लमजुङ । लमजुङमा परेको चट्याबाट एक जना पुरुषको निधन भएको छ भने एक महिला घाइते भएकी छन् । लमजुङको सदरमुकाम स्थित बेसीशहर नगरपालिका– ६ पुमागाउँमा सो घट्ना भएको प्रहरीले जनाएको छ ।
सोमबार साँझ साढे पाँच बजे चट्टाङ परेर बेसीशहर नगरपालिका– ६ पुमागाउँ निवासी ४२ वर्षीय सन्तबहादुर विक र सोही वडामा बस्ने २२ वर्षीय चिजा गुरुङ सोही चट्याङ पर्दा घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते भएका दुवैलाई जिल्ला सामुदायिक अस्पताल बेसीशहरमा उपचारका क्रममा विकको राति साढे ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले बताए । उनका अनुसार मृतक विक आफ्नो जेठा बाबाको घरमा बसेको बेला चट्टयाङ लागेर शरिरको विभिन्न भागमा चोट पुगी घाइते भइ उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।
यसैगरी, घाईते गुरुङलाई पनि जिल्ला सामुदायिक अस्पतालमा उपचारका लागि ल्याइएको प्रहरीलले जनाएको छ । घाइते गुरुङले आफ्नो खुट्टा लगायत शरिरको विभिन्न भाग झमझमाउने र दुख्ने भइरहेको बताएको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताए । उनका अनुसा घाइते गुरुङको अवस्था खतरा मुक्त छ ।






