Tuesday, October 27, 2020
Home अन्तराष्ट्रिय चीनले कोरोना विरुद्धको खोप सन् २०२१ को शुरुमा ल्याउने र अमेरिकामा पनि...

चीनले कोरोना विरुद्धको खोप सन् २०२१ को शुरुमा ल्याउने र अमेरिकामा पनि बिक्री गर्ने

बेइजिङ । एक चिनियाँ औषधि निर्माता कम्पनी सिनोभ्याकले आफूले विकास गरिरहेको कोरोनाभाइरस विरुद्धको खोप (कोरोनाभ्याक) सन् २०२१ मा तयार हुने बताएको छ । कम्पनीले यो खोप संयुक्तराज्य अमेरिका समेत विश्वका विभिन्न मुलुकमा वितरण गरिने जनाएको छ ।

सिनोभ्याकका प्रमुख कार्यकारी यीन वेडोङ्ले मानवमा तेस्रो तथा अन्तिम चरणको परीक्षण सफल भएमा संयुक्तराज्य अमेरिकामा कोरोनाभ्याक खोप बिक्री गर्न अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए) समक्ष आवेदन दिइने बताए । यीनले आफूले व्यक्तिगत रुपमा पनि कोरोनाभ्याक लगाइसकेको जानकारी दिए ।

‘शुरुमा हाम्रो रणनीति चीन र वुहानका लागि डिजाइन गरिएको थियो । तर, जुन र जुलाईमा हामीले हाम्रो रणनीतिमा परिमार्जन ग¥यौं । हामीले यो भ्याक्सिन विश्वमै आवश्यक भइसकेको बुझ्यौं,’ यीनले भने । उनले चिनियाँ शहरमा भाइरस पहिलोपटक देखा परेको पनि स्पष्ट गरे ।

हाम्रो लक्ष्य अमेरिका, युरोपेली संघ र अन्य मुलुक लगायत विश्वलाई खोप प्रदान गर्नु हो,’ यीनले भने ।

अमेरिका, युरोपेली युनियन, जापान र अष्ट्रेलियाका कडा नियमहरूका कारण विगतदेखि नै चिनियाँ खोपहरू बिक्री हुन सकेका छैनन् । तर यीन वेडोङ्को भनाईमा यस पटक चिनियाँ खोपले विश्वास जित्नेछ ।

चीनमा सरकारी स्वामित्वको समेत चारवटा कम्पनीले कोरोनाभाइरस विरुद्धको खोप विकास गरिरहेका छन् जसमा सिनोभ्याक पनि एउटा हो । सरकारी स्वामित्वको सिनोफार्मले दुई किसिमका खोपमाथि परीक्षण गरिरहेको छ भने सैनिक स्वामित्वको क्यानसिनोले पनि खोप निर्माण गरिरहेको छ ।

यीनले भने, कोरोनाभ्याक खोपको परीक्षणमा ब्राजिल, टर्की र इन्डोनेसियाका २४ हजार व्यक्ति सहभागी छन् । यसबाहेक बंगलादेश र सम्भवत चिलीमा पनि यस खोपको परीक्षण गरिनेछ । सिनोभ्याकले धेरै संक्रमित भएका, ठूलो जनसंख्या रहेका तथा अनुसन्धान र विकासको क्षमता सीमित रहेका मुलुकहरु छनौट गरेको जनाएको छ ।

उनी बेइजिङको दक्षिणमा रहेको सिनोभ्याक प्लान्टको भ्रमणका क्रममा पत्रकारहरूसँग बोल्दै थिए । यो प्लान्टमा एक वर्षमा पाँच लाख खोप उत्पादन हुन सक्दछ । जैव–सुरक्षित सुविधा सहितको यस प्लान्टमा खोपको डोज साना बोतलमा भर्ने र तिनीहरूलाई बाकसमा राख्ने काम जारी थियो । कम्पनीले आगामी वर्ष सन् २०२१ को फेब्रुअरी वा मार्चसम्ममा एक करोडसम्म खोप उत्पादन गर्ने लक्ष्य लिएको जनाएको छ ।

