Tuesday, June 22, 2021
Home भर्खरै कांग्रेस १४औं महाधिवेशन: ‘निर्वाचन विकेन्द्रीकरण गरौं’

कांग्रेस १४औं महाधिवेशन: ‘निर्वाचन विकेन्द्रीकरण गरौं’

सिटौला, निधि, शशांक र थापाको प्रस्ताव

,

काठमाडौं । कोरोनाका कारण पछिल्लो पटक संशोधित कार्यतालिकामा पनि महाधिवेशन नहुने अवस्था बन्दै गएपछि कांग्रेस वृत्तमा महाधिवेशनलाई विकेन्द्रीकरण गर्न आवाज उठ्न थालेको छ ।

कांग्रेसले कोरोनाकै कारण केन्द्रको महाधिवेशन मितिबाहेकका तल्ला तहका अधिवेशनको कार्यतालिकालाई दुई पटक संशोधन गरिसकेको छ । पछिल्लो पटक संशोधन गरेको तालिकासमेत कोरोनाकै कारण प्रभावित भएपछि महाधिवेशनलाई विकेन्द्रीकरण गरेर भए पनि गरिनुपर्ने विकल्पको आवाज उठ्न थालेको हो ।

कांग्रेसको विधानतः गत वर्षको फागुनमै निर्वाचित केन्द्रीय समितिको म्याद सकिएको थियो । तर, विधानअनुसार सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको कार्यकाल एक वर्ष थप गरेका थिए । थप समयसमेत आगामी फागुनमा सकिँदै छ ।

यस अवधिमा समेत महाधिवेशन हुने अवस्था नभएपछि कांग्रेसका वर्तमान पदाधिकारीसहित पूर्वपदाधिकारीले महाधिवेशन गर्ने तरिका बदल्नुपर्ने भन्दै विकल्प अघि सारेका हुन् ।

यस्तो विकल्पसहितको प्रस्ताव अघि सार्नेमा उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र युवा नेता गगन थापा छन् ।

उनीहरूले एक भर्चुअल कार्यक्रमको छलफलमार्फत संघीय संरचनाअनुसार वा जिल्ला तहमै महाधिवेशनका लागि मतदान गर्न सकिने गरी निजी प्रस्ताव अघि सारेका हुन् ।

सिटौलाले अब फागुनमा महाधिवेशन हुने सम्भावना आफूले नदेखेको र कोरोनाकै कारण महाधिवेशन नगर्ने हो भने अझै तीन–चार वर्ष महाधिवेशन गर्न नसकिने भन्दै तरिका बदलेर भए पनि महाधिवेशन गरिनुपर्ने बताए ।

‘कोरोनाकै कारण महाधिवेशन नगर्ने हो भने अझै तीन चार वर्ष महाधिवेशन हुँदैन त्यसले निर्वाचनमा असर गर्छ, अब पुरानै तरिकाबाट नभए तरिका बदलेर भए पनि महाधिवेशन गर्नुपर्छ,’ सिटौलाले भने ।

उपभापति निधिले प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्लागत रूपमा मतदान गरेर भए पनि महाधिवेशन गर्र्ने विकल्पमा जान सकिने बताए ।

‘१६५ वटा निर्वाचन क्षेत्र वा जिल्ला जिल्लामा मतदान गर्ने जस्ता उपायबाट पनि महाधिवेशन गर्न सकिएला, नेपाल बार एसोसिएसनको निर्वाचनको शैलीमा पनि महाधिवेशन गर्र्ने विकल्पमा जान सकिन्छ कि भन्ने हो,’ भर्चुअल कार्यक्रमको छलफलमा निधिले राखेको भनाइबारे राजधानीसँग भने ।

संविधानअनुसार अझै पनि केन्द्रीय समितिको म्याद ६ महिना थप्न सकिने भन्दै निधिले त्यसरी अघि बढ्दा थपिएको समयभित्र पनि महाधिवेशन हुन नसके पार्टीका लागि वैधानिक प्रश्न आउने धारणा भर्चुअल छलफलमा राखेका थिए ।

महामन्त्री डा. शशांक कोइरालाले महाधिवेशन गर्न ढिलाइ भए आगामी निर्वाचनमा पार्टीलाई फेरि पनि क्षति पुग्ने बताए । उनले फागुनमा सम्भव नभए चैतसम्ममा भए पनि महाधिवेशन गर्नुपर्ने धारणा राखेका थिए ।

महामन्त्री कोइरालाले राजधानीसँगको संवादमा समेत सो समयभित्र महाधिवेशन नहुने स्थिति आए विकेन्द्रीकृत रूपमा महाधिवेशनमा जानुपर्ने बताए ।

