Thursday, April 22, 2021
Home Exclusive कमिसन चक्करमा ५ करोड बढी घोटाला गर्दै

कमिसन चक्करमा ५ करोड बढी घोटाला गर्दै

महँगोमा गुणस्तहीन चामल खरिद

,

काठमाडौं । कमिसनको चक्करमा ५ करोड बढी रुपैयाँ घोटाला गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनीले महँगोमा गुणस्तरहीन चामल खरिद गरिरहेको पाइएको छ । खाद्य कम्पनीका केही कर्मचारीले व्यापारीसँगको मिलेमतोमा चलखेल गरेर महँगोमा चामल खरिद गरेका हुन् ।

बजारमा प्रतिक्विन्टल ५ सय रुपैयाँ सस्तो मूल्यमा पाइने चामललाई ५ सय रुपैयाँभन्दा बढी मूल्य तिरेर खाद्य कम्पनीले १ लाख क्विन्टल चामल खरिद गरिरहेको छ । कम्पनीले सोना मन्सुली, अरुवा मोटा र स्टिम जिरा मसिनो गरी १ लाख क्विन्टल चामल खरिद गरेर विराटनगर, लहान, वीरगन्ज, काठमाडौं, नेपालगन्ज, सुर्खेत र धनगढीमा भण्डारण गर्ने तयारी गरेको छ ।

दुई महिनापछि धान पाक्ने भएकाले कम्पनीले अहिले यति ठूलो परिमाणमा चामल खरिद गर्नुपर्ने आवश्यकता नभएको एक अधिकारीले बताए । कमिसन खाने दाउमा कम्पनीले आवश्यकभन्दा बढी चामल व्यापारीसँग खरिद गर्न थालेको उनले बताए । साधारण हिसाब गर्दा पनि १ लाख क्विन्टल चामल खरिद गर्दा प्रतिक्विन्टल ५ सय रुपैयाँका दारले राज्यलाई सिधै ५ करोड घोटाला हुन जाने अधिकारीको भनाइ छ ।

कम्पनीका कर्मचारीले चामलमा कमिसन खाने चक्करमा महँगो मूल्य राखेर व्यापारीसँग गुणस्तरहीन चामल किन्ने र विभिन्न ठाउँको चामल गोदाममा थन्क्याउने चलखेल भएको अधिकारीले बताए । एक जना जानकार र स्थानीय व्यापारीका अनुसार बजार मूल्यभन्दा प्रतिक्विन्टल साढे ४ सय रुपैयाँ देखि ७ सय रुपैयाँसम्म बढी महँगोमा खाद्य व्यापार कम्पनीले चामल खरिद गरिरहेको छ ।

साढे ४ सय देखि ७ रुपैयाँसम्म महँगो मूल्य तिरेको चामल कमसल गुणस्तरहीन भएको उनीहरूको भनाइ छ । स्रोतका अनुसार कर्मचारीले व्यापारीसँग कमिसन खाने दाउमा किसानसँग धान नकिन्ने र व्यापारीसँग किन्ने गरेका छन् । समयमा किसानसँग धान नकिनेर कमिसन खानलाई व्यापारीसँग महँगोमा चामल खरिद गरी कम्पनीकै कर्मचारीको आन्तरिक मिलेमतोमा राज्यको सम्पत्ति घोटाला गरिएको छ ।

कर्मचारीले व्यापारीसँग कमिसन खान चामल खरिद गर्ने प्रक्रियामा खाद्य कम्पनीका कर्मचारीले नै आफ्नो नजिकका चिनेजानेका व्यापारीलाई फोन गरेर टेन्डर हाल्न लगाउने गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार टेन्डर मिलाइदिएबापत कर्मचारीले व्यापारीसँग पैसा लिने गरेका छन् ।

खाद्य व्यापार कम्पनीको १ लाख क्विन्टल चामल खरिदका लागि पाँच वटा राइस मिलले टेन्डर पाएका छन् । चामल खरिदको टेन्डर पाउनेमा गिरिधारी फुड इन्डस्ट्रिज सुनसरी, श्याम बाबा राइस एन्ड फ्लोर सिम सुनसरी, लक्की राइस मिल, बारा, विकास फ्लोर मिल काठमाडौं र सिद्धार्थ बुढानी सेवा वीरेन्द्रनगर सुर्खेत रहेका छन् ।

कम्पनीले गिरिधारी फुड इन्डस्ट्रिज सुनसरीबाट प्रादेशिक कार्यालय विराटनगरका लागि सोना मन्सुली ५ हजार क्विन्टल चामल खरिद गरेको छ । कम्पनीले प्रतिक्विन्टल ४ हजार ५ सय ३९ रुपैयाँमा खरिद गरेको हो ।