यो पनि पढ्नुहोस   मर्यादपुरमा प्रतिगामी षड्यन्त्र, नागरिकद्वारा प्रतिकार

सिनोभ्याकले जोखिममा रहेका बच्चा र बुढाबुढीका लागि कोरोनाभ्याकको सानो खुराक पनि परीक्षण गर्न थालेको छ । यीनले कम्पनीले कोरोनाभ्याकको मानव परीक्षण चलाउने देशहरूमा पहिलो चरणमा खोप वितरण गर्ने बताए ।

खोपको स्वीकृत मापदण्ड बमोजिम कोरोनाभ्याक खोपको अझै तेस्रो चरणको क्लिनिकल परीक्षण सम्पन्न नभए पनि सिनोभ्याकले चीनमा हजारौं मानिसलाई आपतकालीन प्रयोग प्रावधान अन्तर्गत सम्मिलित गरिसकेको छ ।

यीनले आफू सहित अनुसन्धाताहरुले एक महिना अघि प्रायोगिक खोप लिइसकेको बताए । मानव परीक्षणको पहिलो र दोस्रो चरणमा कुनै गम्भीर प्रतिकूल प्रभाव देखाएनन्, उनले भने ।

‘यो हाम्रो कम्पनीको परम्परा हो,’ यीनले भने । आफूले हेपाटाइटिस खोप विकासको क्रममा यस्तै गरेको पनि जानकारी दिए ।

यस वर्षको सुरुमा, चीनले जोखिमयुक्त जनसंख्याका लागि खोप लगाउन अनुमति दिएको थियो जसमा एक हजारभन्दा बढी स्वास्थ्यकर्मी र सीमा रक्षकहरु सामेल थिए ।

सिनोभ्याकले सिनोफर्म र क्यानसिनोसँगै गत जुनमा अनुमति प्राप्त गरेको थियो । बेइजिङ महानगरलाई दशौं हजार कोरोनाभ्याकको डोज उपलब्ध गराइएको पनि यीनले बताए ।

सिनोभ्याकमा कार्यरत ९० प्रतिशतभन्दा बढी कर्मचारीलाई कोरोनाभ्याक दिइएको कम्पनीले जनाएको छ । ‘हामी विश्वस्त छौं कि कोभिड–१९ भ्याक्सिन सम्बन्धी हाम्रो अनुसन्धानले अमेरिका र युरोपेली मुलुकहरुका मापदण्ड पूरा गर्न सक्षम हुनेछ,’ यीन वेडोङ्ले बताए । रासस

(Visited 111 times, 1 visits today)
Loading comments...

आजको समाचार

बिहेबाट फर्किएका बिककाे अपरिचित व्यक्तिले खुट्टा काटिदिए

तुलसीपुर । गएराति अज्ञात समूहले खुट्टा काटिदिएपछि एक व्यक्ति गम्भिर घाईते भएका छन् । घाइते हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–११ नवलपुर निबासी ४५ बर्षका कुमार...

कोलकतालाई पञ्जावको धक्का

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा किंग्स इलेभन पञ्जाव विजयी भयो । पञ्जावसँग कोलकता नाइट राइडरलाई ८ विकेटले पराजित मात्र...

आज दशैंको दोस्रो दिन, टीका र आर्शिवाद थाप्ने क्रम जारी

काठमाडौं । आज दशैंको दोस्रो दिन हो । टीका र आर्शिवाद थाप्ने शुभसाइत सोमबार नै सकिए पनि टीका लगाउने र मान्यजनबाट आर्शिवाद थाप्ने क्रम...

कोरोनाले चौपट सप्तरीको शिक्षा : विद्यालय जान सरकारले दिएको साईकल घरमै थन्कियो

राजविराज । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका स्थित बभनगामा कट्टीकी संगीताकुमारी मण्डललाई विद्यालय जान सहयोग पुगोस् भन्दै गत फागुनमा साईकल प्रदान गरियो । बभनगामा कट्टीस्थित...

कलाकार मनोज गजुरेलमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । चर्चित कलाकार मनोज गजुरेलमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि गरिएको पीसीआर परीक्षणमा आफूमा संक्रमण पुष्टि भएको...

साताका लोकप्रिय समाचार

सचेततापूर्वक दसैं मनाऔं

नेपालीहरूको महान् चाडका रूपमा विजया दशमीलाई मानिन्छ । यसलाई बडा दसंै पनि भनिन्छ । विश्वभर छरिएर रहेका हिन्दू धर्मावलम्बीहरूका लागि यो सबैभन्दा ठूलो उत्सव...

