएका स्याम्पलको रिपोर्ट २४ देखि ३६ घण्टाभित्र आउँछ ।’

शुक्रबार देशभर थप ९ सय २७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३६ हजार ४ सय ५६ जना पुगेको छ । शुक्रबार काठमाडौंमा ३ सय ५०, ललितपुरमा ११ र भक्तपुरमा ५४ संक्रमित थपिएका छन् । हालसम्म काठमाडौं उपत्यकामा संक्रमितको संख्या ४ हजार ८ सय २० पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ सय ६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म २० हजार २ सय ४२ उपचारपछि निको भएका छन् । नेपालमा हालसम्म १ सय ९५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म ६ लाख ५८ हजार १ सय १० जनाको आरटी–पिसिआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ ।

देशभर क्वारेन्टिनमा रहनेको संख्या ८ हजार ९ सय ३९ पुगेका छ । स्वास्थ्य मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या १६ हजार १९ रहेको छ ।

(Visited 121 times, 1 visits today)
Loading comments...

आजको समाचार

बालाई कुटेर मार्नेहरु छोरीलाई धम्कि दिँदैछन्, प्रहरी रिमते !

काठमाडौं । पूर्वी रुकुमको पुठा उत्तरगंगागाउँपालिका वडा नम्बर ८ स्थित् ७४ वर्षीया रणबहादुर घर्तीलाई सांघातिक हमलापछि हत्या भएको र उजुरी दिँदा पनि अहिलेसम्म दोषीहरु...

भारतको गोवामा एक नेपालीको मृत्यु

गाेवा । गएकाे डिसेम्बरमा रोजगारीका सिलसिलामा भारत‍ गएका दाङ बबई गाउपालिका वाडा नं ४ सुन्दरखाल निवासी वर्ष ३४ का कविराज नेपालीको मृत्यु भएकाे छ...

नक्कली भ्याट बिल बनाएर ४१ करोड राजस्व छली

काठमाडौं । सरकारले राजस्व छली गर्नेविरुद्ध आक्रामक कारबाही जारी राखे पनि राजस्व छलीको शृंखला रोकिएको छैन । राजस्व छली गर्नेहरूलाई एकपछि अर्को कानुनी दायरामा ल्याउन...

इलाम बजार २४ गतेसम्म बन्द

इलाम । इलामको इलाम नगरपालिकाका सम्पूर्ण सेवा शुक्रबारदेखि बन्द हुने भएको छ । पालिकामा निरन्तर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितहरुको संख्या बढ्दै गएकाले मंसिर...

अल्पमतमा परेपछि ओलीले बैठक बहिष्कार गरे

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रकोको विवाद झनझन चर्किदै गएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष...

साताका लोकप्रिय समाचार

जुम्लामा आगलागीका घटना बढे, चार दिनमा डेढ हेक्टर वन र तीनतले घर खरानी

जुम्ला । सुख्खा मौसम सुरू भएसँगै जुम्लामा आगलागीका घटनामा वृद्धि भएको छ । चार दिनको अवधिमा जुम्लाको चन्दननाथ नगरपालिकाभित्र दुई ओटा आगलागीका घटना भएका...

क्रिकेटर सन्दीप अस्पताल भर्ना

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई हेम्स अस्पताल भर्ना गरिएको हो...

‘कृष्ण लिला’ इलाममा सुटिङ हुँदै (फोटोफिचर)

इलाम । इलाम सुन्दर भएकै कारण कोरोना कहरको समयमा पनि फिल्म सुटिङका लागि चलचित्र कर्मि इलाममा आएका छन । यतिबेला इलामको पानिटारमा चलचित्र ‘कृष्ण...

नेकपाको ‘दस्तावेज युद्ध’

मौसम चिसिँदो छ । महामारीको त्रास कायमै छ तर खोपको अनुसन्धान र परीक्षणमा भएको हालसम्मको प्रगतिले आशा जगाएको छ । छिमेकी मुलुकहरू भारत र...

प्राथमिकतामा नपरेको पोस्ट कोभिड सिन्ड्रोम

नेपालमा कारोना निको भएको अर्थात् रिर्पाेट नेगेटिभ आएको निमोनिया भएको भए चार साता र नभएको भए तीन सातासम्ममा सामान्य बन्न सक्ने चिकित्सकहरूले भन्दै गरेका...

ट्रेन्डिङ

चार सचिवको सरुवा तथा पदस्थापन

काठमाडौं । सरकारले चार जना सचिवको सरुवा तथा पदस्थापन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुई जना सचिवको सरुवा र हालै...

धुलिखेलमा मृत्यु भएकी महिलाको गाउँमा सेना परिचालन गरेर सिल

मेलम्ची । धुलिखेल अस्पतालमा निधन भएकी महिलाको गाउँमा सिल गरिएको छ । आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले बाह्रबिसे नपा–९ की २९ वर्षीय महिलाको...

बाराको सिमरामा जिल्लाकै पहिलो सामुदायिक मन्टेश्वरी : ‘दंग अभिभावक, भरिभराउ बिद्याथी’

सिमरा । बाराको सिमरामा रहेको नेपाल राष्ट्रिय नमुना माध्यामिक बिद्यालयमा यसै शैक्षिक सत्रदेखी संचालन गरिएको बाल मन्टेश्वरीमा अभिभावकको रुची बढेको छ...

पुनर्निर्माण क्षेत्रमा ५५ अर्ब बजेट विनियोजन

काठमाडौं । सरकारले महाभूकम्प २०७२ पछिको पुनर्निर्माणको बाँकी सबै काम आगामी आर्थिक वर्ष (आव)मा सम्पन्न गर्ने भएको छ । पुनर्निर्माण क्षेत्रमा आव २०७७÷७८ का...

