छैठौँ संस्करणको माईभ्याली गोल्डकपको खेल तालिका सार्वजनिक


इलाम । इलाममा हुने अन्तराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकप छैठौँ संस्करणको खेलतालीका सार्वजनिक भएको छ । ठुलो टुडिखेलमा प्रतियोगिता संचालन हुनेछ । लिग लिडर मछिन्द्र सहित १० टिम सहभागी हुने प्रतियोगिताको उद्धघाटन खेलमा फागुन १५ गते कोहिमा ईगल फुटबल क्लब नागाल्यान्ड भारतले गोर्खा ब्वाईज क्लब रुपन्देहीसंग पहिलो प्रि–क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्दैछ ।

त्यसैगरी, फागुन १६ गते आयोजक माईभ्याली फुटबल क्लब र ग्यान्टोक सिटी फुटबल क्लब सिक्किमबिच दोश्रो प्रि–क्वाटरफाइलनको लागी प्रतिस्पर्धा हुनेछ । पहिलो क्वाटरफाइनल खेलमा फागुन १७, गते मानेभञ्ज्याङ फुटबल क्लब दार्र्जििलङ र झापा–११ फुटबल क्लबबिच प्रतिस्पर्धा हुनेछ । फागुन १८ गते पहिलो संस्करणको बिजेता ए डिभिजन क्लब त्रिभुवन आर्मीले अर्को ए डिभिजनको क्लब संकटाको सामना गर्दैछ । तेश्रो क्वारटफाइनल खेलमा फागुन १९ गते नागाल्यान्ड र रुपन्देही बिचको बिजेताले शहिद स्मारक लिग बिजेता मच्छिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

अन्तिम क्वाटरफाइनल खेलमा फागुन २० गते माईभ्याली र सिक्किमबिचको बिजेताले कलकत्ता प्रिमियर लिग क्लब मोहम्मडन स्र्पोटिङसँग प्रतिस्पर्धा गर्नेछ । फागुन २१ र २२ गते हुने सेमीफाइनल खेलका बिजेता र उपविजेता बिच फागुन २४ गते फाइनल खेल हुने तय भएको छ । यो वर्ष माईभ्याली गोल्डकपको विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैया प्राप्त गर्नेछन् । गोल्डकपको टाइटल स्पोन्सरको रुपमा नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 154 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गृह मन्त्रालय नपाए सरकार छाड्ने रास्वपाको चेतावनी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ १७, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ १७, २०७९
महानगरमा भागबण्डा, उपमहानगरमा अड्को