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन देउखुरीमा राख्ने तयारी

देउखुरी । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन प्रादेशिक राजधानी देउखुरीमा राख्नेबारे गृहकार्य शुरु भएको छ । स्थायी राजधानीको टुंगो लागिसकेका अवस्थामा प्रदेशसभा बैठक सञ्चालन गरेर स्थायी...

चेन्नाइ र राजस्थानलाई सफलता

युएइ । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत गएराति दुई खेल सम्पन्न भए । खेलमा चेन्नाइ सुपर किंग्स र राजस्थान रोयल्स विजयी भयो । चेनाइले...

नेकपा नेता भन्छन्, सरकार दायित्वबाट भाग्न मिल्दैन

काठमाडौंं । कोरोना भाइरस संक्रमित विरामीको उपचार निःशुल्क नगर्ने सरकारको निर्णयसंगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रबाटै विरोध सुरु भएको छ । सत्तारुढ नेकपाका शीर्षनेताले कोरोना...

कोरोना सङ्क्रमणबाट महिलाको मृत्यु

जनकपुर । जनकपुरमा गएराति कोरोना सङ्क्रमणबाट ६५ वर्षीया एक महिलाको मृत्यु भएको छ ।
यो पनि पढ्नुहोस   कोरोनाले चौपट सप्तरीको शिक्षा : विद्यालय जान सरकारले दिएको साईकल घरमै थन्कियो
जनकपुर उपमहानगरपालिका–१ बस्ने ति महिलाको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा गएराति...

ट्रेन्डिङ

रुसले बनाएको कोरोना बिरुद्धको भ्याक्सिनको यस्तो छ विषेशता

एजेन्सी । रुसले विश्वमा सबै भन्दा पहिला कोरोना बिरुद्धको भ्याक्सिन बनाएको दाबी गर्दै रजिष्टेशन गरेको छ । यति छिटो भ्याक्सिन बन्नुको मुख्य कारण वैज्ञानिकहरुको...

एक हप्ता भित्र १० जनाको उद्दार

काठमाडौं । रोल्पाली समाज सेवा दाङका अध्यक्ष एवम स्वास्थ्य सेवा बिभाग टेकुका महानिर्देशक सचिवालय सचिव स्वास्थ्यकर्मी मदनकुमार वलीको पहलमा एक हप्ता भित्रमा...

हजार आइसोलेसन बेड तयारी अवस्थामा

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण (कोभिड–१९) को सम्भावित जोखिम कम गर्न काठमाडौं उपत्यकामा १ हजार आइसोलेसन बेड तयारी अवस्थामा राखेको छ । स्वास्थ्य...

समाजमा मिडियाको भूमिका

सञ्चारमाध्यमबाट समाचार, जानकारी, विचार आदि प्रवाह गरिन्छ । सञ्चारमाध्यमलाई विश्वमा सबैभन्दा प्रभावशाली अस्त्रका रूपमा लिइन्छ । यसलाई सरकारको चौथो अंगको रूपमा पनि लिइन्छ ।...

राष्ट्रपति भण्डारीद्वारा पुनःनिर्माण भएका सम्पदाको अवलोकन (फोटोफिचर)

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ उपत्यकाभित्र पुनःनिर्माण भइरहेका रानीपोखरी, धरहरा, काष्ठमण्डप, दरबार हाइस्कुल र वसन्तपुर दरबारको अवलोकन गरेकी छन्...

थप १५५१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९० हजार नाघ्यो

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १५५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ९० हजार ८१४...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ८ लाख ठगी गर्ने पक्राउ

सोलुखुम्बु । ठगी गरेको आरोपमा सोलुखुम्बुका एक व्यक्तिलाई भक्तपुरमा पक्राउ गरिएको छ । वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै...

राराको सौन्दर्य निखादै नेपाली सेना

मुगु । बिश्वभर फौलिएको कोरोना भाईरसका कारण सुनसान बनेको रारा क्षेत्रमा केही दिन देखी आन्तरिक पर्यटक आउन थालेका छन् । यहि बेला नेपाली सेनाले...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

कलाकार मनोज गजुरेलमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । चर्चित कलाकार मनोज गजुरेलमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि गरिएको पीसीआर परीक्षणमा आफूमा संक्रमण पुष्टि भएको...