कोरोना संक्रमित २ महिने शिशुसहित सबैको स्वास्थ्य अवस्था सामान्य

वीरगन्ज । पर्सामा कोरोना संक्रमित भई उपचार गराइरहेका दुई महिनाकी शिशुसहित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । वीरगन्जको नारायणी अस्पतालमा उपचार गराइरहेका ७१...

होटल उद्योगको ९० प्रतिशत आम्दानी घट्ने

काठमाडौं । कोभिड–१९ को महामारीले नेपाली अर्थतन्त्रको महत्वपूर्ण आधार पर्यटन क्षेत्रलाई नराम्ररी असर पारेको छ । पर्यटन क्षेत्रमा वायुसेवा कम्पनीको व्यवसायका...

गम्भिर प्रेमी अझै भेटिनँ : दिपाशा (फाेटाेफिचर)

करिब दुई वर्ष नृत्य प्रशिक्षण र एकवर्षे अभिनय प्रशिक्षणपछि चलचित्र ‘दुलही रानी’बाट डेब्यु गरेकी दिपाशा बिसीको अभिनय यात्रा...

कोरोना जोखिमबीच सप्तरीमा छठ पर्व सुरु

राजविराज । कोरोना महामारीको त्रासका बीच यहाँ हिन्दु धर्मावलम्बीहरुले लोक आस्थाको पर्व छठको सुरु गरेका छन् । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर मनाउँने...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

‘आयुर्वेदिक औषधीले कोरोना निको पार्छ, खोपमा अर्बौं खर्च गर्नुपर्दैन’

काठमाडौं । जडिबुटी अनुसन्धान तथा प्रशोधन केन्द्रका अध्यक्ष शिवलाल रोकायाले सरकारले कोरोना भाइरविरुद्धको खोप किन्न अरबौं रकम खर्च गर्नुभन्दा पनि आयुर्वेदिक औषधिहरुमा लगानी गर्नु...

इलाममा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन

इलाम । इलाम चोकबजारमा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री राम बहादुर थापा ‘बादल’ को पुत्ला दहन भएको छ । नेपाल बिद्यार्थी संघ इलामले...

विमानस्थलमा लागेको आगो नियन्त्रणमा

सिमकोट । सिमकोटस्थित विमानस्थलको कर्मचारी बस्ने क्वाटरमा लागेको आगो नियन्त्रणमा आएको छ । आज बिहान ४ बजे लागेको आगो ३ घण्टापछि पूर्णरुपमा नियन्त्रणमा आएको...

धान काट्दा विवाद भएपछि छोराले गरे लाठिले हानेर बाबुको हत्या

काठमाडौं । आफ्नै ७० वर्षीय बुबालाई हत्या गरेको अभियोगमा ४० वर्षिय पुरुष पक्राउ परेका छन् । गाेरखाकाे सिरानचोक गाउँपालिका ८ धन्सार बस्ने तुलाराम ढकालको हत्या...

भर्खरै

कोरोना संक्रमणबाट ९७ बर्षीय बृद्धको निधन

लमजुङ । लमजुङमा कोरोना संक्रमणका कारणले बिहीबार ९७ बर्षीय एक बृद्धको कोरोना संक्रमणपछि निधन भएको छ । लमजुङ जिल्ला अस्पतालको आइसोलेसनमा उपचारको क्रममा उनको...

मुकेशको हत्यामा संलग्न २ पूर्पक्षका लागि जेल चलान

वीरगन्ज । पर्साको विन्दवासीनी गाउँपालिकाको नेपाल कम्युष्टि पार्टी (नेकपा) गाउँ कमिटिका सचिव मुकेश चौरसियाको हत्या आरोपमा पक्राउ परेका ५ अभियुक्त मध्ये २ जना पूर्पक्षका...

भारतीय कलाकार रजनीकान्तद्धारा नयाँ पार्टी खोल्ने घोषणा

मुम्बइ । भारतका चर्चित चलचित्र कलाकार रजनीकान्तले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् । विषेश गरेर तमिल सिनेमाबाट धेरै चर्चामा रहेका रजनीकान्तले आफूले नयाँ...

भारतको गोवामा एक नेपालीको मृत्यु

गाेवा । गएकाे डिसेम्बरमा रोजगारीका सिलसिलामा भारत‍ गएका दाङ बबई गाउपालिका वाडा नं ४ सुन्दरखाल निवासी वर्ष ३४ का कविराज नेपालीको मृत्यु भएकाे छ...

धेरै पढिएका

नेकपा कुनै पनि हालतमा फुट्दैन : झलनाथ खनाल

इलाम । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले नेकपा कुनैपनि हालतमा नफूट्नै बताएका छन् । इलामको सूर्योदय नगरपालिकामा निर्माण...

क्षतिपूर्तिसहितको नागरिक बडा पत्र कार्यान्वयनको अवस्था

सरकारको मुख्य दायित्वमध्ये नागरिकलाई सहज रूपमा सेवा सुविधा प्रवाह गर्नु हो । त्यसैले सरकार नागरिकमैत्री हुनुपर्दछ अर्थात् नागरिकसँग प्रत्यक्ष उत्तरदायि हुनुपर्दछ । लोकतान्त्रिक शासन...

नेकपा सचिवालय बैठक जारी

काठमाडौँ । शीर्ष तहमा देखिएको विवादका विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । यसअघि...

अल्पमतमा परेपछि ओलीले बैठक बहिष्कार गरे

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रकोको विवाद झनझन चर्किदै गएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   चार वर्षिय बालिका बलात्कार गर्ने किशोरलाई १२ वर्ष जेल

पुल उदघाटन भएपछि स्थानिय खुसी

(Visited 90 times, 1 visits today)