शर्मिलाको हत्या अझै रहस्यमय

महोतरी । गौशाला नगरपालिका–१० स्थित थापाटोलकी २२ वर्षीया गोरकी भनिने शर्मिला सिंह दनुवारको हत्या रहस्यमय बन्दै गएको छ । चार महिना अघि उनी बिते पनि प्रहरीले दोषी पत्ता लगाउन अहिलेसम्म नसक्दा रहस्यमय भएको हो ।

जन्मजात सुस्तमनस्थितिकी शर्मिलाको शव आश्विन १६ बिहीबार बिहान गाउँदेखि पूर्व मडाहा खोला नजिक नत्थु आलेको बाँझो खेतमा फेला परेको थियो । हत्या’bout जानकारी पाएपछि प्रहरीले घटनास्थलमा तालिम प्राप्त कुकुर मगाएको थियो । उसले केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश प्रहरी कार्यालयको ब्युरो टोली, जिल्ला प्रहरी कार्यालय महोतरी, इलाका प्रहरी कार्यालय गौशालाको टोलीबाट अनुसन्धान अघि बढाइरहेको बताए पनि प्रगति भएको छैन । घटनामा संलग्न एक जनालाई पनि पक्रिन सकेको छैन ।

शर्मिलाको शव नग्न अवस्थामा फेला परेको थियो । शवको हात, मुख र घाँटी बाधिएको अवस्थामा फेला पारेको थियो । अपराधीले शर्मिलालाई सर्वांग पारेर उनैले लगाएकै कपडा च्यातेर हातमुख बाँधेको देखिएको छ । हत्याअघि उनीमाथि कुटपिट पनि भएको प्रहरीको अनुमान छ ।योनीबाट रगत र मलमुत्रसमेत निस्केको अवस्थामा शव फेला परेको थियोे ।

घटनास्थल प्रकृतिको आधारमा उनलाई अन्तै यातना दिएर त्यहाँ ल्याई फालेको प्रहरी अनुमान छ । बाँधेका शरिरका भाग फुत्काउन छटपटिँदा खुट्टानजिक जमिन उधिनिएको पाइएकोले प्रहरीले त्यस्तो अनुमान गरेको हो । राम्रोसँग बोल्न र आफ्नो कपडासमेत लगाउन नसकने सुस्तमनस्थितीकी शर्मिलाको हत्याले सिंगो गाउँ त्रासमा छ ।

मृतकका दाजु रमेशसिंह दनुवारकाअनुसार शर्मिलाको खानेबस्ने ठेगान थिएन । मन लाग्दी गर्थिन् । जन्मदै मनस्थिती सुस्त भएकाले जहाँ पायो त्यहाँ जान्थिन् । अरुले नै लुगा फेराउने र नुहाइ दिनुपथ्र्यो । घटनाको दिन असोज १५ गते बुधवार उनी बाख्रा चराएर साँझपख घर फर्केकी थिइन् । रातको खाना खाएपछि घरदेखि केही दुरीमा रहेको छिमेकीको घरमा नाचगान हेर्न गएकी थिइन् ।

घटनामा संलग्न आरोपमा प्रहरीले अहिलेसम्म कसैलाई पक्राउ नगरेको जनाएको छ । ‘हामी अनुसन्धानमा छौं’, जिल्ला प्रहरी कार्यालय महोतरीका एसपी श्यामकुष्ण अधिकारीले भने, ‘अझै पनि हत्याको कारण खुलेको छैन ।’ परीक्षण रिपोर्ट आएपछि धेरै कुरो खुल्ने उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 250 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यो सरकार हाम्रो पदयात्रा नसकिदैँ ढल्न सक्छः ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आरजुलाई निर्वाचन आयोगकाे २४ घन्टे स्पष्टीकरण