यसैगरी, श्याम बाबा राइस एन्ड फ्लोर सिम सुनसरीसँग कम्पनीले लहान मुख्य शाखा कार्यालयका लागि र वीरगन्जको शाखा कार्यालयका लागि १९ हजार ५ सय क्विन्टल सोना मन्सुली र स्टिम चामल खरिद गरेरको छ । स्टिम जिरा मसिनो १० हजार र सोना मन्सुली ९ हजार ५ सय क्विन्टल खरिद गरेको हो ।

कम्पनीले सो मिलसँग सोना मन्सुली प्रतिक्विन्टल चामल ४ हजार ५ सय २४ रुपैयाँ र स्टिम जिरा मसिनो चामल प्रतिक्विन्टल ५ हजार ९ सय ४७ रुपैयाँमा रहेको छ । यसैगरी, लक्की राइस मिल बाराबाट वीरगन्जका लागि सोना मन्सुली चामल ५ सय क्विन्टल र काठमाडौंको प्रादेशिक कार्यालय थापाथलीका लागि १० हजार क्विन्टल सोना मन्सुली र स्टिम जिरा मसिनो ५ हजार क्विन्टल गरेर १५ हजार ५ सय क्विन्टल खरिद गरेको छ ।

काठमाडौंका लागि सोना मन्सुली प्रतिक्विन्टल मूल्य ४ हजार ७ सय ३० रुपैयाँमा रहेको छ भने स्टिम जिरा मसिनो चामल प्रतिक्विन्टल मूल्य ६ हजार १ सय ५० रुपैयाँमा रहेको छ ।

लिक्की राइस मिलका सञ्चालक महम्मद जमिरले प्रतिक्विन्टल सोना मन्सुली ४ हजार १ सयमा रुपैयाँ बिक्री गर्ने गरेको बताए । जमिरकै अनुसार कम्पनीले प्रतिक्विन्टलमा ६ सय ३० रुपैयाँ महँगो मूल्य तिरेको छ । यसैगरी, स्टिम जिरा मसिनो चामल पनि कम्पनीले प्रतिक्विन्टल ६ सयदेखि सय रुपैयाँ बढी तिरेर ६ हजार १ सय ५० रुपैयाँमा खरिद गरेको छ ।

यसैगरी विकास फ्लोर मिल काठमाडौंसँग नेपालगन्ज मुख्य शाखा कार्यालय र सुर्खेत प्रादेशिक कार्यालयका लागि ३६ हजार क्विन्टल अरुवा मोटा चामल र स्टिम जिरा मसिनो चामल ४ हजार क्विन्टल छ । नेपालगन्जका लागि १९ हजार क्विन्टल अरुवा मोटा चामल छ भने १ हजार क्विन्टल स्टिम जिरा मसिनो चामल छ ।

सुर्खेतमा अरुवा मोटा चामल १७ हजार क्विन्टल छ भने ३ हजार स्टिम जिरा मसिनो रहेको छ । कम्पनीले नेपालगन्जको अरुवा मोटा चामलको प्रतिक्विन्टल मूल्य ४ हजार ३ सय ८१ रुपैयाँ छ भने स्टिम चालमका लागि प्रतिक्विन्टल ५ हजार ९ सय ९४ रुपैयाँ छ ।

यसैगरी, सुर्खेतका लागि अरुवा मोटा चामलको प्रतिक्विन्टल मूल्य ४ हजार ४ यस ७१ रुपैयाँ तिरेको छ भने स्टिम जिरा मसिनोका लागि ६ हजार ८४ रुपैयाँ तिरेको छ ।

सिद्धार्थ बुढानी सेवा वीरेन्द्रगर सुर्खेतबाट कम्पनीले प्रादेशिक कार्यालय धनगढीका लागि अरुवा मोटा चामल १९ हजार क्विन्टल र स्टिम जिरा मसिनो चामल १ हजार क्विन्टल खरिद गरेको छ । कम्पनीले अरुवा मोटा चामलमा प्रतिक्विन्टल ४ हजार ५ सय २९ रुपैया तिरेको छ भने स्टिम जिरा मसिनो चामललाई प्रतिक्विन्टल ६ हजार ४ सय २० रुपैयाँ तिरेको छ ।

खाद्य कम्पनीका खरिद इकाइ प्रमुख डिल्लीराज लम्सालले चामल खरिद गर्दाको मूल्यमा आफू जावाफदेही नभएको बताए । उनले खरिद प्रक्रिया आफ्नो इकाइबाट भए पनि चामलको मूल्यबारे बोल्ने अधिकार नभएको बताए ।

