मानव अधिकार हननका घटनामा बृद्धि

धनगढी। सुदूरपश्चिम प्रदेशमा गत वर्षको तुलनामा मानवअधिकार हननका घटनामा बृद्धि भएको एक तथ्यांकले देखाएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय धनगढीका अनुसार सन् २०१८ को तुलनामा सन् २०१९ मा मानवअधिकार हननका घटनामा बृद्धि भएको देखाएको हो ।
इन्सेकले सुदूरपश्चिम प्रदेशमा मानवअधिकारको अवस्था स्थितिसूचक सार्वजनिक गर्दै अघिल्लो वर्षको तुलनामा सन् २०१९ मा मानवअधिकार हनन्का घटनामा बढोत्तरी आएको जनाइएको छ ।


सुदूरपश्चिम प्रदेशमा मानवअधिकार उल्लंघन र ज्यादतीका घटनाको तथ्यांकसहितको इन्सेकका सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले सन २०१८ मा ५ सय ६४ जना पीडित भएकोमा सन २०१९ मा ७ सय ९८ जना पीडित भएको बताए ।


इन्सेक कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन २०१९ मा सुदूरपश्चिम प्रदेशमा गैरराज्य पक्षबाट ६ सय ६३ महिला र ७३ पुरुष गरि ६ सय ९६ जना पीडित भएका थिए भने राज्यपक्षबाट १५ महिला र ८७ पुरुष गरी१ सय २ जना पीडित भएका थिए ।


त्यस्तै, सन २०१९ मा गैरराज्य पक्षबाट ४सय ७७ महिला र ४२ पुरुष गरि ५ सय २० जना पीडित भएका थिए भने राज्यपक्षबाट ७ महिला र ३७ पुरुष गरि ४४ जना पीडित भएका थिए ।
इन्सेकले सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी कैलाली जिल्लामा २ सय ४ जना मानवअधिकार हनन तथा ज्यादतिका घटनाबाट पीडित भएको तथ्यांक सार्वजनिक गरेको छ ।


प्रदेशमा सबैभन्दा बढी महिला र बालबालिका पीडित भएको पाइएको इन्सेक प्रतिवेदनले देखाएको छ । तथ्यांकअनुसार५ सय महिला पीडित भएका छन् । इन्सेक प्रतिवेदनमा बेचविखन प्रयासबाट ५ जना, घरेलु हिंसाबाट४ सय पा“च जना, कथित बोक्सीको आरोपमा १ जना, बहुविवाहबाट ११ जना, बलात्कारका घटनामा ५२ जना, बलात्कारका प्रयासका घटनामा १२ जना र यौन दुव्र्यवहारका घटनामा ६ जना महिला पीडित भएको उल्लेख छ ।
त्यस्तै, बाल अधिकारका घटनामा १ सय १ जना बालिका र ६ जना बालक पीडित भएको जनाइएको छ । बालअधिकार घटनामा बेचविखनबाट ६ जना, विद्यालयमा शारीरिक दण्ड सजायबाट ३ जना, बलात्कार घटनामा ५३ जना र यौन दुव्र्यबहारका घटनामा ४३ जना पीडित भएको उल्लेख छ ।


सन २०१९ मा १४ जना महिलासहित २७ जनाको हत्या भएको जनाइएको छ । धम्की तथा कुटपिटका घटनामा ३५ जना पीडित भएको जनाइएको छ । जातीय विभेदको घटनामा ७ जना, बाल अधिकार उल्लंघनका घटनामा ५० जना पीडित भएको जनाइएको छ । सन २०१९ को प्रतिवेदन अनुसार अपहरमा १ , अमानविय व्यवहार ७ , घाईते ११, यातना ३ घटना भएको उल्लेख छ ।
सन २०१९ मा जातीय विभेदका घटनामा ५ जना महिला र १ जना पुरुष गरी ६ जना पीडित भएको इन्सेक प्रतिवेदनमा उल्लेख छ ।


इन्सेक कार्यालयका अनुसार प्रदेश सबैभन्दा बढी कैलालीमा मानवअधिकार उल्लंघनका घटना भएको जनाइएको छ । कैलालीमा राज्यपक्षबाट ५ महिला र २७ पुरुष गरि ३२ तथा गैरराज्यपक्षबाट २ सय ९ महिला र २५ पुरुष गरि २ सय ६६ जना पीडित भएका थिए । कैलालीमा १ सय ४५ महिला र ५९ बालबालिकाको अधिकार उल्लंघन भएको जनाइएको छ ।
इन्सेकले नागरिकको मर्यादा र सार्वभौम अधिकारप्रति सचेतना बढाउने अभिप्रायले नै मानव अधिकारसंग सम्बन्धित घट्ना र सूचना संकलन गरी हरेक वर्ष मानवअधिकार वर्ष पुस्तक प्रकाशन गर्ने गरेको संयोजक जोशीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 708 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकार र संविधान दुबै असफल : प्रभु साह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाटीले उपेक्षा गरेको भन्दै एमालेका राउत र खड्काले नगर प्रमुखमा उम्मेदवारी दर्ता