Thursday, September 24, 2020
Home प्रदेश ‘अंग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट राख्ने फैसला आपत्तिजनक’

‘अंग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट राख्ने फैसला आपत्तिजनक’

काठमाडौं । सर्वाेच्च अदालतले नेपालका सवारीसाधनहरूमा देवनागरी लिपिमा प्रयुक्त नेपाली भाषाको नम्बर प्लेट हटाएर नेपाली भाषाको पहिचान र अस्तित्वमाथि नै आक्रमण गरी अङ्ग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट राख्ने फैसला गरेको भन्दै नेपाल शिक्षक महासङ्घले आपत्ति जनाएको छ ।

‘नेपाली भाषाको संरक्षण गर्नुपर्ने निकाय सर्वोच्च अदालतबाटै नेपाली भाषाको अपमान हुने गरी फैसला गरिनु निन्दनीय कुरा हो ।’ अध्यक्ष बाबुराम थापाद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । सर्वाेच्च अदालतको उक्त असंवैधानिक फैसलाका विरुद्ध मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालको नेतृत्वमा चालिएका कदमप्रति ऐक्यबद्धता प्रकट गर्दै सो फैसला तत्काल बदर गरी सवारीसाधनहरूमा नेपाली भाषामै नम्बर प्लेट प्रयोग गर्ने–गराउने व्यवस्थाका लागि नेपाल महासङ्घले सरकारसँग माग गरेको छ । ‘अन्यथा राष्ट्रियतासँग जोडिएको उक्त त्रुटिपूर्ण एवं आपत्तिजनक फैसलाका विरुद्ध सशक्त आन्दोलन गर्नुपर्ने स्थिति आउनेछ र त्यसबाट उत्पन्न हुने गम्भीर परिस्थितिको जिम्मेवारी नेपाल सरकार र सम्बन्धित निकायले नै लिनुपर्नेछ ।’ विज्ञप्तीमा उल्लेख छ ।

यो पनि पढ्नुहोस   सिन्धुपाल्चोक विपद संकटग्रस्त क्षेत्र, यस्तो छ सिन्धुले भाेगेकाे बिपत्ति श्रृङ्खला

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं बहुविशेषतायुक्त राष्ट्र हो भन्दै महासंघले नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा भए तापनि देवनागरी लिपिमा लेखिने नेपाली भाषा संविधानतः नेपालको सरकारी कामकाजको भाषा भएको उल्लेख गरेको छ । ‘नेपालमा बसोबास गर्ने विभिन्न जातजातिका आआफ्नै मातृभाषा भए पनि बहुसङ्ख्यक नेपालीले बुझ्ने र बोल्ने नेपाली भाषा सम्पूर्ण नेपाली जातिको साझा सम्पर्क भाषा र माध्यम भाषा पनि हो ।’ विज्ञप्तीमा भनिएको छ ‘हाल नेपालमा मात्र सीमित नरही संसारभर फैलिएको नेपाली भाषा नेपालको राष्ट्रियताका साथै नेपाली जातिकोे राष्ट्रिय एकता, अस्तित्व र पहिचानसँग गाँसिएको भाषा पनि भएकाले यसको जगेर्ना गर्नु हामी सबैको कर्तव्य र दायित्व हो ।’

(Visited 39 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

होम आइसोलेसनमा बसेका जिल्ला प्रशासनका कर्मचारीको कोरोनाबाट मृत्यु

सप्तरी । कोरोना संक्रमणबाट राजविराजमा बिहिबार बिहान थप एक जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी रहेका राजविराज ८ निवासी ६२...

सिन्धुपाल्चोक विपद संकटग्रस्त क्षेत्र, यस्तो छ सिन्धुले भाेगेकाे बिपत्ति श्रृङ्खला

सिन्धुपाल्चोक । एकपछि अर्काै लगातार प्राकृतिक विपत्ती भोग्दै आएको सिन्धुपाल्चोकलाई नेपाल सरकारले विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । संकटग्रस्त क्षेत्र घोषणा गरेसँगै अब...

बुटवल कोरोना अस्पतालमा दुई जना संक्रमितको मृत्यु

बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुईजना सङ्क्रमितको एकैदिन आज मृत्यु भएको छ । मृत्यु हुनेमा अस्पतालमा उपचाररत पश्चिम नवलपरासी र कपिलबस्तुका...

स्याङ्जामा पहिरोमा पुरिएर ५ जनाको मृत्यु, ४ बेपत्ता

वालिङ । पहिरोमा पुरिएर स्याङ्जाको वालिङमा पाँच जनाको मृत्यु भएको छ । आज बिहान ६ बजे वालिङ १४ तमादीस्थित माया नेपालीको घरमाथिबाट खसेको पहिरोमा...

भर्खरै

बारामा एक महिनामा ३२ लाख नक्कली रुपैयाँ बरामद

बारा । बारा प्रहरीले एक महिनामा ३२ लाख नेपाली रुपैयाँ सवारी साधन चेकजाँच गर्ने क्रममा बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले सिम्रौनगढ नगरपालिका...

नारायणी नदीको सतहले खतराको विन्दु पार गर्यो

चितवन । विगत तीन दिनदेखि परेको निरन्तर वर्षापछि आएको बाढीसँगै नारायणी नदीको बहावले खतराको विन्दु पार गरेको छ । नदीको उद्गम थलोतर्फ निरन्तर पानी...

अझै तीनदिन देशभर वर्षा हुने

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतको मध्य प्रदेशको...

होम आइसोलेसनमा बसेका जिल्ला प्रशासनका कर्मचारीको कोरोनाबाट मृत्यु

सप्तरी । कोरोना संक्रमणबाट राजविराजमा बिहिबार बिहान थप एक जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी रहेका राजविराज ८ निवासी ६२...

धेरै पढिएका

घुस लिएको आरोपमा गाउँपालिकाका इन्जिनियर र सव–इन्जिनियर पक्राउ

लमजुङ । लमजुङमा घुस लिएको आरोपमा भूकम्प पुनः निर्माण प्राधिकरणका इन्जिनियर र सव–इन्जिनियर पक्राउ परेका छन् । प्राधिकरण अन्तरगत मस्र्याङ्दी गाउँपालिकामा कार्यरत इन्जिनियर र...

कोरोना महामारी रोक्न ३ अर्ब ४२ करोड बजेट रकमान्तर

काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारीविरुद्ध लड्न सरकारले ३ अर्ब ४२ करोड रुपैयाँबराबरको बजेट रकमान्तर गरी खर्च गरेको छ । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको अर्थ...

कांग्रेस राजनीति : सभापति र महामन्त्रीबीच द्वन्द्व बढ्यो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस जहिल्यै गुट राजनीतिमा फस्दै आएको छ । कांग्रेसमा नेता र पार्टीभन्दा हरेक निर्णयमा गुट हावी देखिँदा हरेकजसो...

अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पतालमा भर्ना गरिने

काठमाडौँ । स्वास्थ्य तथा जनसङख्यामन्त्री भानुभक्त ढकालले कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेकाले अब अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पतालमा भर्ना गरिने बताएका...

ई-पेपर

(Visited 63 times, 1 visits today)