अपराध र अपराधीसँग कुनै सम्झौता नगर्न निर्देशन

सप्तरी । प्रदेश २, का प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक प्रधुम्न कार्कीले प्रदेश २, मा लागू औषध, घरेलु हिंसा, बालविवाह लगायतका कुरिती बढदै गएकोमा चिन्ता व्यक्त गर्दै यस्ता विकृति लागि प्रहरी–जनता सहकार्यको खाँचो रहेको बताएका छन् ।

                बुधबार जिल्ला प्रहरी कार्यालय सप्तरीको निवनिर्मित हिरासत कक्ष, कार्यालय प्रमुख, निवासकक्ष तथा भान्साघर भवनको उदघाटन पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

                प्रहरीको एक्कल प्रयासले मात्र यस्तो विकृतिको अन्त हुन सक्दैन, उनले भने यसका लागि प्रहरी र जनता मिलेर सहकार्य गर्दै अघि बढनु जरुरी छ । उनले प्रहरीलाई बर्दी सहितको नागरिक तथा नागरिकलाई बर्दी बिनाको प्रहरीको रुपमा चित्रित गर्दै प्रहरी र नागरिकको सहकार्यबाट समाजमा शान्ति र अमन चयन कायम हुने बताए ।

                उनले अपराध र अपराधी सँग कुनै पनि साँठगाँठ र सम्झौता नगर्न मातहतका प्रहरी कर्मचारीलाई कडा निर्देशन समेत दिदै भने, त्यस्तो कुनै सूचना आए कारवाही गर्न मेरो हात काप्ने छैन । सहभागीहरुलाई स्वागत गर्दै प्रहरी उपरिक्षक कृष्ण प्रसाईले जनतासँग सहकार्य गर्दै प्रहरी अघि बढेको र विगतको तुल्नामा अपराध नियन्त्रणमा धेरै हदसम्म सफलता मिलेको बताए ।

                उनले प्रहरीले बनाएको एक वर्षे सुरक्षा योजना प्रभावकारी बनाउन स्थानिय समाजका अगुवाले गरेको सहयोग महत्वपूर्ण रहेको भन्दै धन्यवाद पनि दिए । नेपाल सरकारको नियमित कार्यक्रम अन्तर्गत २ करोड ५१ लाखको लागतमा निर्माण भएको हिरासत कक्ष, कार्यालय प्रमुखको निवास र भान्सा घरले शान्ति सुरक्षा प्रवाहामा मद्दत पुग्ने उद्धघाटन समारोहमा सहभागिताहरुले विश्वास व्यक्त गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 192 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाजुरा सदरमुकाम मार्तडीमा स्कारपियो दुर्घटना, १ को मृत्यु,४ घाईते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानिय तह निर्वाचन सर्लाही अपडेट : कसको कति मत (सूचीसहित)