कम्पनीका नायब महाप्रबन्धक मोतीराज ज्ञवालीले प्रतिस्पर्धाका आधारमा टेन्डरद्वारा नै चामल खरिद गरेको बताए । बजार मूल्यकै आधारमा चामलको मूल्य निर्धारण गरिएको उनले बताए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले प्रतिस्पर्धामा टेन्डर गर्दा बजार मूल्य अध्ययन गरेर लागत अनुमानका आधार चामलको मूल्य निर्धारण गरिएको दाबी गरे ।

‘टेन्डर आह्वान गर्दा लकडाउनको समय थियो । लकडाउन हुँदा चामलको मूल्य केही महँगो नै थियो । त्यसैले टेन्डर गर्दाको मूल्य र अहिलेको बजार मूल्यमा फरक परेको हुन सक्छ,’ उनले भने ।

‘प्रतिस्पर्धामा जुन कम्पनी अघि आएका थिए, उनीहरूसँग समेत बजार मूल्य राम्रौसँग बुभ्mदा लागतको अनुमानमा चामलको खरिद मूल्य निर्धारण गरेका हौं,’ कार्यकारी अधिकृत सुवेदीले भने ।

कार्यकारी सुवेदीले चामल खरिद गर्दा चामलको गुणस्तरमा कुनै तलमाथि नगरी खाद्य प्राविधिकको रिर्पाेटअनुसार नै चामल भण्डारण गर्न निर्देशन दिएको बताए । उनले खाद्य कम्पनीकै केही कर्मचारीले खाद्य प्राविधिकको निर्देशन नटेरी मनमानी गर्ने गरेको भान भएको बताए । तर, आपूmले प्राविधिकको रिपोर्टलाई व्यवस्ता नगरेर उनीहरूकै सुझावअनुसार नै खाद्य भण्डारण गर्न निर्देशन दिएको कार्यकारी अधिकृत सुवेदीले बताए ।

(Visited 344 times, 1 visits today)
Loading comments...

आजको समाचार

जीवनको आधार नै जैविक विविधता

विश्वको कुल क्षेत्रफलको झन्डै ३१ प्रतिशत वनजंगलले ढाकेको छ भने कुल वन क्षेत्रको करिब १८ प्रतिशत हिस्सा संरक्षित क्षेत्रले ओगटेको अनुमान छ । एक...

त्रिचालिस किलो गाँजासहित चारजना पक्राउ

सिन्धुली । जिल्लाका पश्चिमी भेगमा रहेको बाग्मति खोला नजिकबाट प्रहरीले ४३ किलो गाँजा सहित ४ जनालाई पक्राउ गरेको छ । हरिहरपूरगढी गाउँपालिका १ बागमती...

वैशाखमा परेको हिउँले जुम्लाका स्याउ बगैंचामा क्षति

जुम्ला । जुम्लामा सामान्यतः पुस, माग, फागुन महिनामा हिउँ पर्छ । तर यो वर्ष वैशाखमा हिमपात भएको छ । मंगलवारदेखि पर्न थालेको हिउँले जुम्लाका...

उपनिर्वाचन अनिश्चित

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा जेठको दोस्रो साता उपनिर्वाचन गर्न सरकारलाई अनौपचारिक प्रस्ताव गरेको छ । आयोगले सरकारसँगको अनौपचारिक छलफलका...

रेम्डेसिभिर, खोप र अक्सिजन अभाव

काठमाडौं । कोरोना संक्रमण समुदायस्तरमै तीव्र फैलिँदै जाँदा रोकथाममा अत्यावश्यक मानिने खोप, रेम्डेसिभिर र अक्सिजन चरम अभाव खड्किएको छ । दैनिक संक्रमणदर २ हजारमाथि पुगे...

साताका लोकप्रिय समाचार

संगै हिँडेका साथीकाे शब भेटिएपछि भागेर भारत पुगेका युवालाई उनकै बुबाले प्रहरीमा बुझाए

दैलेख । साथीको हत्या आरोप लागेका एकजना युवकलाई उनकै बुबाले भारत फकाएर जिल्ला प्रहरी कार्यालय दैलेखमा बुझाएका छन् । गुराँस गाउँपालिका–६ जोरेबाँझका २१ वर्षीय...

चन्द्रागिरि केबलकारमा कोरोना सुई लगाएका यात्रुलाई २५ प्रतिशत छुट

काठमाडौं ।  चन्द्रागिरि हिल्स प्रालिले कोभिड–१९ विरुद्धको खोप लगाएर केबलकार चढ्ने यात्रुलाई २५ प्रतिशत सहुलियत दिने भएको छ । चन्द्रागिरि हिल्सले कोभिड–१९ विरुद्धको लडाइँमा...

श्रेष्ठलाई राष्ट्रिय र देशारलाई प्रादेशिक पुरस्कार

काठमाडौं । सरकारले प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘राष्ट्रिय तथा प्रादेशकि प्रतिभा पुरस्कार’ क्रमशः अग्रज अभिनेता मदनकृष्ण श्रेष्ठ र गायिका निशा देशारलाई प्रदान गरिने...