‘फागुनमा सम्भव नभए चैतसम्ममा महाधिवेशन गर्न सकिन्छ, त्यो समयमा पनि नसकिने हो भने विकेन्द्रीकृत प्रणालीबाट निर्वाचन गराउन सकिन्छ, हामीसँग त्यो विकल्प पनि छ,’ महामन्त्री कोइरालाले राजधानीसँगको संवादमा भने ।

युवा नेता थापाले महाधिवेशनको तरिका बदलेर केन्द्रमा हुने अधिवेशन वडावडामा गर्न सकिने धारणा राखे । उनले कोरोनाको अवस्था जस्तो भए पनि यही तरिकाबाट अघि बढ्दा वैशाख–जेठसम्म पनि महाधिवेशन नहुने बताए ।

‘यही अवस्थाले महाधिवेशन वैशाख–जेठसम्म पनि हुँदैन । अधिवेशनको तरिका बदलौं, केन्द्रमा हुने महाधिवेशनलाई विकेन्द्रीकरण गरेर वडावडामा निर्वाचन गरौं,’ नेता थापाले छलफलमा धारणा राख्दै भने ।

महाधिवेशनको नयाँ कार्यतालिका तय गर्ने विषयमा पार्टीका पदाधिकारीबीच छलफल भइरहेको छ । आगामी केन्द्रीय समिति बैठकबाट सो विषय टुंगो लगाउने नेताहरूको तयारी छ ।

केन्द्रीय सदस्यको पीसीआर टेस्ट गरेर बैठक बस्ने कि भर्चुअल माध्यमबाटै बैठक गर्ने भन्नेबारे समेत नेताहरूबीच छलफल भइरहेको छ । बैठक २४ भदौपछि बस्नेछ ।

(Visited 290 times, 1 visits today)
Loading comments...

आजको समाचार

‘५४ दिनको निषेधाज्ञाले ४ खर्ब ३२ अर्बको क्षति’

काठमाडौं । निजी क्षेत्रका व्यवसायीले नयाँ भेरियन्टसहित तीव्र रूपले दोस्रो चरणमा फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रण गर्न भन्दै सरकारले गत १६ वैशाखदेखि सोमबार ५४औं...

बेल्जियम, डेनमार्क, नेदरल्याण्ड र अष्ट्रिया नकआउट चरणमा

लन्डन । यूरोकप अन्तर्गत समूह चरणको गएराति सम्पन्न खेलमा बेल्जियमले फिनल्यान्डलाई २–० गोल अन्तरले पराजित गरेको छ । बेल्जियमका लागि रोमलु लुकाकुले एक गोल...

संशोधित राजस्वको लक्ष्य भेटाउन सरकारलाई गाह्रो

काठमाडौं । सरकारले सोमबारसम्ममा वार्षिक राजस्व लक्ष्यको ८१ दशमलव ०८ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष सिद्धिन २४ दिन मात्र...

देउवालाई रोक्न दौडधुप

  काठमाडौं । नेपाली कांग्रेसभित्र १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनको मिति अनुमोदन भएपछि नेताहरूले भेटघाट र दौडधुपलाई तीव्रता दिएका छन् । सभापति शेरबहादुर...

प्रतिनिधिसभा निर्वाचनमा नौ अर्ब लाग्ने

काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक र मंसिरका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि अनुमानित खर्चको आँकडा तयार गरेको छ । आयोगले दुई चरणमा गरेर...

साताका लोकप्रिय समाचार

अब निर्माण क्षेत्र र उद्योग खुला

काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै जाने नीति तय गरेको छ । कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले निर्माण...

अन्तर्राष्ट्रिय धादिङ समाजद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

  धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजको संयोजनमा जिल्लाका सातवटा स्थानीय तहलाई अत्यावश्यक कोभिड प्रतिकार्य स्वास्थ्य सामाग्री तथा उपकरणहरु बुधबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ...

सडक पहुँच भएको ठाउँमा ३० मिनेटभित्रै उद्धार

काठमाडौं । सरकारले मनसुन सुरु भएसँगै विपद्बाट हुने घटना न्यूनीकरण्का लागि जोखिम क्षेत्रको नक्सा तयार गरी प्रतिकार्य योजना बनाएको छ । प्रतिकार्य योजनामा विपद्बाट...

बाढीपहिरो जोखिमबाट बच्न भौगर्भिक अध्ययन जरुरी

अहिले पनि सिन्धुपाल्चोकलगायतका भूबनोट कमजोर भएका जिल्ला बाढी तथा पहिरोबाट निकै प्रभावित भएका छन् । यी जिल्लामा २०७२ सालको भूकम्पपछि लगातार धनजनको क्षति हुँदै...

