राजस्व छल्नु गम्भीर अपराध

बन्दाबन्दी तथा निषेधाज्ञा जारी रहेकै बेलामा पनि निर्माणसम्बन्धी काम र उपभोग्य सामग्रीको ओसारपसारलगायतका केही अत्यावश्यक काम रोकिएनन् । यतिबेला भएका कामको सिलसिलामा उठ्नुपर्ने राजस्व भने छलिएको अवस्थामा भेटिएका छन् । बन्दाबन्दी खुलेसँगै राजस्व संकलनको प्रक्रिया अघि बढाउँदा राजस्व छली गर्नेको सक्रियता बढेर गएको छ । कोरोना महामारी संक्रमणको दर बढ्दै जाँदा सिंगो देशमा संकट परेको बेला राजस्व छली गर्नेहरूको बिगबिगी हुन थाल्नु विडम्बनाको कुरा हो । तर, यही मौका छोपेर नक्कली बिल बिजक प्रयोग गर्नेहरूका कारण राज्यले उठाउनुपर्ने करिब ३६ करोड ८८ लाख ९७ हजार रुपैयाँ राजस्व उठ्न सकेको छैन । राजस्व छली भएको पाइएपछि राजस्व अनुसन्धान विभागले विभिन्न कम्पनी तथा फर्मविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरे पनि त्यसको सुनुवाइ हुन बाँकी छ । यस बेलामा व्यवसायीले आफ्नो कम्पनीले तिर्न नपर्ने खरिदको लागत देखाउने, बिनाबिजक र बिल मालवस्तु बिक्री गर्ने, भन्सार छल्ने र नक्कली बिजक बनाउने गरेको पाइएको छ । पहिलेदेखि नै यस्ता ठगीका कुरा गर्दै आएका व्यापारी तथा ठेकेदार कम्पनीहरू अहिले भ्रष्टाचारको अखडा नै बन्न पुगेका छन् ।

कोरोना महामारी संक्रमणका कारण निश्चित सामाजिक दूरी कायम राख्दा, संक्रमणकै कारण कार्यालय नै बन्द हुँदा, कर्मचारीले उचित अनुगमन र निरीक्षण गर्न नसक्दा व्यापारी तथा ठेकेदार कम्पनीहरूले मनोमानी गर्ने मौका पाएको देखिन्छ । त्यसो त सरकारी संयन्त्र पनि कमिसनको चक्करमा निज व्यापारी तथा ठेकेदार कम्पनीहरूको इसारामा चल्ने गरेको उदाहरण पनि हाम्रो सामु छ । उता व्यापार तथा ठेक्कापट्टामा हात हालेको केही दिनमै मालामाल हुनैपर्ने ठेकेदार तथा व्यापारीको मानसिकताका कारण सुरुदेखि नै राजस्व ठगीको योजना र चलखेल सुरु हुन थाल्छ । फलतः राज्यले असुल्नुपर्ने करोडांै रुपैयाँको राजस्व ठगी गर्ने प्रपञ्च सुरु हुन्छ । अहिलेको भौतिकवादी दुनियाँमा कसैमा पनि नैतिकता, सदाचार र सद्व्यवहारको खोजी गर्नु कठिनजस्तै हुने गरेको छ । पुँजीवादी दुनियाँमा जेजसरी हुन्छ, धनसम्पत्ति आर्जन गर्नु नै प्रतिष्ठाको विषय बनिरहेको छ । त्यसैले पनि धनसम्पत्ति कमाउने होडबाजीमा मानिसले परिवार, समाज र देशलाई ठगिरहेको छ । सम्पत्ति आर्जनकै लागि जस्तोसुकै कुकृत्य गर्न पनि हिच्किचाएको छैन । आजको पथभ्रष्ट व्यापारिक वातावरणमा राजस्व छल्ने र ठगी गर्ने कुरा अनैतिक नभई बठ्याइँका रूपमा लिने गरिएको छ ।

राजस्व छलीका क्रममा राजस्व विभागले पहिलो चरणमा उच्च अदालतमा दायर गरेका मुद्दामा प्रतिवादीका रूपमा रहेका चितवनको सन्तोषी निर्माण सेवा, ललितपुर महानगरपालिका–१३ स्थित स्काइ लाइन ट्रेडर्स एन्ड सप्लायर्स, बिग प्लान सप्लायर्स, बिग प्लान ब्याग उद्योग भक्तपुर, एनपी ट्रेड एन्ड सप्लायर्स र सम्मानित ट्रेड कन्सर्न रहेका छन् । यी व्यापारिक कम्पनीबाट राज्यले करोडौं राजस्व असुलउपर गर्न बाँकी छ । अदालतले फैसला नगरुन्जेल समय पाएका व्यापारी तथा ठेकेदार राजस्व ठगीबाठ बच्नका लागि नेताहरूसँग भनसुन र अन्य वैकल्पिक बाटोको खोजीमा लागिरहेका हुन्छन् । चुनावका बेलामा असुलेका करोडौं रुपैयाँको पंैचो तिर्नका लागि अवसर पनि यही हुने भएकाले नेताहरूको दबाब र भनसुन पनि राजस्व असुलीमा कम बाधक बन्ने गरेको छैन । जेभए पनि राजस्व अनुसन्धान विभागले राजस्व छली गर्नेविरुद्ध चालेको आक्रामक कारबाही निकै प्रशंसनीय छ । राजस्व छल्नु गम्भीर अपराध भएकाले त्यस्ता अपराधीलाई कानुनी कठघरामा ल्याउनैपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

अन्य समाचार पनि पढ्नुहोस्

काँग्रेसले वैदेशिक रोजगारीका समस्याबारे संसद्मा आवाज उठाउने
विपद् कोषमा थन्कियो ४ अर्ब
असहायलाई न्यानो कपडा र मिठाई दिएर माघे संक्रान्ति मनाईयो
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
स्वास्थ्य सामाग्री सहित जनताको घरदैलोमा पुगे कांग्रेस नेता जोशी
अपहरणमा संलग्न ८ पुरुष ५ महिला पक्राउ

आजको समाचार

कंगनाले चौथो पटक जितिन नेशनल अवार्ड
भीम रावललाई ओलीको सन्देश : लेखराज भट्टलाई छाड्न सकिँदैन
आज वर्षाको सम्भावना, उच्च पहाडी र हिमाली भूभागमा हिमपात हुने

साताका लोकप्रिय समाचार

कंगनाले चौथो पटक जितिन नेशनल अवार्ड
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

आज देशभर एमाले पालिका अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने
स्थानीय तहको निर्वाचन ५ चैतमा प्रस्ताव
परिचय नखुलेका व्यक्तिलाई भाडामा बस्न नदिन गृह मन्त्रालयको आग्रह
नेपाल बारको निष्कर्ष : प्रधानन्यायाधीशले निकास दिनुपर्ने

भर्खरै

कंगनाले चौथो पटक जितिन नेशनल अवार्ड
Dhruba Lamsal || 26 October 2021
काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौतले चौथो पटक सर्वाेत्कृष्ट अभिनेत्रीको पुरस्कार प्राप्त गरेकी छन् । भारतीय उपराष्ट्रपति...

कुरी-कुरी