Friday, April 23, 2021
Home प्रदेश समृद्धिको यात्रामा अवरोध गर्नेलाई परास्त गरेर अघि बढ्छौँ : प्रधानमन्त्री

समृद्धिको यात्रामा अवरोध गर्नेलाई परास्त गरेर अघि बढ्छौँ : प्रधानमन्त्री

,


काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिको यात्रामा अवरोध पु-याउनेलाई परास्त गर्दै अघि बढ्ने अठोट व्यक्त गरेका छन् । विकास निर्माण, वैदेशिक लगानीजस्ता समृद्धिको महाअभियानमा अवरोध पुग्ने काम भइरहेको उल्लेख गर्दै उनले त्यस्ता अवरोधले समृद्धिको यात्रा नरोकिने स्पष्ट पारे ।

राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी सत्तरीऔँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “मुलुक समृद्धिको दिशामा अघि बढिरहे पनि बाधा हाल्ने काम भइरहेका छन्, सरकारको विकासको यात्रामा अवरोधको प्रयास भए पनि त्यसलाई परास्त गरेर अघि बढ्छौँ ।”

प्रधानमन्त्री ओलीले राष्ट्रको सम्पन्नताका लागि तय गर्नुपर्ने बाटो लामो भएको र त्यसतर्फ मुलुक यात्रारत रहेको बताए। उनले यात्राको थालनीलाई औचित्यहिन र अनावश्यक ठान्ने प्रवृत्तितर्फ सरकार सचेत रहेको बताए । संविधान जारी भएपछि आम निर्वाचनद्वारा बनेको सरकारले भर्खरै दुई वर्षे कार्यकाल पूरा गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले गत वर्षलाई सरकारले राज्य सञ्चालनको आधार वर्षका रुपमा लिएको बताए ।

उनले अहिले नयाँ संविधानबमोजिमका राज्य संरचना निर्माण, सङ्घीयता कार्यान्वयन, वित्तीय व्यवस्थापन, कानून र जनशक्ति समायोजन गरेर सरकार अघि बढेको प्रष्ट्याए । “त्यही आधारमा टेकेर मुलुकलाई समृद्ध बनाउने अभियानमा लागेका छौँ, यस अवधिमा सुशासन र विकासका नतिजा आउन थालेका छन्, केही सम्पन्न गरेका छौँ, केही निर्माणाधीन छन्, केही अगाडि बढ्दैछन्”, प्रधानमन्त्री ओलीले भने । विसं २००७ को आजलाई नेपालको इतिहासमा उज्यालो नयाँ युगको आरम्भको गौरवमय दिनका रुपमा स्मरण गर्दै उनले यस दिनको सम्झना र सम्मानमा सरकारले हरेक वर्ष प्रजातन्त्र दिवसका रुपमा मनाउँदै आएको उल्लेख गरे ।

उनले देशभित्र र देश बाहिर रहेका आम नेपालीलाई दिवसको अबसरमा शुभकामनासमेत व्यक्त गरे । उनले आजको दिनलाई समाजको राजनीति र शासन प्रणालीमा जहानीय निरङ्कुशता र बरबरताबाट मुक्ति पाएको तथा लामो अन्धकार चिरेर सुन्दर बिहानी प्राप्त भएको बिन्दुका रुपमा स्मरण गरे । वर्तमान समयमा मुलुक गरिबीबाट सम्पन्नतातर्फ, अविकासबाट विकासतर्फ र अव्व्यावस्थाबाट सुव्यावस्थातर्फ अगाडि बढिरहेको राज्यको यस अभियानको विजारोपण ७० वर्ष अघि भएकाले यसबीचको गरिमालाई बचाइराख्नका लागि औपचारिकताबाट माथि उठ्न आम नेपालीलाई आह्वान गरे।