माथिल्लो तामाकोसी: ६ वर्षको लक्ष्य, लाग्यो ११ वर्ष

काठमाडौं । राष्ट्रिय गौरवको निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माण थालेको ११ वर्ष पुग्न लाग्दा पनि विद्युत् उत्पादन हुन सकेको...

ओझेलमा सयौं फैसला

काठमाडौं । सर्वोच्च, उच्च र जिल्ला अदालतले गरेका हजारौं मुद्दा अझै कार्यान्वयनमा आउन सकेका छैनन् । कार्यान्वयन आउन नसक्दा फैसला कागजको खोस्टा बन्ने खतरा...

ट्रेन्डिङ

अरुण तेस्रोमा कार्यरत मजदुरमा कोरोना संक्रमण

संखुवासभा । संखुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनामा कार्यरत एक मजदुरमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । भारतको विहारबाट अरुण तेस्रो...

म्याग्दीमा जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच जना घाइते

बेनी । म्याग्दीको मङ्गला गाउँपालिका–२ बावियाचौरको काफलचौरमा भएको बोलेरो जीप दुर्घटनामा एकको मृत्यु भएको छ, भने पाँच जना घाइते भएका छन् । बाबियाचौर लाम्पाटाबाट...

प्रधानमन्त्री ओलीको स्वीस बैंकमा खाता छैन : सूर्य थापा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा स्वीस बैंकमा रकम नरहेको उनको सचिवालयले स्पष्ट गरेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आज विज्ञप्ति...

आयोध्यापुरी ओझेलमा पर्नुको कारण

सक्कली अयोध्याबारे तीव्र रूपमा बहस र चर्चा भइरहेको छ । भारतको उत्तर प्रदेशस्थित फैजावाद सक्कली अयोध्या होइन भन्ने तथ्यगत प्रमाण पनि संकलन हुँदै छन्...

बिहे गरेको छ महिनामा बच्चा जन्माएपछि बलात्कारको रहस्य खुल्यो

बैतडी । बैतडीको सिगास गाउँपालिकाकी १७ बर्षीया किशोरी बलात्कार प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । किशोरीका आफन्तले दिएको जाहेरीमा सिगासकै दानबहादुर...

प्रशासन सुधारमा सरकारी बेवास्ता

मुलुकको स्थायी सरकारको रूपमा रहेको निजामती प्रशासनको सुधारमा सरकारी बेवास्ताले सिंगो शासकीय प्रणालीको संस्थागत विकासमा गम्भीर समस्या सिर्जना हुन सक्ने देखिएको छ । सरकार...

तुलसीपुरमा ११ बर्षीया बालिका बलात्कृत

तुलसीपुर । बलात्कार गरेको आरोपमा तुलसीपुरका एक युवक विरुद्ध ईलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी परेको छ । एक नाबालिकालाई बलात्कार गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिका–१७ दुधरास...

कोरोना कोषबाट धमाधम करोडौं निकासा

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषले पटक पटक गरी विभिन्न स्थानीय तह र प्रदेशमा रहेका...

प्रधानमन्त्री ओलीको आह्वान ‘सबै परिवर्तनकारी शक्ति एक हौं’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको लामो त्याग र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सम्पूर्ण लोकतान्त्रिक र परिवर्तनकारी दललाई एकजुट हुन आह्वान...

चाउचाउको प्रलोभन देखाइ १५ वर्षीया बालिका बलात्कार, पेटमा ४ महिनाको गर्भ

डडेल्धुरा । डडेल्धुराको भागेश्वर गाउपालिका ४ की १५ वर्षीय बालिकालाई चाउचाउ र चुईगमको प्रलोभनमा पारी बलात्कार गरिएको छ । मानसिक अवस्था अलि सुस्त रहेकी...

राष्ट्रिय मानवअधिकार आयोगले थाल्यो रुकुम घटनाको अनुसन्धान

जाजरकोट । पाँच जनाको ज्यान जाने गरी पश्चिमरुकुमको सोतीमा भएको घटनाको स्थलगत अध्ययनका लागि राष्ट्रिय मानवअधिकार आयोगको टोली जाजरकोट पुगेर छलफल थालेको छ ।...

बा बिरामी परे, आमाले दाेस्राे बिहे गरिन्, पाँच बालबालिकाको बिचल्ली

पर्वत ।  पर्वतको जलजला गाउँपालिका–२ माझफाँटमा अभिभावकविहीन पाँच बालबालिका बिचल्लीमा परेका छन् । स्थानीय गौराटोलमा अवस्थित समाज कल्याण आधारभूत विद्यालयमा पढ्ने चार बालिका र...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)