काठमाडौं । मिडिया एलायन्स नेपाल अध्यक्ष भाष्करराज राजर्णिकारले विज्ञापन बजार विस्तार गर्न सकेमात्र सञ्चारमाध्यमको भविष्य सुनिश्चित हुने विश्वास व्यक्त गरेका छन् । नेपाल विज्ञापन संघद्वारा सोमबार मिडिया एलायन्स नवगठित तदर्थ समितिको स्वागतार्थ आयोजित कार्यक्रममा राजकर्णिकारले ‘क्लिनफिड’ कार्यान्वयनले विज्ञापन बजार दोब्बर हुने दाबीसमेत गरे । विज्ञापन बजार थप व्यवस्थित बनाउनकै लागि एलाइन्स गठन भएकोसमेत उनले प्रस्ट पारे ।
नेपाल विज्ञापन संघ अध्यक्ष रविन्द्र रिजाललले नीजि सञ्चारमाध्यमका लागि अहिले चुनौतीपूर्ण समय भए पनि सहकार्य गरेर अघि बढे समस्या समाधान हुने विश्वास व्यक्त गरे । संघ सधैं सञ्चारमाध्यमको पक्षमा रहेको उल्लेख गर्दै उनले एलायन्ससँग सहकार्य गर्न आफूहरू इच्छुक पनि सुनाए ।
एलाइन्स महासचिव लक्ष्मण हुमागाईंले गणतन्त्रमा सञ्चारमाध्यको भूमिका अत्यन्त महŒवपूर्ण भए पनि सरकारले नै उपेक्षा गरेको गुनासो गरे । सत्ताबाहिर रहँदा सञ्चारमाध्यमको वकालत गरे पनि सत्तामा पुग्नेबित्तिकै विरोधीझैं व्यवहार गरिएको उनको भनाई छ ।
कार्यक्रममा अन्य सहभागीले विज्ञापनबिना सञ्चारमाध्यमले स्वच्छ प्रतिस्पर्धा गर्न नसक्ने जिकिर गरे । सञ्चारमाध्यम स्वतन्त्र बनाउन विज्ञापन बजार व्यस्थित बनाउनुपर्ने उनीहरूको जोड छ । सञ्चारमाध्यममा देखिएका समस्या समाधानका लागि सहकार्य गर्ने उद्देश्यसहित गत बुधबार मिडिया एलायन्स नेपाल गठन भएको हो ।