प्रजातन्त्रको हक अधिकार स्थापनाका लागि विगतमा भएको अनवरत सङ्घर्षमा आफूलाई समाहित गर्ने वीरविरङ्गनाको स्मरण गर्दै प्रधानमन्त्री ओलीले विगतको प्रजातान्त्रिक आन्दोलनको गौरवमय इतिहासलाई कसैले विर्सन नहुनेमा जोड दिए । उनले भने “आजको दिनलाई जनताले चाहेको राष्ट्रको समृद्धिका लागि संकल्प गर्ने दिन हो ।” द्वन्द्व व्यवस्थापनमा नेपालले मौलिक विधि अपनाएर व्यवस्थापन गरेकाले अहिले मुलुक आर्थिक विकास र सामाजिक रुपान्तरणमा अघि बढेको प्रधानमन्त्रीको भनाइ छ ।

नेपाली समस्या आफैँ हल गर्नसक्ने भनेर पहिचान दिलाएको नेपालले अन्तर्राष्ट्रिय जगत्मा पहिचान विस्तार गरेको र नेपालप्रति विश्वको ध्यानाकर्षण भएको प्रधानमन्त्रीको भनाइ थियो । उनले मुलुक प्रजातान्त्रिक अधिकारमार्फत देशको गरिमा बढाउने र समृद्धि गर्ने जनताको चाहना सफलतातर्फ अग्रसर भइरहेको छ । नयाँ मुलुकमा राज्य संरचना, नयाँ परिपाटी र नयाँ संविधानको अभ्यास गरिरहेको उल्लेख गर्दै उनले एउटा सरकारको ठाउँमा अर्काे सरकार बनेजस्तो सहज नभएको बताए ।

उनले छोटो अवधिमा चिरकालदेखि देखिएको जनआकाङ्क्षाको सम्बोधन गर्नुपर्ने चुनौती वर्तमानमा रहेकाले अहिलेको प्रणालीलाई संस्थागत र सुदृढ गर्दै समृद्धितर्फको यात्रा अगाडि बढाउर्ने आवश्यकता औँल्याए । उनले समृद्धिको अभियानका समयमा कतिपय पक्षबाट आइरहेको असन्तुष्टि, प्रणालीगत वदलाव, जनआकाङ्क्षा र राज्यको संस्थागत आवश्यकतालाई केलाउनुपर्ने अबस्था रहेको बताए ।

विसं २००७ को परिवर्तनजस्तै आजको समय विकास र समृद्धिको युग हो भन्दै प्रधानमन्त्री ओलीले निरङ्कुशतन्त्र र अधिनायकवादलाई परास्त गरेर यहाँसम्म आइपुगे पनि बेरोजगारी र पछौटेपनको अबस्थाबाट मुलकुलाई बाहिर निकाल्नुपर्न अभिभारा सरकारसामु रहेको बताए । “विकासको नयाँ युगमा प्रवेश गराउन सरकार योजनाबद्ध रुपमा अघि बढेको छ, आर्थिक विकास र सामाजिक न्यायसहितको लोकतन्त्रलाई जनस्तरसम्म विस्तार एवं सुदृढ गर्ने दिशातर्फ अघि बढेका छौँ”, उनले भने ।

सन् २०२२ सम्ममा नेपाललाई अति कम विकसित मुलुकबाट स्तरोन्नति गर्ने र २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्ने अभियानमा सरकार रहेको बताए । यस लक्ष्य प्राप्त गर्नका लागि हामी हरेक क्षण सम्भावना र सामथ्र्यको सदुपयोग गरिरहेको प्रधानमन्त्रीको भनाइ थियो । यस यात्राबाट नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने आकाँक्षा पूरा हुने उहाँले विश्वास व्यक्त गरे । यतिखेर सरकार आर्थिक एवं सामाजिक रुपान्तरणको कार्यभार कार्यान्वयनमा केन्द्रित रहेको भन्दै उनले समृद्धि प्राप्तिको यो अभियानमा मित्रराष्ट्रको सहयोगको अपेक्षा गरे ।

उनले मुलुकलाई संविधान र कानूनअनुसार अघि बढाउने र लोकतान्त्रिक प्रणालीमा व्यवधान पुग्न नदिनेमा आम नेपालीलाई आश्वस्त पारे । राष्ट्र निर्माण, प्रजातन्त्र प्राप्ति, लोकतन्त्रका लागि गरेको लामो संघर्ष र इतिहासको परिघटनासम्बन्धीको ज्ञानलाई भावि पुस्ताले पनि अध्ययन गर्नुपर्नेमा उनले जोड दिए । उक्त समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।

समारोहमा प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरा, सभामुख अग्नी सापाकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका विशिष्ट कर्मचारीलगायतको सहभागिता थियो । सो क्रममा विभिन्न जातजातिका सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरिएको थियो । रासस

(Visited 134 times, 1 visits today)
Loading comments...