शौंच गर्न गएकी एक युवतीलाई नियन्त्रणमा लिई बलात्कार, अर्की भने भाग्न सफल

राजविराज । सप्तरीको तिरहुत गाउँपालिकामा एक किशोरीमाथि सामूहिक बलात्कार र अर्की एक किशोरीमाथि बलात्कार प्रयास भएको छ । गत शनिबार राति शौच गर्न निस्किएका...

कोरोनाले चौपट सप्तरीको शिक्षा : विद्यालय जान सरकारले दिएको साईकल घरमै थन्कियो

राजविराज । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका स्थित बभनगामा कट्टीकी संगीताकुमारी मण्डललाई विद्यालय जान सहयोग पुगोस् भन्दै गत फागुनमा साईकल प्रदान गरियो । बभनगामा कट्टीस्थित...

रावणको संहार गर्नु अघि भगवान रामले नीलकण्ठ चराको दर्शन गरेका थिए

जनकपुरधाम । तपाई दर्शन गर्नु भयो ? विहानैदेखि जनकपुरधाममा एकअर्कालाई सोध्ने गरिएको देखियो । प्रसिद्ध धार्मिक पिठ राजदेवी मन्दिर वा दुर्गा माताको दर्शनको कुरा...

भर्खरै

कलाकार मनोज गजुरेलमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । चर्चित कलाकार मनोज गजुरेलमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि गरिएको पीसीआर परीक्षणमा आफूमा संक्रमण पुष्टि भएको...

शौंच गर्न गएकी एक युवतीलाई नियन्त्रणमा लिई बलात्कार, अर्की भने भाग्न सफल

राजविराज । सप्तरीको तिरहुत गाउँपालिकामा एक किशोरीमाथि सामूहिक बलात्कार र अर्की एक किशोरीमाथि बलात्कार प्रयास भएको छ । गत शनिबार राति शौच गर्न निस्किएका...

आज दशैंको दोस्रो दिन, टीका र आर्शिवाद थाप्ने क्रम जारी

काठमाडौं । आज दशैंको दोस्रो दिन हो । टीका र आर्शिवाद थाप्ने शुभसाइत सोमबार नै सकिए पनि टीका लगाउने र मान्यजनबाट आर्शिवाद थाप्ने क्रम...

ह्यारी र सनको तालमेल

लन्डन । इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा टोटनह्याम हट्सपरले बर्नलेलाई १ –० गोल अन्तरले पराजित गरेको छ । टोटनह्यामको जितमा ह्यारी...

धेरै पढिएका

छोरीलाई गोली हान्ने बुबा कारागार चलान

ओखलढुङ्गामा आफ्नै छोरीलाई गोली हान्ने एक पुरुष कारागार चलान भएका छन् । भरुवा बन्दुक प्रहार गरेर छोरीलाई गम्भीर घाइते बनाउने मोलुङ गाउँपालिका–७ पात्लेका ३३...

कोरोनाले चौपट सप्तरीको शिक्षा : विद्यालय जान सरकारले दिएको साईकल घरमै थन्कियो

राजविराज । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका स्थित बभनगामा कट्टीकी संगीताकुमारी मण्डललाई विद्यालय जान सहयोग पुगोस् भन्दै गत फागुनमा साईकल प्रदान गरियो । बभनगामा कट्टीस्थित...

‘यस पल्टको दशैंमा कोरोनाको बली’ (सप्तरीको फोटोफिचर)

राजविराज । दशैंको बेला यहाँका शक्तिपीठहरुको रौनक बेग्लै हुन्थ्यो । धार्मिक, साँस्कृतिक र एतिहासिक महत्व बोकेको जिल्लास्थित छिन्नमस्ता, कंकालिनी, राजदेवी र भगवती लगायत आधा...

जनताको जीवन रक्षा गर

सबैको घरदैलो नजिकै आइसकेको दसैंको रहर कोरोनाको कहरले नमीठो र निरस बनाइदिएको छ । जनस्वास्थ्यको विषय निकै जटिल बन्दै गइरहेको छ । जनताले महामारीका...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 85 times, 1 visits today)