उदयपुरका थप दुई जनामा कोरोना संक्रमण

उदयपुर । उदयपुरका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा त्रियुगा नगरपालिका–५ देउरीका २१ वर्षिय पुरुष र जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत रहि त्रियुगा नगरपालिका– ३ त्रियुगा जनता बहुमुखि क्याम्पस मोतिगडामा रहेको क्वारेन्टीनका सुरक्षा इन्चार्जमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुँनेमा २१ बर्षीया पुरुष, ४० बर्षीय पुरुष छन् । संक्रमित मध्ये त्रियुगा नगरपालिका– ५ का युवा भारतबाट आएर त्रियुगा जनता बहुमुखि क्याम्पस मोतिगडास्थित क्वारेन्टिनमा बस्दै आएका हुन । योसँगै उदयपुरमा कोरोना संक्रमितको संख्या ११६ पुगेको छ । जसमध्ये १११ जना निको भएर अस्पतालबाट डिस्चार्ज भईसकेका छन् । बाँकी ५ जनाको उदयपुर कोभिड आईसोलेशन अस्पताल बेल्टारमा उपचार भईरहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुबेदीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 169 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’को अन्तिम तयारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बालेनलाई ‘लौरो’, गोपाललाई ‘आँप’ र जगन्नाथलाई ‘भुइँकटहर’ चुनाव चिह्न