काठमाडौं । सरकार पुनर्गठन, संवैधानिक निकायका रिक्त पदमा नियुक्तिलगायतका विषयमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच दसैंअघि नै टुंगो लगाउने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार सरकार पुनर्गठन, संवैधानिक निकायमा रिक्त पदमा नियुक्तिलगायत विषयमा छलफल गर्दै ओली–दाहाल दसैंअघि नै टुंग्याउने सहमतिमा पुगेका हुन् ।
नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले थप गृहकार्य गर्नुपर्ने भएकाले सोमबारको सचिवालय बैठक स्थगित भएको बताए । आइतबारदेखि जारी नेकपा सचिवालय बैठकमा सरकार पुनर्गठन, राजनीतिक नियुक्तिलगायत विषयमा केन्द्रित भइ छलफल सुरु भएको छ ।
सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज मंगलबार बोलाइएको छ । त्यसअघि थप गृहकार्य गरेर तयारी गर्नुपर्ने भएकाले एकदिनका लागि बैठक स्थगित भएका हो । प्रवक्ता श्रेष्ठका अनुसार बैठक मंगलबार साढे १२ बजे बस्ने भएको छ । स्थायी कमिटीको निर्णयपछि सरकार पुनर्गठन’bout नितीगत छलफल सुरु भएको बताउँदै छिट्टै अन्य विषयसमेत टुंग्याउने गृहकार्य भइरहेको छ ।
पार्टी एकीकरणपश्चात पहिलोपटक पेरिसडाँडास्थित कार्यालयमा बसेको सचिवालय बैठकले सरकारलाई प्रभावकारी बनाउन सरकार पुनर्गठन गर्नुपर्ने निष्कर्षमा पुगेको हो ।
‘सचिवालय सदस्यको सुझाव, अध्यक्षद्वयको आपसी परामर्श र सहमति तथा संवैधानिक व्यवस्था, कानुन, प्रबन्ध र निश्चित मापदण्डका आधारमा संघीय मन्त्रिपरिषद् र प्रदेश मन्त्रिपरिषद् पुनर्गठन र राजनीतिक नियुक्तिसम्बन्धी निर्णय गर्ने’ हालै सम्पन्न स्थायी कमिटी बैठकले गरेको हो ।
नेकपा वरिष्ठ नेता झलनाथ खनालले दसैंअघि नै सरकार पुनर्गठन हुने बताए । पार्टी सचिवालयमा छलफल सुरु भएको बताउँदै उनले सरकार पुनर्गठनका साथै संवैधानिक निकायमा रिक्त पदाधिकारीमा समेत नियुक्ति प्रक्रिया अघि जानकारी दिए ।
संवैधानिक निकायका करिब ४० भन्दा बढी पदाधिकारी, विश्वविद्यालयमा पदाधिकारीका साथै अन्य महŒवपूर्ण नियुक्ति गरी नेकपाले एकसाथ ठूलो संख्यामा राजनीतिक नियुक्ति गृहकार्य थालेको छ । यी निकायमा पदाधिकारी नहु“दा काम प्रभावित हु“दै आएको छ ।
ओली र दाहालले पार्टी निर्णय एवं छलफलकै आधारमा यी नियुक्ति प्रक्रिया अघि बढाउन खोजेका छन्् । प्रमुख प्रतिपक्षी कांग्रेसस“गसमेत छलफल गरेर नियुक्ति तयारी गर्ने प्रधानमन्त्री ओलीको मनसाय रहेको स्रोतले बतायो ।
मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक निकायमा हुन्े राजनीतिक नियुक्तिका लागि सरकारलाई निर्णय गर्न आधार तयार पार्ने, सांगठनिक एकीकरणका बाँकी काम टुंग्याउने, केन्द्रीय विभाग, केन्द्रीय समिति तथा स्थायी कमिटीमा रिक्त पदपूर्ति, कारबाही र केन्द्रीय कमिटी सदस्यलाई ‘कसरी सहयोग गर्ने ?’ भन्ने विषयमा समेत बैठकमा छलफल हुनेछ ।
यसैगरी, नेकपाले संसद् सदस्य या अन्य सुविधाका पदमा नरहेका केन्द्रीय सदस्यलाई नियमित आर्थिक सहयोग गर्ने’bout छलफल सुरु गरेको छ । पूर्णकालीन रूपमा पार्टीको काममा रहेका केन्द्रीय सदस्यलाई नेकपाले पहिलेदेखि नै नियमित मासिक खर्च दि“दै आएको छ ।
बैठकमा नेकपाले कोरोना भाइरसका कारण उत्पन्न महामारीका समय संघीय संसद्का सदस्यले ‘बैठक भत्ता लिने कि नलिने ?’ भन्ने’bout पनि निर्णय गर्ने बताइएको छ ।
नेकपा स्थायी कमिटी सदस्य गणेश साहले मन्त्रिपरिषद् पुनर्गठन र राजनीतिक नियुक्ति सम्बन्धमा योग्यता, क्षमता, निष्ठा, निरन्तरता, योगदान र राष्ट्रिय दृष्टिले सन्तुलन कायम हुनेगरी मापदण्ड निर्धारण गरेर अगाडि बढनुपर्नेमा जोड दिए ।
अध्यक्षद्वय ओली र दाहालबीच गृहकार्य भइरहेको बताउँदै उनले जारी सचिवालय बैठकको निर्णयकै आधारमा यी कामले पूर्णता पाउने विश्वास व्यक्त गरे । उनका अनुसार तत्कालै गर्नुपर्ने महŒवपूर्ण काम छलफलकै आधारमा टुंग्याउन गृहकार्य भइरहेको छ ।
सचिवालय बैठक सकिनेबित्तिकै सरकार पुनर्गठनका साथै संवैधानिक निकायमा रिक्त पदाधिकारीमा नियुक्तिका काम अघि बढ्ने उनले बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्तसहित दुई आयुक्त, निर्वाचन आयोगमा दुई आयुक्त, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा चार सदस्य, राष्ट्रिय महिला आयोगमा अध्यक्ष र चार सदस्य, राष्ट्रिय दलित आयोगमा अध्यक्ष र चार सदस्यको पद रिक्त छ ।
यसैगरी, समावेशी आयोगमा अध्यक्ष र तीन सदस्य, आदिवासी तथा जनजाति आयोगमा अध्यक्ष र चार सदस्य, मधेसी आयोगमा चार सदस्य, थारु आयोगमा चार सदस्य, मुस्लिममा आयोगमा पनि चार सदस्य पद रिक्त छन् ।
रिक्त संवैधानिक निकायका यी पदाधिकारी नियुक्ति विषयमा प्रमुख प्रतिपक्षी कांग्रेससग पनि छलफल आवश्यक छ । केही समयअघि ओली र दाहालले कांग्रेस सभापति शेरबहादुर देउवास“ग नियुक्ति विषयमा छलफल गरेका थिए । स्रोतका अनुसार कांग्रेसले समेत भागबण्डा खोजेकाले केही समय ढिलाई हुन गएको हो ।






