कोरोना भाईरसबाट जोगिने र जोगाउने विद्यार्थीहरुको नौलो प्रयास

सप्तरी । विश्वभर कोरोना भाईरसको त्रास फैलिरहेको बेला यसको प्रभाव र यसबाट जोगिने उपाय’bout सचेतना फैलाउने उदेश्यले महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसका विद्यार्थीहरुले नौलो कार्यक्रम संचालनमा ल्याएका छन् ।

                क्याम्पस हातामै बुधबार एक कार्यक्रमको आयोजना गरी माईक्रोबायोलोजि चौथो वर्षमा अध्यनरत १० जना विद्यार्थीले सरोकारवालाहरुलाई राखेर कोरोना भाईरसको संक्रमण तथा यसबाट सुरक्षित रहने उपाय’bout रंगोली, कोरोना भाईरसको विभिन्न आकृति निर्माण तथा श्रव्यदृश्य लगायतका माध्यमले सचेतना फैलाउने कार्यको शुभारम्भ गरेका हुन ।

                क्याम्पस प्रमुख डा. सर्वेशचन्द्र मिश्रको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि राजविराज नगरपालिकाकी उप प्रमुख साधना झाले उदघाटन गरेकी हुन् । क्याम्पस प्रवेशद्वार देखि कार्यक्रम स्थलसम्म रहेको कोठा सम्म सडकमा रंगोली तथा किनारमा कोरोना भाईरसको विभिन्न आकृति समेत राखेर भयावह बन्दै, गएको कोरोना भाईरस रोग’bout सर्वसाधारणलाई सचेत गराउने प्रयास गरिएको हो ।

                माईक्रोबायोलोजि चौथो वर्षमा अध्यनरत अंजली ठाकुर, आफरिन कौशर, टिना आनन्द, किरण गुप्ता, पुजा दास, पुजा साह, हिरा कुमारी साह, प्रियंका देव, आर्दश राज, शिवचन्द्र यादव र सुस्मिता सोनी गरी १० जना विद्यार्थी मिलेर त्यस्तो सचेतना मुलक कार्यक्रम तयार पारेको क्याम्पसको माईक्रोबायोलोजि विभागका प्रमुख सियाराम भगतले जानकारी दिए ।

                उनले यस्ता कार्यक्रमले कोरोना भाइरसको त्रास धेरै हदसम्म न्युनिकरण हुने विश्वास समेत व्यक्त गरे । कार्यक्रममा श्रव्यदृश्य प्रचार सामग्री मार्फत माईक्रोबायोलोजि छात्रा अंजली ठाकुर सहित १० जना विद्यार्थीले कक्षा समेत संचालन गरी सहभागीहरुलाई कोरोना भाईरस रोग र यसबाट बच्ने उपाय’bout प्रशिक्षण दिई रहेका छन् ।

                कार्यक्रममा सहभागीहरुले संसारभर त्रास फैलाएको कोरोना भाईरसको त्रास र जोखिम’bout सत्य तथ्य जानकारी दिने र यसबाट आफु पनि बचौं र अरुलाई पनि बचाऔ भन्ने सन्देश सहित विद्यार्थीहरुले थालेको नौलो प्रयासको प्रसंसा गर्दै स्वाथ्य क्षेत्रमा क्रियाशिल संस्थाहरुले समेत यस्तो कार्यक्रमहरु संचालनमा ल्याउनुपर्ने सुझाव दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 116 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

निहारिका र शिवराजले जानकी मन्दिरमा विवाह गर्ने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ १७, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ १७, २०७९
रुपन्देहीको शुद्वोधन गाउँपालिकामा पनि काँग्रेसका उम्मेदवार विजयी