Friday, March 5, 2021
Home अन्तराष्ट्रिय अमेरिकामा कोरोना संक्रमणबाट २ लाखको मृत्यु, ट्रम्पको ध्यान राजनीतितर्फ केन्द्रित

अमेरिकामा कोरोना संक्रमणबाट २ लाखको मृत्यु, ट्रम्पको ध्यान राजनीतितर्फ केन्द्रित

न्यूयोर्क । संयुक्तराज्य अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या दुई लाख नाघे पनि राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नै प्रशासनका वैज्ञानिकहरु विरुद्ध वाकयुद्धमा व्यस्त छन् ।

विगत छ महिनाको अवधिमा ट्रम्प प्रशासनले विशिष्ट परिस्थितिमा विज्ञानमा भन्दा राजनीतिमा बढी प्राथमिकता दिएको छ । विशेषज्ञ सल्लाह अनुसरण गरेको भए नयाँ कोरोनाभाइरस अर्थात् कोभिड–१९ बाट हुने क्षति कम गर्न सकिने अध्ययनहरुले देखाएका छन् । राष्ट्रपति ट्रम्प र उनका आफ्ना खासखास व्यक्तिले महामारीको गुरुत्वको यथार्थ वैज्ञानिक मूल्याँकनलाई निरन्तर अस्वीकार मात्र होइन, चाकडीको भाषाशैलीमा वैज्ञानिक तथ्यलाई खिसीटिउरी गर्ने प्रयास गरेका छन् ।

गत हप्ता मात्र, राष्ट्रपति ट्रम्पले अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) का प्रमुख डा रोबर्ट रेडफिल्डलाई “भ्रमित” व्यक्तिको संज्ञा दिए किनकि रेडफिल्डले सन् २०२१ को अन्त्यतिर मात्र कोरोनाभाइरस विरुद्धको खोप निर्माण हुने बताएका थिए । कुनै प्रमाण बेगर नै ट्रम्पले आगामी नोभेम्बर ३ को चुनाव अघि नै खोप तयार हुने दाबी गरेका थिए ।

खोपका लागि ट्रम्पको छटपटीले विज्ञान वा खोप निर्माण प्रक्रियालाई असर गरेको छ भन्ने कुनै संकेत भने देखिएको छैन, तर चुनावअघि खोप निर्माण हुन सके चुनावलाई आफ्नो पक्षमा पार्न सकिने उनमा अटल विश्वास छ ।

ट्रम्प र विज्ञानबीचको द्वन्द्व कोभिड–१९ फैलिन थालेदेखि नै निरन्तर जारी छ ।

जनवरीको आखिरमा चीनको वुहानमा पहिलो पटक भाइरस देखा परिसकेपछि सिडिसीले आपतकालीन केन्द्रको थालनी गरेको थियो । इपिडेमियोलोजी (संक्रामक रोग विशेषज्ञ) विज्ञहरुले यो रोगलाई नियन्त्रणमा ल्याउन र फैलिन नदिन तत्कालै आक्रामक जनचेतना र सम्पर्क पहिचान (कन्टाक्ट ट्रेसिङ) आवश्यक रहेको बताएका थिए ।

यसको सट्टा, ट्रम्पले पहिलो महत्वपूर्ण हप्ताहरुमा सार्वजनिक रूपमै भाइरस केही होइन भन्दै हल्काफुल्का टिप्पणी गरे । यद्यपि उनले आफ्ना भित्री सहयोगीलाई भाइरस निकै खतरापूर्ण रहेको स्वीकारेका थिए ।

राष्ट्रपतिले पत्रकार बब वुडवर्डलाई मार्चमा भनेका थिए, ‘यो मामुली भाइरस हो, यसलाई सहजै परास्त गर्न सकिन्छ ।’

मार्चको मध्यसम्ममा, न्यूयोर्क र अन्य ठाउँका अस्पतालहरू बिरामीहरूले भरिभराउ भए र फ्रिजयुक्त ट्रकमा शवहरू राख्नु परेको थियो ।

