५ हजार ४ सय क्षमताका क्वारेन्टिन तयार

कोभिड १९ को सम्बन्धमा सरकारले गरेको कामकारबाहीको सन्दर्भमा अनुगमन गर्न गठित उपसमितिका संयोजक सांसद जीवनराम श्रेष्ठको टोली अनुगमनका क्रममा । टोलीले हिजो बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, स्वास्थ्य सेवा विभाग टेकु, खरिपाटी क्वारेन्टाइन भक्तपुर र कोरियन मैत्री नगरपालिका अस्पताल मध्यपुरठिमीको अनुगमन गरेको थियो ।

काठमाडौं । सरकारले क्वारेन्टिन व्यवस्थापनका लागि गठन गरेको एकीकृत क्वारेन्टिन व्यवस्थापन समितिले उपत्यकामा ५ हजार ४ सय ३७ बेड क्षमताबराबरको क्वारेन्टिन तयार गरेको छ । गृहसचिव महेश्वर न्यौपानेको संयोजकत्वमा रहेको सो समितिले काठमाडौंमा २ हजार ८ सय ३, भक्तपुरमा १ हजार ४ सय ४४ र ललितपुरमा १ हजार १ सय ९० गरी ५ हजार ४ सय ३७ बेड क्षमताबराबरको क्वारेन्टिन तयार गरेको हो ।

गृहसचिव नेतृत्वमा रहेको सो समितिले तीनवटै जिल्लामा आवश्यकताअनुसार क्वारेन्टिन निर्माणका लागि सक्रिय रूपमा काम गरिरहेको छ । समितिकै सक्रियताका कारण छोटो समयमै ५ हजार ४ सयभन्दा बढी बेड क्षमताको क्वारेन्टिन निर्माण भएको हो ।

गृहसचिव न्यौपानेले उपत्यकामा क्वारेन्टिन व्यवस्थापनका लागि धमाधम काम भइरहेको जानकारी दिए । ‘रातदिन नभनी काम गरिरहेका छौं त्यसैले छोटो समयमै क्वारेन्टिनलाई व्यवस्थापन गर्न सफल भइरहेका छौं,’ सचिव न्यौपानले राजधानीसँग भने ।

गृह मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लमिछानेका अनुसार हालसम्म निर्माण भएका क्वारेन्टिन बेडमध्ये १ हजार ९ सय ४ बेड क्षमताको क्वारेन्टिन तयारी अवस्थामा छ भने १ सय ७८ जना क्वारेन्टिनमा बसेका छन् ।

रातदिन नभनी काम गरिरहेका छौं । त्यसैले छोटो समयमै क्वारेन्टिनलाई व्यवस्थापन गर्न सफल भइरहेका छौं ।
महेश्वर न्यौपाने, सचिव, गृह मन्त्रालय

एकीकृत क्वारेन्टिनका लागि आवश्यक पर्ने भवनको निर्माण सहरी विकास तथा भवन निर्माण विभागले गरिरहेको छ । यस्तै, क्वारेन्टिन सञ्चालन र व्यवस्थापनको काम स्थानीय तहमार्फत नै गरिँदै आइएको छ ।

‘यसरी बनाइएका क्वारेन्टिनमा सरकारी खर्चमा विदेशबाट उद्धार गरी ल्याइएका र क्वारेन्टिनमा बस्नै पर्नेहरूका लागि राखिएको छ । उनीहरूलाई उपत्यकाका तीन जिल्लामध्ये जहाँ पायक पर्छ, त्यही राखिन्छ,’ गृहका सूचना अधिकारी लामिछानेले राजधानीसँग भने ।

विदेशबाट आएका तर आफ्नै खर्चमा होटलमा बस्न चाहनेहरूलाई भने यी क्वारेन्टिनमा लगिनेछैन । उनीहरू आफ्नो इच्छाअनुसार आउँदा नै होटल तय गरेर आउनेछन् ।

गत ४ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले उपत्यकाका तीनै जिल्लामा संक्रमणको जोखिम बढ्दै गएकाले कोरोना नियन्त्रणका लागि थप व्यवस्थापन गर्न भन्दै समिति गठन गर्ने निर्णय गरेको थियो । सो समितिमा स्वास्थ्य मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक, उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सबै सुरक्षा निकायका प्रथम श्रेणीका अधिकारी र क्वारेन्टिन रहने स्थानीय तहका प्रमुखले तोकेका प्रतिनिधि सदस्य रहने व्यवस्था गरिएको छ ।

समितिले काठमाडौंका तीनवटै जिल्लामा रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रमार्फत क्वारेन्टिन स्थलको पहिचान गर्दै आइरहेको छ । गृह मन्त्रालयका सूचना अधिकारी लामिछानेका अनुसार अवश्यकताअनुसार क्वारेन्टिनको संख्या अझै बढाइनेछ । यी एकीकृत क्वारेन्टिनको सुरक्षाको जिम्मा भने नेपाली सेनालाई दिइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 165 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रुपा गाउँपालिकामा एमाले विजयी