जसले एकै दिन तीन बालिका बलात्कार गरे

लमजुङ । लमजुङमा तीन बालिका बलात्कार गर्ने ४३ वर्षको एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङको क्व्होलासोथर गाउँपालिका– ३ बगुम गाउँ बस्ने ४३ वर्षीय नन्दमान गुरुङ रहेका छन् ।

गुरुङका विरुद्धमा ९ र ११ वर्षका दुई गरी तीन बालिकालाई बलात्कार गरेको अभियोग छ । यही भदौ ६ गतेका दिन नन्दमान गुरुङले बर्ष– ९ की एक जना बालिका र बर्ष ११ की २ जना बालिकासमेत तीन जना बालिकाहरुलाई कोही नबस्ने खाली घरमा ललाई फकाई लगी जवरजस्ति करणी गरेका थिए ।

शुक्रबार उजुरी परे लगत्तै जिल्ला प्रहरी कार्यालयले प्रहरी टोली खटाई गुरुङलाई पक्राउ गरी ल्याएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक गंगाबहादुर थापाले बताए ।

उनका अनुसार अभियुक्त गुरुङलाई लमजुङ जिल्ला अदालतमा पेश गरी २० दिनको म्याद थप गरी जवरजस्ति करणी सम्बन्धि कसुरमा अनुसन्धान भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 263 times, 1 visits today)

epaper

ताजा समाचार

नेदरल्यान्डलाई जापानले २–२ को बराबरीमा राक्यो