बर्दिया । ठाकुरबाबा–८ सुतैयाकी जयन्ती शाही गाउँको बाटो भएर कोही मानिस आउँदा हत्तपत्त दैलोमा आउँछिन् । खबर केही आयो कि भन्ने आशमा केही क्षण उत्साहित हुन्छिन् । केही नभनी जब त्यो मानिस ओझेल पर्छ उनी निराश हुन्छिन् । केही बेर त्यही टोलाउँछिन् । फेरि मन बुझाउँदै आप्mनै काममा लाग्छिन् । जयन्तीको यो दिनचर्या १९ वर्षदेखिको हो । श्रीमान बेपत्ता भएदेखि नै कुनै दिन केही खबर त आउँला भन्ने उनको आश अझै पनि जिवितै छ ।
ठाकुरबाबा–८ सुतैयाकै जानकी केसीको व्यथा पनी उस्तै छ । श्रीमान बेपत्ता भएको १९ वर्ष बित्यो । अझै केही अत्तोपत्तो छैन । श्रीमानको पर्खाइमा उनको तनमन भुलेको छ । वर्षौ बित्दा पनि केही खबर नपाउँदा श्रीमानको आशमा सासै जाने अवस्था आएको जानकी बताउँछिन् । घटना २०५८ सालको हो । जति बेला मुलुकमा माओवादी सशस्त्र विद्रोह चलेको थियो । किनमेलका लागि स्थानीय ठाकुरद्वारा बजार गएका जयन्तीका पति त्यहींबाट बेपत्ता पारिए, अझै फर्केका छैनन् । माओवादी सशस्त्र विद्रोहका बेला २०५८ सालमा तत्कालीन नेपाली सेनाले उनको पतिलाई बजारबाटै समातेर लगेको भन्ने खबर जयन्तीले गाउँलेबाट सुनेकी थिइन् । त्यसयता उनको श्रीमानको कुनै अत्तोपत्तो नै छैन ।
ठाकुरबाबा–८ सुतैयाकै जानकी केसीको व्यथा पनी उस्तै छ । श्रीमान बेपत्ता भएको १९ वर्ष बित्यो । अझै केही अत्तोपत्तो छैन । श्रीमानको पर्खाइमा उनको तनमन भुलेको छ । वर्षौ बित्दा पनि केही खबर नपाउँदा श्रीमानको आशमा सासै जाने अवस्था आएको जानकी बताउँछिन्
बेपत्ता श्रीमानको खोजीमा प्रहरी प्रशासन, संघसंस्था जाताततै चाहारेकी जयन्तीको अब श्रीमान फेला पार्ने आशाको त्यान्द्रो चुडिनै लागेको छ । उनी भन्छिन्, ‘यतिका वर्ष जहाँतही धाए , १९ वर्ष बित्यो । कहींबाट केही खबर आएन । कहाँ बेपत्ता पारियो ? अब त सासको आश पनि मर्न थाल्यो ।’ लामो समयको खोजीपछि राज्यले उनको श्रीमानलाई बेपत्ताको सूचीमा राखेको छ । राज्यले उनको श्रीमानलाई बेपत्ता भनेयता उनी मानसिक तनावमा छिन् । पति वियोगको पीडा सुनाउँदै जयन्ती भन्छिन्, ‘साह्रै पीडा हुँदोरहेछ । यतिका वर्ष आशै आशमा बित्यो । न सास भएको खबर आउँछ । न लाशको । सरकारप्रति आक्रोश पोख्दै जयन्ती भन्छिन्, ‘अब सासको आश त छैन सरकार । लाश कहाँ छ ? भनिदेऊ ।’
परिवार धान्ने श्रीमान नै बेपत्ता भएपछि जयन्तीको परिवार अहिले बिचल्लीमा छ । जंगल छेउको ऐलानी जग्गामा उनको घर छ । त्यही ऐलानी जग्गामा खानीखोस्री गरेर जेनतेन परिवारको गुजारा चलाएको उनी बताउँछिन् । राज्यको तर्फबाट पटकपटक गरी पाएको १० लाख रुपैयाँ सहयोगले अहिलेसम्म जेनतेन घर चलेको जयन्तीले बताइन् । श्रीमानको सास र लाश दुवै नपाएकी जयन्तीले श्रीमानको आशैआशमा पारिवारिक र सामाजिक सस्कार पनि निर्वाह गर्न पाएकी छैनन् । जसका कारण यतिखेर उनलाई मानसिक र सामाजिक समस्या देखार्न थालेको छ । समाजले उनलाई पतिको काजक्रिया गर्न दबाब दिन थालेको जयन्ती बताउँछिन् । संस्कार नचलाउँदा सामाजिक बहिस्कारमा पर्न सक्ने उनमा त्रास छ ।
बेपत्ता परिवारकी पीडित जानकी केसी पनि पछिल्लो समयमा आफूलाई सामाजिक तथा मानसिक पीडा पर्दै गएको बताउँछिन् । तत्कालीन माओवादी भएको आरोपमा सेनाले २०५८ सालमा श्रीमानलाई घरबाटै पक्राउ गरेर लगेयता उनको अत्तोपत्तो नलागेको जानकीले बताइन् । वर्षौ बित्दा पनि बेपत्ता श्रीमानको सास न लाश केही खबर नआउँदा आपूm मानसिक र सामाजिक तनाब सहन बाध्य भएको उनले बताइन् । उनी भन्छिन्, ‘घरमुली बेपत्ता हुँदा पारिवारिक समस्या त झेल्दै आएकी थिएँ । अब त समाजले पनि हेर्ने दृष्टिकोण फरक पार्न थाल्यो । काजक्रिया गर्न समाजले दबाब दिन थाले । के गर्ने म त दोधारमा छु ।’ परिवारका सदस्य कोही विरामी परे भने पितृ जागेको भन्ने आरोप लगाउने गरेको जानकीले सुनाइन् ।