Saturday, July 24, 2021
HomeBreaking Newsप्लाज्मा थेरापिका लागि रगत संकलन सुरु

प्लाज्मा थेरापिका लागि रगत संकलन सुरु

,

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले कोभिड संक्रमितको उपचारार्थ प्लाज्मा थेरापिका लागि रगत संकलन थालेको छ ।
३९ वर्षका खिमबहादुर रानाभाटले प्लाज्मा थेरापिका लागि पहिलो रक्तदानसमेत गरेका छन् । कोरोना निको भएका तनहुँका रानाभाटले अरुलाई पनि रक्तदानका लागि आग्रह गरे । ‘मैले कहिल्यै पनि रक्तदान गरेको थिइनँ,’ उनले भने, ‘कोरोना निको भएपछि मेरो रगतले अरुलाई पनि सहयोग पुग्छ भन्ने थाहा पाएर आएको हुँ ।’

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आग्रहबमोजिम विभिन्न संस्थासँगको सहकार्यमा सेवा सुरु गरेको केन्द्रीय रक्तसञ्चार सेवा निर्देशक डा. मनिता राजकर्णिकारले जानकारी दिइन् ।

रेडक्रस र नेपाल मेडिकल एसोसिएसनबीच रगत संकलनमा सहकार्य गर्नेगरी सात बुँदे सम्झौता भएको हो । सोसाइटी अध्यक्ष डा. नेत्र तिमिल्सिना र एसोसिएसन अध्यक्ष डा. लोचन कार्कीले दाताको नाम संकलन गरी प्लाज्मा बैंक स्थापनामा सहकार्यसहित अघि बढ्नेगरी सम्झौता भएको रेडक्रस सञ्चार निर्देशक दिव्यराज पौडेलले बताए ।

सम्झौताबमोजिम रेडक्रसले प्लाज्मा दानका लागि प्रविधिक जनशक्ति, ब्यागलगायत आवश्यक सामग्री व्यवस्थापन तथा प्लाज्मा बैंक स्थापना गर्नेछ । यसमा चिकित्सक संघले प्लाज्मा संकलनका लागि कोभिड–१९ संक्रमिण भई निको भएका, चिकित्सक तथा स्वास्थ्यकर्मीको विवरण संकलन गरी दातासँग समन्वय गर्ने जनाइएको छ ।

काठमाडौंबाहिर सुरु

स्थानीय अस्पतालसँगको सहकार्यमा रेडक्रस सुनसरी, चितवन, भक्तपुर, बुटवल, नेपालगन्ज र कैलालीमा रहेका रक्तसञ्चार सेवाले प्लाज्मा थेरापिका लागि रगत संकलन सुरु गरिसकेका छन् । धनुषा र पोखरामा पनि छिट्टै सेवा सुरु गरिँदै छ ।
प्लाज्मा थेरापि उपचारको प्रभावकारिता अनुसन्धानकै क्रममा रहेको चिकित्सकले बताएका छन् । दातालाई कुनै पनि शारीरिक तथा मानसिक असर नपर्ने चिकित्सक संघले जनाएको छ ।

Loading comments...

आजको समाचार

सुभाष नेम्वाङलाई प्रकाशमान सिंहको प्रश्न : आफुले विधि मिच्ने अनि मुल्य मान्यताको कुरा गर्ने ?

  काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एमाले संसदिय दलका उप नेता सुवास नेम्वाङलाई विधि मिचेर मुल्य मान्यता नसिकाउन आग्रह गरेका छन् । शुक्रवार प्रतिनिधी...

भोलीदेखी लामो दुरीका सार्वजनिक यातायात सञ्चालन हुने

  काठमाडौं । भोलिदेखि मध्यम र लामो दूरीको सार्वजनिक यातायात संचालन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी निषेधाज्ञालाई थप खुकुलो पार्दै लामो...

सरकारप्रतिको अपेक्षा

शेरबहादुर देउवा नेतृत्वको सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’को भिजनलाई व्यावहारिक रूपमा कार्यान्वयनमा ल्याउनुपर्छ । विभिन्न कारणले गर्दा ओली सरकारले सो भिजनलाई अक्षरशः लागू गर्न...

सुजिता मृत्यु प्रकरण : काठमाडौबाट युवक पक्राउ

  काठमाडौं । चितवनको राप्ती नगरपालिकाकी सुजिता भण्डारीको मृत्यु प्रकरणमा नातामा सुजिताको दाजु पर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । आफन्त एक युवकको नाम तोकेर...

दुईहजार ९७७ सङ्क्रमित थपिए, १८ जनाकाे मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर २,९७७ सङ्क्रमित थपिएका छन् भने एक हजार ६७८ जना सङ्क्रमणमुक्त भएका छन् । जम्मा १३ हजार ६९८ लाई...

साताका लोकप्रिय समाचार

समाजवादी क्रान्तिका लागि “आईटी आर्मी”, संयोजकमा चन्द्र भुषण साह चयन

  काठमाडौँ । प्रविधिको प्रयोग गरी समाजमा विद्यमान सबैखाले विकृतिको अन्त्य गर्न तथा समाजवादी व्यवस्था निर्माण गर्ने लक्ष्यका साथ आईटी आर्मी घोषणा गरिएको छ । युवा...

देउवालाई असफल बनाउने ओलीको योजना यसरी तुहिएको थियो

  काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिएर सर्वाेच्च अदालतलाई संदेश दिने नेकपा एमाले अध्यक्ष एवं केपी शर्मा ओलीको योजना संसदको ग्यालरी बैठकमा तुहिएको...

१२ कक्षाकाे परीक्षा साउन ३१ देखि भदौ ९ सम्म, होम सेन्टरबाटै दिन पाइने

  काठमाडाैं ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा साउन ३१ देखि भदौ ९ सम्म गर्ने निर्णय गरेको छ । परीक्षा बोर्डको मंगलबार बसेको...

एउटै भिडियो गीत सम्पादनको एक लाख रुपैयाँसम्म पारिश्रमिक

काठमाडौं । प्राविधिक दुनियाँमा दशकदेखि सक्रिय सुरेशकुमार राउतले चार सयभन्दा बढी म्युजिक भिडियो सम्पादन गरिसके । यसै सातामात्रै उनीद्वारा तीन भिडियो सम्पादन भए ।...

महाधिवेशन समयमा नै सम्पन्न गर

नेपाली कांग्रेसका नेता तथा सभापति शेरबहादुर देउवाले नयाँ सरकारको कार्यभार सम्हालेसँगै नेपाली कांग्रेस पार्टीको आन्तरिक लोकतन्त्रमा फेरि समस्या देखिएको छ । समयमै सम्पन्न गरिनुपर्ने...

ट्रेन्डिङ

प्रदूषित वायुले काठमाडौँसहित देशका अधिकांश स्थानमा तुवाँलो

काठमाडौँ । पछिल्लो केही दिनयता वायुमण्डलको प्रदूषणले काठमाडौँ उपत्यकासहित देशका अधिकांश भू–भागमा तुवाँलो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वायुमण्डलमा हावाको...

आज शिवरात्रिः पशुपति क्षेत्रमा मालवाहक सवारी निषेध

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्वलाई लक्षित गर्दै पाशुपत क्षेत्र आसपासका मूल सडकको ट्राफिक व्यवस्थापन मिलाएको छ । महाशाखाले पशुपतिनाथ क्षेत्रमा पूजाआजामा आउने...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?