आजको समाचार

ओली–नेपाल छलफलमा सहमति किन जुटेन सकेन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ । काठमाडौंको होटेल...

राष्ट्रिय सभा सदस्य उपनिर्वाचन ६ जेठमा

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा ६ जेठमा उपनिर्वाचन गर्ने भएको छ । आयोगको सिफारिसमा सरकारले उपनिर्वाचनको मिति तोकेपछि आयोगले...

कस्तुपको सिलौटोमा कुलेन्द्र, रामजी, ज्योति र प्रीति

काठमाडौं । कलेन्द्र बिक, रामजी खाँड, ज्योति मगर र प्रीति आले आफैंमा गायक गायिका हुन् । तर, यतिबेला लोकदोहोरीका यी चार हस्ती एउटा लोकदोहोरी...

वैदेशिक लगानीमा ८ दशमलव ८ प्रतिशत कमी

काठमाडौं । आर्थिक वर्ष २०७५÷७६ अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानी ८ दशमलव ८ प्रतिशतले कमी आएको छ । यस आर्थिक वर्षमा वैदेशिक लगानी १...

वास्तविक राष्ट्रसेवक कहिले पाइएला ?

कुनै पनि देशको राजनीतिक नेतृत्व तथा सरकारलाई सफल तथा असफल बनाउने प्रमुख भूमिका नै राष्ट्रसेवकका रूपमा रहेका कर्मचारीतन्त्रमा निर्भर रहन्छ । त्यसैले पनि कर्मचारीतन्त्रलाई...

साताका लोकप्रिय समाचार

नेपालको लगातार दोस्रो जित

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । मलेसियाले दिएको १ सय १० रनको लक्ष्य पछ्याएको घरेलु...

कांग्रेस नेता राहुल गान्धीलाई कोरोना संक्रमण

एजेन्सी । कांग्रेस आईका नेता राहुल गान्धीलाई कोरोना संक्रमण भएको छ । उनले सामाजिक सञ्जाल मार्फत आफुलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् ।...

जिकज्याक मोटरसाईकल चलाएर चालकसंग निउ खोज्ने ६ जना पक्राउ

धनकुटा । धनकुटामा दादागिरी देखाएको आरोपमा ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । साँगुरीगढी गाउँपालिका–६ मालवासेस्थित कोशी राजमार्गमा सवारी साधनलाई रोकेर हुल हुज्जत...

भारतमा काेराेनाकाे नयाँ रेकर्ड : एकै दिनमा दुई लाख ६१ हजार सङ्क्रमित, १५०० को मृत्यु

नयाँ दिल्ली ।  भारतमा कोरोनाभाइरसबाट एकै दिनमा दुई लाख ६१ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । “एकै दिनमा यति धेरै सङ्क्रमित भएको यो पहिलो...

नवनिर्वाचित पत्रकारले गरे पदस्थापन

सप्तरी, राजविराज । पत्रकार महासंघ शाखा सप्तरीका नवनिर्वाचित पदाधिकारीहरुको सोमबार एक कार्यक्रमको आयोजना गरि पदस्थापना गरिएको छ । राजविराजस्थित शाखाको सभाकक्षमा आयोजित कार्यक्रमबीच नवनिर्वाचित अध्यक्ष...

ट्रेन्डिङ

मोरङमा पछिल्लो १८ घण्टामा कोरोनाबाट १० जनाको मृत्यु

मोरङ । मोरङमा पछिल्लो १८ घण्टाका अवधिमा कोरोना सङ्क्रमणबाट १० जनाको मृत्यु भएको छ । विराटनगरका विभिन्न अस्पतालमा आठ र दुई जनाको होम आइसोलेसनमा...

