बालिकाको मुख थुने अनि खेतमा लगेर बलात्कार

सांकेतिक तस्बिर ।

रौतहट । बालिका बलत्कारको आरोपमा रौतहटमा एक युवक पक्राउ परेका छन । कटहरिया नगरपालिका वाड नं. १ भसेढवा परसबनि टोलका हरिदासका ३५ वर्षीय छोरा इन्दल दाश पक्राउ परेका हुन ।

इलाका प्रहरी कार्यालय गरुडाले उनलाइ सोमबार राती पक्राउ गरेको हो । सोमबार राती ९ बजे सोहि टोलकी एक १५ बर्षीया बालिकामाथि धारामा पानी भर्न गएका बेला इन्दलले बलात्कार गरेको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी रबि रावलले जानकारी दिए ।

कोही नभएको मौका छोपी ईन्दलले बालिकाको मुख थुनेर नजिकैको धानखेतमा लागि बलात्कार गरेको पीडित बालिकाले बताएकी छिन् । पीडित बालिकाले घटनालगत्तै घरमा गएर सबै कुरा बताएकी थिइन् । ईलाका प्रहरी कार्यालय कटहरियाबाट सई लतिफ अन्सारीको कमान्डमा गएको टोलिले आरोपी इन्दल दाशलाई राती १२ बजे पक्राउ गरेको थियो । पीडितका बाबुले प्रहरीलाई खबर गरेका थिए ।

पक्राउ परेका आरोपी हाल ईलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको र पीडितका बुबाको जाहेरीको आधारमा उनीमाथी जबरजस्ती करणीसम्बन्धि मुद्दा दर्ता गर्ने तयारी भैरहेको डिएसपी रबि रावलले बताए । पीडित बालिकालाई स्वास्थ परीक्षणका लागि जिल्ला अस्पताल गौर पठाईएको समेत उनले जानकारी दिए । केही अघि पनि गुजरा नगरपालिकाको वाड नं. ८ की २० बर्षिय युवती बलत्कारको शिकार भएकी थिइन ।

तपाइको प्रतिक्रिया
(Visited 166 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘अर्थतन्त्रमा दीर्घकालीन असर’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमाले सचिव भट्टको निर्वाचन क्षेत्रमा बिरासत जोगाउन दबाब