मार्च ३१ मा, राष्ट्र अझै पनि महामारीको स्वरुप र प्रभाव बुझ्न आतुर थियो । ह्वाइट हाउसको कोरोनाभाइरस प्रतिक्रिया समन्वय केन्द्रका डा डेबोरा बर्क्स र संक्रामक रोगसम्बन्धी नेशनल इन्स्टिच्युटका निर्देशक डा एन्थोनी फाउचीले राष्ट्रपति ट्रम्पको छेउमा उभिएर अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनसक्ने व्यक्तिको संख्याबारे अनुमान प्रस्तुत गरे । दुबै चिकित्सकले मुलुकमा मास्क अनिवार्य नगर्ने, सामाजिक दूरी कायम नगर्ने र व्यवसाय बन्द नगर्ने हो भने एक लाखदेखि २ लाख ४० हजारसम्म व्यक्तिको मृत्यु हुनसक्ने जानकारी दिए ।

उनीहरूले यदि संयुक्तराज्य अमेरिकाले कडा कदम चालेमा एक लाखभन्दा कम व्यक्तिको मात्र मृत्यु हुन सक्ने बताएका थिए । त्यसलगत्तै राष्ट्रपति ट्रम्पले भने, ‘हामीलाई त्योभन्दा अझ कम व्यक्तिको मृत्यु हुने आशा छ ।’

यो पनि पढ्नुहोस   म्यान्मारमा सैनिक शासन थप क्रुर बन्यो, एकै दिन ३८ प्रदर्शनकारीको मृत्यु

अझै, राष्ट्रव्यापी रुपमै मास्क अनिवार्य गर्नुको साटो ट्रम्प प्रशासनले केही हप्तामा नै “अमेरिका खोलौं” भन्ने अभियान चलायो ।

सिडिसीले उद्योग, व्यवसाय पुनः खोल्ने निर्णयलाई सहयोग पु¥याउन निकै कडा नयाँ निर्देशिकाहरु तयार गर्यो । तर ह्वाइट हाउसले त्यस निर्देशिकालाई कडा ठान्यो । ह्वाइट हाउसका नीति निर्माताहरुले सिडिसीका वैज्ञानिकहरुप्रति लक्षित गर्दै “दिनको उज्यालो कहिल्यै देख्न नदिनेहरु” भन्दै आलोचना गरे ।

एसोसिएटेड प्रेसले ६३ पृष्ठको एउटा निर्देशिका तयार गरेको थियो जसले कार्यस्थल, दिवासेवा केन्द्रहरु र रेस्टुरेन्टहरूको लागि विज्ञानमा आधारित सिफारिशहरू गरेको थियो ।

अनुमान गरिएझैं नतिजा आयोः समुदायहरू फेरि खुलेपछि संक्रमण तिब्र गतिमा वृद्धि भयो, र मृतकको संख्या एक लाखमुनि राख्ने आशामा तुषारापात भयो ।

सिडीसी सिफारिसहरू जारी गर्नुअघि परीक्षणका लागि ह्वाइट हाउस कार्यदलको माध्यमबाट जारी गरिएको थियो ।

रेडफिल्डमाथि अहिले सिडिसीको प्रतिरक्षा गर्न नसकेको भन्दै आलोचना गरिएको छ, र लामो समयदेखि सिडिसीमा काम गरिसकेका व्यक्तिहरुले यसको नेतृत्वले राजनीतिको साटो विज्ञानलाई प्रधान्य दिने आशा गरेका छन् ।

‘मलाई पक्का विश्वास छ कि यो सजिलो छैन, तर यो सिडिसीको प्रतिष्ठाको लागि यो आवश्यक छ,’ २० वर्षसम्म सिडिसीमा कार्य गर्नु भएकी फ्लोरिडा विश्वविद्यालयकी चिकित्सा विज्ञानकी प्राध्यापक डा सोन्जा रास्मुसेनले भने । ‘हामीलाई यो महामारीबाट पार लगाउन एक बलियो र विश्वासयोग्य सिडिसी चाहिएको छ जसले भविष्यमा पनि सार्वजनिक स्वास्थ्य आपतकालबाट जनतालाई सुरक्षित गर्न सकोस् ।’

फाउचीलाई संचार माध्यमसँगको अन्तक्र्रियामा प्रतिबन्ध लगाएसँगै राष्ट्रपति ट्रम्पले स्ट्यान्फोर्ड विश्वविद्यालयका न्युरोलजिस्ट डा स्कट एटलसलाई अगाडि सारेका छन् । तर उनलाई संक्रामक रोग र महामारीका बारेमा खासै अनुभव छैन ।

