मङ्गल’bout । खोलामा डुबेर इलाममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम देउमाई नगरपालिका–८ का १८ वर्षीय नवीन अधिकारी रहेका छन् ।
इलाम नगरपालिका–९ स्थित गुनमुने भन्ने ठाउँमा रहेको माईखोला ड्याममा पौडी खेल्ने क्रममा बिहीबार अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । खोलामा डुबेपछि अधिकारीका आफन्तले प्रहरी चौकी चिसापानीमा जानकारी गराएको थियो । त्यसपछि घटनास्थलमा पुगेको प्रहरी टोलीले शवलाई खोलाबाट निकालिएको थियो ।
साथीसँग हिँडेका अधिकारी कसरी डुबे भन्ने ’bout अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी विजय राईले जानकारी दिए ।
तपाइको प्रतिक्रिया
(Visited 401 times, 1 visits today)