बास्कोटाले अर्बौंको भ्रष्टाचार गर्न खोजेको कांग्रेस सहमहामन्त्री महतको आरोप

पर्सा । नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पुर्व मन्त्री डा.प्रकाश शरण महतले गोकुल बास्कोटाको घुस मागेको अडियो प्रकरणमा निष्पक्ष छनबिन गर्न माग गरेका छन। उनले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा बास्कोटाले अर्बौंको भ्रष्टाचार गर्न खोजेको पनि आरोप लगाए।

शुक्रवार नेपाल प्रेस युनियन पर्साले बिरगंजमा गरेको पत्रकार सम्मेलनमा बोल्दै सहमहामन्त्री महतले यो प्रकरणमा अरु पनि हुन सक्ने आशंका समेत गरे। उनल बास्कोटा एक्लै मात्रै संलग्न होला भनेर भन्न सक्ने अवस्था अहिले नभएको भन्दै यस’bout सत्यतथ्य छनबिन गरेर यथार्थ बाहिर ल्याउन संबंधित निकायलाई आग्रह गरे।

काठमाडौंमा हिजो नेपाल विद्यार्थी संघका नेताकार्यकर्ता माथी प्रहरी गरेको दमन प्रती आपत्ति जनाउदै डाक्टर महतले पुलिसलाई सरकारमुखी नबनेर जनता प्रती उत्तरदायी बन्नु पर्ने बताए।

हाम्रा भातृसंस्थाका नेताकार्यकर्ताले भ्रष्टाचारको बिरोध गर्दा पुलिसले लाठीचार्ज गरेको भन्दै भ्रष्टाचारको संरक्षणमा पुलिस प्रसासन नलाग्न पनि सहमहामन्त्री महतले आग्रह गरे। सरकारका प्रधानमन्त्रीले गोकुल प्रकरण ’bout सदनमा स्पस्ट जबाफ दिनुपर्ने पनि डाक्टर महतले माग गरे। सरकार भ्रष्टहरुको झुन्ड हो भन्ने उदाहरण गोकुल बास्कोटाको अडियो कान्डले प्रमानित गरेको पनि महतले दाबी गरे।

तपाइको प्रतिक्रिया
(Visited 152 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

२ सय ३ एकल महिलालाई ब्ल्याङ्ककेट

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरमा मतदाता प्रभावित पार्न बाँडियो भूमिको निस्सा