एटलसले विद्यार्थीहरूलाई मास्क वा सामाजिक दूरी आवश्यकता छैन भन्दै आएका छन् । एटलसले भाइरसबाट मुक्त हुन “हर्ड इम्युनिटी” सिर्जना गर्नुपर्ने बताएका छन् ।

जनसंख्याको ठूलो हिस्सालाई संक्रमित हुन दिएर समुदायव्यापी प्रतिरोधात्मक क्षमताको निर्माण गर्न सकिन्छ भन्ने धारणा नै “हर्ड इम्युनिटी” हो । विश्व स्वास्थ्य संगठनले यो दृष्टिकोणलाई खतरनाक कदम भनी चेतावनी दिइसकेको छ ।

ह्वाइट हाउसका अधिकारीहरूले पछिल्लो समय एटलसले त्यसो नभनेको भन्दै प्रतिरक्षा गरिरहेको छ ।

त्यस्तै, २७ वटा राज्यका कम्तीमा ६० जना राज्यस्तरीय वा स्थानीय स्वास्थ्यकर्मीले अप्रिलयता पदबाट राजीनामा दिइसकेका वा पदबाट हटाइएका छन् । जुन महिनादेखियता यो संख्या दोब्बर भएको छ । धेरै सार्वजनिक अधिकारीहरूको राजनैतिक दबाब वा मास्क लगाउनुपर्ने र बन्दको कार्यान्वयन गर्नुपर्ने आदेशबाट क्रोधित व्यक्तिहरूको हिंसात्मक धम्की पछि पदबाट राजीनामा गरेका छन् ।

(Visited 140 times, 1 visits today)
Loading comments...

आजको समाचार

तीन हजार मान्छे भित्र रहेकाे बेला ताजमहलमा बम भएकाे हल्ला चलेपछि…

 एजेन्सी । भारतीय उत्तरी राज्य उत्तर प्रदेशमा अवस्थित एक प्रसिद्ध पर्यटकीय संरचना ताजमहलमा बम राखिएको भन्ने सूचनापछि आज सो ताजमहल बन्द गराइएको समाचारमा जनाइएको...

आँप बगैँचामा युवती बलात्कार गरेर भाग्ने एक वर्षपछि पक्राउ

सप्तरी ।  एक वर्षअघि भएको बलात्कार घटनाका आरोपित खडक नगरपालिका–७ कल्याणपुरका २५ वर्षीय एक युवकलाई प्रहरीले आज पक्राउ गरेको छ । एक्काइस वर्षीया युवतीलाई...

‘रेमिट्यान्स दुरुपयोग’ले बढाउँदै सम्बन्धविच्छेद

गलकोट । बागलुङ जिल्लामा बर्सेनि सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालत बागलुङमा परेका मुद्दा र फैसलाको तथ्याङ्कअनुसार सम्बन्धविच्छेद पछिल्लो समय बढ्दो क्रममा देखिएको...

स्राेताकाे मन जित्दै ‘हातैका पौजाले…’

काठमाडाैं । लाेक शैलीकाे गीत  रातो घलेकिमाको  सफलतापछि गायक तथा गीतकार कुशल बेलबासेको लोकदोहोरी गीत ‘हातैका पौजाले…’ सार्वजनिक भएको छ । कुशल बेलबासे र गायिका...

बिटक्वाइनको मूल्य ५० हजार

एजेन्सी । विश्वकै महँगो क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य पुनः आकासिएको छ । बुधबार बिटक्वाइनको मूल्यमा ५ प्रतिशतले बढ्दा प्रतिबिटक्वाइन ५० हजार ९४२ डलर ५८ सेन्ट...

साताका लोकप्रिय समाचार

पशुपतिमा विशेष पूजा फागुन २५ देखि

काठमाडौं । पशुपतिनाथ मन्दिरमा कोरोना महामारीका कारण एक वर्षअघि देखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि शुरु हुने भएको छ । कोरोना जोखिम कायमै...

खोप अभियानलाई देशव्यापी बनाइँदै

काठमाडौं । कोरोनाविरुद्ध खोप ल्याएर वितरण गर्न सफल भएको सरकारले भ्याक्सिन अभियान सफल हुँदै गएको भन्दै यो अभियानमा संलग्न भई सफल बनाउन सबै पक्षमा...

सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति

काठमाडौं । सरकार र प्रतिबन्धित नेकपा विप्लव समूहबीच आज बिहीबार तीन बुँदे सहमति भएको छ । यो सहमतिसँगै विप्लव समूहले हिंसा छोडेको छ । सहमतिअनुसार...

ताप्लेजुङको दोभान बजारमा आगलागी, ४० बढी घर जले, नियन्त्रण प्रयास जारी

काठमाडौं । ताप्लेजुङको दोभान बजारमा आज आगलागी हुँदा कम्तीमा चालीस घर जलेका छन् । बिहान करिब ९ बजेदेखि सुरु भएको आगलागी नियन्त्रणका लागि प्रयास...

तीन हजार मान्छे भित्र रहेकाे बेला ताजमहलमा बम भएकाे हल्ला चलेपछि…

 एजेन्सी । भारतीय उत्तरी राज्य उत्तर प्रदेशमा अवस्थित एक प्रसिद्ध पर्यटकीय संरचना ताजमहलमा बम राखिएको भन्ने सूचनापछि आज सो ताजमहल बन्द गराइएको समाचारमा जनाइएको...

ट्रेन्डिङ

अरुण तेस्रो सुरक्षामा ६५ जना सशस्त्र प्रहरी परिचालन

संखुवासभा । निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको सुरक्षामा ससस्त्र प्रहरी परिचालन गरिएको छ । पछिल्लो समय अरुण तेस्रो परियोजनामा...

टेबल टेनिसको एकेडेमी सञ्चालन

काठमाडौं । काठमाडौस्थित खुुसिबुमा स्ट्याग च्यम्पियन टेबल टेनिसको एकेडेमी सञ्चालनमा आएको छ । टेबल टेनिसकी ८ पटककी बिजेता नविता श्रेष्ठ (महर्जन)को अग्रसरतामा उक्त एकेडेमी...

कोभिड–१९, शिक्षा क्षेत्र र सजगता

अहिलेको कोरोनाको असर र लकडाउनको बारेमा त भनिरहन परेन । कोभिड–१९को महामारीले देशका शिक्षण संस्था लामो समयदेखि ठप्प छन् । यो अवस्थामा शिक्षा क्षेत्रबारेमा...

धनकुटामा अगुल्टोले हानेर छिमेकीको हत्या

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिकाकी एक महिलाले अगुल्टोले हानेर छिमेकीको हत्या गरेकी छन् । छथरजोरपाटी–३ लामोगराकी २८ बर्षीया...

अनटेस्ट मोटरसाइक ट्याक्टरमा ठाेक्किँदा दुई जनाकाे मृत्यु

सिरहा । सिरहा चौहर्वा सडकखण्डअन्तर्गत सिरहाको नरहा गाउँपालिका वडा नम्बर–५ स्थित सडकमा बिग्रिएर रोकिराखेको ट्र्याक्टरमा मोटरसाइकल ठोक्किदां दुई जनाको मृत्यु भएको छ । एक...

सप्तकोशीमा पानीको बहाव यस वर्षकै उच्च, ३८ ढोका खोलियो

सप्तरी । पहाडी क्षेत्रमा जारी अविरल वर्षासँगै सप्तरी र सुनसरीको सीमामा पर्ने सप्तकोशी नदीमा पानीको बहाव बढ्न सुरु गरेको छ । शुक्रबार दिउँसो २...

सशस्त्रका असईद्धारा १२ वर्षिया बालिका बलात्कार प्रयाश

दमक । सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका एक प्रहरी सहायक निरीक्षक (असई) १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोप लागेको छ । सशस्त्र...

एक नवीन क्रान्तिको खाँचो !

हालको राजनीतिक आन्दोलन एक जना प्रधानमन्त्रीलाई हटाएर अर्को प्रधानमन्त्री बनाउने उद्देश्यमा केन्द्रित देखिन्छ । न्यायसम्मत बहस अदालतको हातमा छ, मात्रै यसभित्रको एउटा भाष्यले पिरोल्छ...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

पशुपतिमा विशेष पूजा फागुन २५ देखि

काठमाडौं । पशुपतिनाथ मन्दिरमा कोरोना महामारीका कारण एक वर्षअघि देखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि शुरु हुने भएको छ । कोरोना जोखिम कायमै...