ठेकेदार कम्पनीको बदमासी, करोडौंको ठेक्का ओगट्दै काम अलपत्र छाड्दै

देशभरका पुलको काम पप्पु कन्सट्रक्सनको कब्जामा काठमाडौं । अधिकांश आयोजनाले समयमा काम नगरेर ठेक्का अलपत्र पारेको पाइएको छ...

फुपूले पाँच वर्षिय बालकलाई चाउ चाउ खान दिइन्, अनि घाँटी थिचेर मारिन्

धनकुटा ।  धनुषामा पाँच वर्षीय बालकको हत्या गरेको आरोपमा एक महिलालाई पक्राउ गरी आज धनुषा प्रहरीले सार्वजनिक गरेको छ । धनुषा विदेह नगरपालिका–२ दुहबी...

कोरोना संक्रमणका कारण ललितपुर बार एसोसिएसनका निवर्तमान अध्यक्ष विष्टको निधन

काठमाडौं । ललितपुर बार एसोसिएसनका निवर्तमान अध्यक्ष एवं अधिवक्ता दीपकबहादुर विष्टको कोरोना संक्रमणका कारण निधन भएको छ । १३ असोजदेखि ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत...

दोलखामा पहिलो चरणमा २ हजारलाई कोरोना विरुद्धको खोप लगाइने

दोलखा । दोलखाको स्थानिय सरकारले अग्रपंत्तिमा खटिएका स्वास्थ्यकर्मी लगायत करिब २ हजार नागरिकलाई पहिलो चरणको कोरोना विरुद्धको खोप लगाउनका लागि शिफारिस गरेको जनाएको छ...

सरकारले देशभरका विद्यालयलाई भन्यो : कोरोना संक्रमण बढेकाले ५ चैतभित्रै परीक्षा सक्नु

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चालु शैक्षिक सत्रको वार्षिक परीक्षा आगामी ५ चैतभित्र सम्पन्न गरिसक्न विद्यालयहरुलाई निर्देशन दिएको छ । कोरोना भाइरसको...

नवलपुरमा ७ बर्षीय बालिका बलात्कृत

नवलपुर । पूर्वी नवलपरासीको गैडाकोटमा ७ बर्षीया बालिका बलात्कृत भएकी छिन् । इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार ७ बर्षीया बालिकालाई स्थानीय २९ बर्षीय युवकले...

चिर्पटले हानेर हजुरआमाको हत्या, श्रीमती, छोरा र छोरी घाइते

काठमाडौं । ८४ वर्षीया हजुरआमा केशरी घर्तीलाई दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा गढवा गाउँपालिका १ चिसापानी बस्ने २८ वर्षीय जिवन घर्तीलाई सोमबार...

हेटौँडामा मोटरसाइकल दुर्घटना हुँदा किशोरको मृत्यु

वाग्मती । हेटौँडामा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ भने एक घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक भीमफेदी–९ नामटार घर...

सरकारले काठ ओसारपसारमा राेक लगाएपछि देवघाटमा शव जलाउने दाउरा अभाव

चितवन ।  दैनिक १५ वटा हाराहारी शवको दाहसंस्कार हुने देवघाटधाममा दाउरा अभाव भएको छ । तीन दिनका लागि मात्रै दाउरा मौज्दात रहेकाले त्यसपछि शव...

काठमाडौं उपत्यकामै आइपुग्यो वर्षायाम भित्र्याउने मौसम प्रणाली, यस्तो छ बुधबारसम्मको मनसुनी अवस्था

काठमाडौं । मनसुनी वायु देशभर फैलने क्रममा आजदेखि काठमाडौं उपत्यकामा पनि आइपुगेको छ । मौसमविदहरुका अनुसार वर्षायाम भित्र्याउने मौसमी प्रणाली आज सोमबारबाट देशको मध्य...

प्रम कार्यालयमा उपप्रधानमन्त्रीलाई सुनौलो अवसर !

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई अझै सशक्त र प्रभावकारी बनाउने उद्देश्यले नै उपप्रधानमन्त्री इश्वर पोखरेलाई प्रधानमन्त्री कार्यालयमा ल्याएका छन् । विकसित...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)