बहुविवाह अपराध नमान्ने पक्षमा मत

न्यूयोर्क । संयुक्त राज्य अमेरिकाको युटा राज्यको सिनेटले वयस्कहरूको आपसी सहमतिमा गरिने बहुविवाहलाई अपराध ठहर नगर्ने पक्षमा सर्वसम्मतिले मत दिएको छ । विद्यमान कानुनअनुसार एक जनाभन्दा धेरैसँग विवाह गरेको पाइएमा पाँच वर्षसम्म जेल सजाय हुन सक्ने व्यवस्था छ ।

सो नयाँ कानुनका पक्षधरहरूले यसले बहुविवाह अभ्यास गर्ने समुदायहरूसँग सम्बन्धित गोप्यता हटाइदिने र कोही पीडित भए त्यसको उजुरी गर्न सहयोग पुग्ने बताउने गरेका छन् । तर, आलोचकहरूले भने यसले पीडकहरूलाई झन् बल पुग्ने बताएका छन् ।

सिनेटले पारित गरेको सो विधेयकलाई अब सो राज्यको तल्लो सदन प्रतिनिधिसभाले पनि पारित गर्नुपर्छ । प्रस्तावित कानुनअनुसार एक जनाभन्दा बढी पति वा पत्नी भएको खण्डमा त्यसलाई सडकनियम उल्लंघन गरे सरह न्यून स्तरको अपराध मानिनेछ । तर बलपूर्वक गरिएका बहुविवाहलाई भने अपराध मानिनेछ । समाचारसंस्था एपीका अनुसार युटा राज्यमा झन्डै ३० हजार मानिसहरू बहुविवाह मान्ने समुदायका छन् ।

मोर्मोन चर्च भनिने चर्च अफ जिजस क्राइस्ट अफ ल्याटर डे सेन्ट्स पनि युटामै अवस्थित छ । सो चर्चले विगतमा बहुविवाहलाई मान्यता दिने गथ्र्यो तर सन् १८९० मा आएर उसले त्यसलाई प्रतिबन्धित गरियो । हाल बहुविवाह गरेकालाई उसले आफ्नो समुदायबाट बहिष्कार गर्छ । तर, अझै पनि कट्टर मोर्मोन समुदायले सो अभ्यास जारी राखेको छ ।

युटाको संविधानले बहुविवाहलाई अवैध मानेको भए पनि अधिकारीहरूले त्यस्तो अभ्यास गर्ने मानिसविरुद्ध कानुनी कारबाही गर्दैनन् । सन् २००१ मा टम ग्रिन नामक व्यक्ति ५० वर्षयता बहुविवाहका कारण दोषी ठहर भएका पहिलो पुरुष थिए । उनका पाँच पत्नी थिए । उनकी एक पत्नी १३ वर्षकै उमेरमा गर्भवती भएको पाइएपछि उनलाई बालिका बलात्कारको मुद्दामा पनि सजाय दिइएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 168 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लुकेका ललिता निवासहरू

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनको निर्णय : एकीकृत समाजवादी माओवादीकाे बराबर हैषियत !