रुपन्देहीमा सशस्त्र प्रहरीद्वारा १६ बोरा अवैध कुर्ता सुरुवाल बरामद

भैरहवा । सशस्‍त्र प्रहरी बल नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीले भारतबाट अवैध रुपमा नेपाल ल्याइएको १६ बोरा लेडिज कुर्ता सुरुवाल बरामद गरेको छ । सशस्‍त्र प्रहरी बल नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीका सशस्त्र प्रहरी निरीक्षक. मिनराज भट्टको कमाण्डमा खटिएको ९ जनाको गाडी मोबाइल टोलीले कपिलबस्तुबाट बुटवलतर्फ आउदै गरेको लु.ज्ञ ज.४१७५ नम्बरको बलेरो पिकअप भ्यानसहित १६ ओटा बोरामा राखिएको एक हजार तीन सय ९२ थान लेडिज कुर्ता सुरुवाल बेलबास भन्ने ठाउँबाट नियन्त्रणमा लिएको हो ।

सो पिकअप भ्यान चेकजाँच गर्दा कुनै पनि बिल बिजक नभएको र कवाडी सामानले छोपी लुकाई छिपाई ल्याइएको अवस्थामा नियन्त्रणमा लिइएको सो गणका गणपति तेज पोखरेलले बताए ।

कपडा र भ्यान भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएकोमा कपडाको मूल्य ९ लाख ७४ हजार र ढुवानीको लागि प्रयोग गरिएको गाडीको मूल्य सात लाख रुपैयाँ कायम भएको पनि गणपति पोखरेलले बताए ।

सवारी साधनमा ओसार पोसारमा संलग्न सवारी चालक कपिलबस्तु मायादेवी गाउँपालिका बस्ने ८ बस्ने ३३ वर्षीय नियाज अहमद र सहचालक सोही गाउँपालिका ५ बस्ने ठाउँ बस्ने २३ वर्षीय राजकुमार पासीलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाएको गणपति पोखरेलले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 520 times, 1 visits today)

epaper

ताजा समाचार

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण