बझाङ । बलात्कारपछि हत्याको आरोपमा जिल्ला प्रहरी कार्यालय बझाङले पक्राउ गरेर राखेको राजेन्द्र बोहराले अपराध स्वीकारेका छन् । बुधबार साँझ गाईवस्तुलाई गोठमा घाँस हाल्न हिँडेकी एक १२ वर्षीया बालिकाको बलात्कारपछि आफैले हत्या गरेको स्वीकार गरे ।
बझाङको मष्टा गाउँपालिका–२ की १२ वर्षीया बालिका सम्झना कामीको बलात्कारपछि हत्या गरेको बोहोराले स्वीकार गरेका छन् । प्रहरी हिरासतमा रहेका १८ वर्षीय राजेन्द्र बोहरालाई मृतकका आफन्तले घटनामा सग्लनलाई हदैसम्मको कारवाहीको माग गरेका छन ।
बालिकाको हत्या भएको शिब मन्दिर नजिकै डेढ वर्ष अगाडी एक बालक मृत भेटिएका थिए । स्थानीयले अहिले सो घटनामा पनि राजेन्द्रलाई नै शंकाको घेरामा राखेका छन ।
अभियुक्त बोहोरा अन्य अपराधिक घटनामा पनि सग्लन भएको भेटिएको छ । राजेन्द्रले साउन २९ गते घट्ट गएको बेला गाउँकै अर्की एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै सोमबार बालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालय बझाङमा मुद्दा दर्ता गराएका छन् । बालिकाको हत्या भएको शिब मन्दिर नजिकै डेढ वर्ष अगाडी एक बालक मृत भेटिएका थिए । स्थानीयले अहिले सो घटनामा पनि राजेन्द्रलाई नै शंकाको घेरामा राखेका छन ।
मृतक भेटिएका बालकको पनि कानमा लगाएको सुनको मुन्द्रा पनि गायब थियो । अब प्रहरीले अनसुन्धान गरी आफ्नो छोराको हत्यारा पनि कानुनी कारबाही गर्नुपर्ने मृतक बालकका बुवा शेरबहादुर कामीले बताए ।
अर्की बालिकाको पनि करणी गरेको जाहेरी प्रहरी कहाँ आएपछि गाउँ भएका अन्य घटनाहरुमा पनि राजेन्द्रको संलग्नता रहेको अनुमान गरिएको छ । प्रहरीले अनुसन्धान गर्दा बालिकाको बलात्कार पछि हत्या घटनामा राजेन्द्र को संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायव उपरीक्षक रुपक खडकाले बताए । घटनामा अन्य को संलग्नता रहेको या नहरेको ’bout थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।