ट्रेन्डिङ

निहारिका र ग्रिनल्याण्ड विजयी

मोरङ, ३० फागुन । विराटनगरमा जारी २१ वर्षमुनिको अन्तर कलेज लिगकम नकआउट फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबारको खेलमा निहारिका कलेज र ग्रिनल्याण्ड कलेज विजयी भएका...

स्याङ्जामा ३ सय ४९ जना कोरोना संक्रमित

स्याङ्जा । कोरोना मुक्त तयारीमा रहेको स्याङ्जा एक सातामै कोरोना संक्रमित बढेको छ । १ जना मात्रै संक्रमितले आईसोलेसनमा उपचार गराईरहेका बेला एकसातामा ३४...

एकै दिन ११४ जनामा देखियो कोरोना संक्रमण, ८८६ पुगे संक्रमित

काठमाडौं । बुधबार विभिन्न स्थानमा गरिको स्वास्थ्यपरिक्षणमा थप ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार सो...

कोरोनाको कारण देखाउँदै सरकारी चीज उत्पादन केन्द्र बन्द

इलाम । इलामको पशुपतिनगरमा रहेको चीज उत्पादन केन्द्र कोरोना भाईरसको कारणले बन्द भएको छ । तीन हजार लीटर क्षमताको पशुपतिनगर चीज उत्पादन केन्द्रमा हाल...

भारतसँग अझै खोपको आशा: अनुदान बढाइदिन आग्रह

काठमाडौं । दक्षिणी छिमेकी राष्ट्र भारतसँग नेपालले कोरोनाविरुद्धको खोप अरु बढी अपेक्षा गरेको छ । सरकारले भारतसँग अनुदानको खोप थप उपलब्ध गराइदिन आग्रह गरेको...

भक्तपुरमा एकै परिवारका तीन जना अचेत अवस्थामा भेटिए, एकको मृत्यु

भक्तपुर । भक्तपुरमा एकै परिवारका ३ जना अचेत अवस्थामा फेला परेका छन् । सुर्यविनायक नगरपालिका वडा नं १० मिलन चोक स्थित वर्ष ६२ को...

उनको कोठा

मिर्मिरे उज्यालो । देख्नुभन्दा बढी छामछुम् गर्नुपर्ने परिवेश । झिलिक्क हुन्छ, छिनमै दृश्य क्षणभंगुर बन्छ । आकाशमा टिल्पिलाइरहेको अर्धजूनको उज्यालो कोठाभित्र अलिअलि पग्लिरहेको छ...

प्रहरी प्रशासनमा गरिनुपर्ने सुधार

२००८ सालदेखि अहिलेसम्म २८ व्यक्ति नेपाल प्रहरीको आईजीपी बने । यसमध्ये १०औं आईजीपी खड्गजितसिंह बराल र १२औं दिलबहादुर लामा सुधारवादी आईजीपीका रूपमा चिनिए ।...

रेबानद्धारा उद्योगवाणिज्य महासंघको नेतृत्वलाई बधाइ

काठमाडौं । रेष्टुरेण्ट एण्ड बार एसोसियसन नेपाल (रेबान) ले उद्योग वाणिज्य महासंघका नवनिर्वाचित कार्यसमितिका पदाधिकारी सहित सदस्यहरुलाई बधाइ दिएको छ । सोमबार लाजिम्पाटको नेपाली चुल्होमा...

राखेप र कीर्तिपुर नगरपालिकाबीच सम्झौता

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले १३औं दक्षिण एसियाली खेलकुद (साग)लाई लक्षित गरी कीर्तिपुर नगरपालिकाको नयाँबजारमा निर्माण गरेको कभर्डहल कीर्तिपुर नगरपालिकालाई भोगचलनका लागि बुधबार...

कोरोना कहर : अभिभावकको रोदन सुन्दैन सरकार

काठमाडौं । चीनको उहान सहरमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्काउन सरकारले कुनै पहलकदमी अगाडि बढाउन सकेको छैन । अभिभावकले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सरकारले...

अमेरिकामा पहिलाे पटक एशियाली मुलकी महिला उपराष्ट्रपति

रासस । संयुक्तराज्य अमेरिकाको ४६ औं राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका प्रत्यासी जो बाइडेन विजयी भएका छन् । अमेरिकाको उपराष्ट्रपति पदमा पनि सोही पार्टीका अश्वेत एवं...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)