नख्खुमा जीपको ठक्करबाट क्याम्पस हिँडेकी १९ वर्षीया छात्राको मृत्यु

काठमाडौं । ललितपुरको नख्खुमा क्याम्पस जाँदै गरेकी एक छात्राको आज विहान जीपको ठक्करबाट मृत्यु भएको छ । बिहान पौने ६ बजे स १ ज...

प्रधानमन्त्रीको राजिनामा माग्नु अनैतिक : मन्त्री साह

काठमाडौ। नेपाल कम्युनिष्ट पार्टीका नेता तथा शहरी विकास मन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग्नु नै अनैतिक भएको बताएका छन् । एक टेलिभिजन...

ताप्लेजुङको दोभान बजारमा आगलागी, ४० बढी घर जले, नियन्त्रण प्रयास जारी

काठमाडौं । ताप्लेजुङको दोभान बजारमा आज आगलागी हुँदा कम्तीमा चालीस घर जलेका छन् । बिहान करिब ९ बजेदेखि सुरु भएको आगलागी नियन्त्रणका लागि प्रयास...

भर्खरै

कृष्णमाया भन्छिन् ‘मलाई बलात्कार गर्नेले आधा सम्पत्ति दिनुपर्छ’

काठमाडौं । झापा जिल्लास्थित कनकाई नगरपालिका वडा ३ निवासी घर नजिकैका छिमेकी नेत्र प्रसाद तिम्सिनाबाट २०७० असोज १५ गते बलात्कृत भएकी पीडित कृष्णमाया उप्रेतीले...

अनुदानसँगै ऋण लिएरै भएपनि कर्णाली बनाउन जुटे स्थानीय सरकार

सुर्खेत । कर्णाली प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले विकासका दृष्टिले निकै पछाडि रहेको कर्णालीमा राज्यले लगानी बढाउन ढिलो गर्नु नहुने बताएका छन् । नगर...

अब दुई वर्ष केपी ओली नै हाे प्रधानमन्त्री : अर्थमन्त्री

बुटवल ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभामा वर्तमान सरकारका बहुमत सांसद रहेको बताएका छन् । गृह जिल्ला रुपन्देहीका विभिन्न कार्यक्रममा सहभागी हुन आएका अर्थमन्त्रीले पौडेलले...

पुस्तक अंश : कमरेड, २५ गते रातभर दुश्मनलाई ब्लक गरौं

प्रिय कमरेड परिवर्तन जी क्रान्तिकारी लाल सलाम । आराम छु आरामै चाहन्छु । विशेष कुरा के छ भने, नेपाली क्रान्ति रणनैतिक प्रत्याक्रमणको चरणमा पुग्दा फौजी हिसावले...

धेरै पढिएका

नेपालका लागि सुनौलो अवसर

आउँदा पाँच वर्षभित्र नेपाल विकासशील देश बन्नु नेपालका लागि आफंैमा अवसर र चुनौती दुवै हो । आन्तरिक रूपमा यो बढी चुनौती हो भने बाह्य...

टिकटक बनाउन आएकी बहिनी बलात्कार गर्ने दाजु पक्राउ

लमजुङ । नाताले बहिनी पर्ने १२ वर्षीया किशोरीलाई जवर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले १९ बर्षीय युवालाई पक्राउ गरेको छ । बलात्कृत किशोरीको स्वास्थ्य परीक्षणका...

नेपालमै उत्पादन भएको धानको भात खाँदैनन् नेपाली

काठमाडौँ । कृषि प्रधान मुलुक भएपनि वर्सेनी चामलको आयात भने बढ्दो क्रममा छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको सात महिनामा मात्र...

सरकार र विप्लव समुहबीच आजै दोस्रो चरणको वार्ता सम्पन्न

काठमाडौँ । नेपाल सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समुहबीच दोस्रो चरणको वार्ता पनि बालुवाटार आजै सकिएको छ । आज बुधबार बिहान पहिलो चरणको...

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)