होटल व्यवसायी सङ्घ तनहुँको अध्यक्षमा भट्टराई

तनहुँ । होटल व्यवसायी सङ्घ तनहुँको अध्यक्षमा दुर्गाविलास भट्टराई निर्वाचित भएका छन् । दमौलीमा सम्पन्न सङ्घको दोस्रो अधिवेशनबाट भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । सङ्घको उपाध्यक्षहरुमा रामबहादुर आले, गिरबहादुर थापा, मीनाकुमारी श्रेष्ठ रहेका छन् भने संघको सचिव पदमा सोम थापा निर्विरोध निर्वाचित भए । सहसचिवमा विनोदकुमार मल्ल, कोषाध्यक्षमा भीमलाल श्रेष्ठ र सहकोषाध्यक्षमा सङ्गीता उच्चै ठकुरी सर्वसहमत निर्वाचित भए भने सघको सदस्यपद क्रमश भीम मल्ल ठकुरी, उमानाथ भट्टराई, लोकराज पन्थ, सूर्य तिमिल्सिना, विवेक सापकोटा, रोशन बानियाँ, दिपन राई, धनमाया आले, रामकुमार मल्ल, देवनारायण श्रेष्ठ, वसन्तकुमार श्रेष्ठ, चन्द्रकुमार वाग्ले, थानबहादुर थापा, वीरबहादुर श्रेष्ठ, सन्तबहादुर थापा, लोकनारायण श्रेष्ठ, कमलचन्द्र लम्साल निर्वाचित भएका छन्।

अधिवेशनको उद्घाटन गर्दै होटल व्यवसायी महासङ्घ नेपालका अध्यक्ष हिराध्वज शाहले व्यवसायीले पाहुनालाई सफा, स्वच्छ र गुणस्तरीय खानाका परिकार पस्कनुपर्ने बताए।

तपाइको प्रतिक्रिया
(Visited 450 times, 1 visits today)

epaper

ताजा समाचार

रसुवा बाढीः उदयपुरका २१ मध्ये ३ जना सम्पर्कमा