अबैध पोलिक्लिनिकमा सुत्केरीको मृत्यु

सर्लाही । सर्लाही सदरमुकाम मलङ्गवामा अवैध किसिमले अपे्रसन थिएटर सञ्चालन गरिरहेको एक पोलिक्लिनिकको लापरवाहीका कारण सुत्केरी महिलाको मृत्यु भएको छ ।

शल्यक्रियाको अनुमति नै नपाएको मलङ्गवा नगरपालिका–४, स्थित अमत्र्य पोलिक्लिनिकमा सदरमुकाम मलङ्गवा नगरपालिका–१०, की २१ वर्षीया सविता देवी हलुवाईको मृत्यु भएको हो । सवितालाई भदौ १२ गते प्रसव व्यथा लागेपछि परिवारले जिल्ला अस्पताल मलङ्गवा पु-याएका थिए ।

अस्पतालले उनको शारीरिक अवस्था जटिल रहेको भन्दै सुविधा सम्पन्न अस्पतालमा लैजान रिफर ग-र्यो । तर आर्थिक अवस्था कमजोर रहेको हलुवाई परिवारले सविता देवीलाई अन्यत्र लान सकेन र स्थानीय अमत्र्य पोलिक्लिनिकमा पु-याए ।

शल्यक्र्रियामार्फत सविता देवीले शिशु जन्माइन् तर हेमोग्लोविनको मात्रा अत्यन्त न्यून हुँदाहुँदै शल्यक्रियामार्फत शिशु जन्माएको चार दिनपछि गत मङ्गलवार सविता देवीको मृत्यु भएको हो । सविता देवीले जन्माएको छोराको भने मलङ्गवाकै अर्को एक क्लिनिकमा उपचार भइरहेको छ ।

मृतक सविता देवीकी दिदी (जेठी सासु) दुलारी देवीले पोलिक्लिनिकको लापरवाहीले आफ्नो बुहारीको मृत्यु भएको बताइन् ।

पोलिक्लिनिकका सञ्चालक डा. सुरेन्द्र कुमार यादवले आफ्नो पोलिक्लिनिकमा अपे्रसन थिएटर सञ्चालन गर्ने अनुमति नरहेको स्वीकार गरे । उनले सविता देवीको श्रीमान प्रमोद साह हलुवाईले पटक–पटक हारगुहार गरेपछि शल्यक्र्रिया गरेर बच्चा निकालिएको दावी गरे ।

डा. यादव भन्छन् ‘आफूहरुले अथक प्रयास गरेपछि अन्तिम अवस्थामा सुत्केरीलाई जनकपुर रेफर ग-र्यौ, बाटोमै मृत्यु भएछ ।’

स्थानीयका अनुसार सो अवैध पोलिक्लिनिकमा यसरी पटक–पटक सुत्केरी महिलाको मृत्यु भइसकेको छ । डा. यादव आफैले पनि यो दोस्रो मृत्युको घटना रहेको बताए । यसरी अवैध पोलिक्लिनिकमा सुत्केरीको मृत्यु भएको जानकारी हुँदा समेत कुनै पनि निकायबाट अहिलेसम्म अनुगमन समेत हुन सकेको छैन् ।

जिल्ला स्वास्थ्य कार्यालय मलङ्गवा, सर्लाहीका जनस्वास्थ्य अधिकृत मुमताज मिकरानीले पोलिक्लिनिकमा ओपीडी मात्रै सञ्चालन गर्न पाईने जानकारी दिए । ‘पोलिक्लिनिकमा ओपीडी मात्रै सञ्चालन गर्न मिल्छ, अपे्रसन गर्ने अनुमति हुँदैन्,’ उनले भने ‘अमात्र्य पोलिक्लिनिकलाई स्वास्थ्य कार्यालयबाट अपे्रसन गर्ने अनुमति दिइएको छैन् ।’ यसको अनुगमन गर्ने जिम्मा अहिले पालिकाको रहेको मिकरानीको भनाई छ ।

मलङ्गवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीले भने पोलिक्लिनिकको अनुगमन कस्ले गर्ने भन्ने अन्यौलता रहेको बताए । पोलिक्लिनिकको सन्दर्भमा स्थानीय सरकार सञ्चालन ऐनमा त्यसको नियमन गर्ने निकाय स्थानीय तह भन्ने कुरा उल्लेख नभएको कारणले कस्को क्षेत्रभित्र पर्छ भन्ने कुराको दुविधा छ, सुवेदीले भने ‘जुन निकायको अधिकार क्षेत्रभित्र छ त्यही निकायले अनुगमन गर्नुपर्छ ।’

तपाइको प्रतिक्रिया
(Visited 385 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

एनपिएलः काठमाडौँ गुर्खाज छ विकेटले विजयी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गोरखाको चुमनुब्री : डाेकाेमा बाेकेर दुई दिनपछि मतपेटिका आइपुग्याे तर, सुरु भएन मतगणना