Saturday, April 17, 2021
Home Not-to-be-missed अमेरिकी राष्ट्रपति ट्रम्प अस्पताल भर्ना, अस्पतालबाटै काम गर्ने योजना

अमेरिकी राष्ट्रपति ट्रम्प अस्पताल भर्ना, अस्पतालबाटै काम गर्ने योजना

,

वासिङ्टन । कोरोनाभाइरसबाट सङ्क्रमित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पताल भर्ना भएका छन् । ज्वरो आउनेलगायतका कोरोनाका सामान्य लक्षणहरु देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

उनलाई शुक्रबार राती वाल्टर रिड नेसनल सैनिक अस्पताल लगिएको हो । अस्पतालमा उनलाई थेरापीलगायतका उपचारका उपायहरु अपनाइएको छ । उनका विभिन्न औषधी मिश्रित खोप दिइएको चिकित्सकहरुले जनाएका छन् ।

उनको उपचारमा संलग्न डा. कनलीले जारी गरेको विज्ञप्तिका अनुसार सावधानी अपनाउनका लागि रेजेनेरोन पोलीक्लोनल एन्टिबडी मिश्रणको ८ ग्राम’ खुवाएको हो । उक्त औषधी शरीरमा भाइरसको मात्रा घटाउन र छिटो सञ्चो बनाउन दिइएको उनको भनाई छ ।

राष्ट्रपति कार्यालयबाट अस्पतालतर्फ प्रस्थान गर्ने क्रममा उनी मास्क लगाएको अवस्थामा देखिएका थिए । उनी राष्ट्रपति कार्यालयबाट अस्पतालसम्म हेलिकोप्टरमा गएका हुन् । अस्पताल जानुअघि उनले दिएको भिडियो सन्देशमा आफुले आराम नै महसुस गरिरहेको तर थप सुरक्षित र सुनिश्चित हुन अस्पताल जान लागेको बताएका छन् ।

अस्पताल पुगेपछि पहिलो ट्वीट गर्दै शुक्रबार राती उनले लेखेका छन्, ‘मलाई राम्रो भइरहेको छ, सवैलाई धन्यवाद छ । माया छ ।’ अमेरिकामा राष्ट्रपति चयनका लागि निर्वाचन हुन गइरहेका बेलामा उम्मेदवार समेत रहेका वर्तमान राष्ट्रपति ट्रम्प सङ्क्रमित भएका हुन् । उनले आफू कोरोनाभाइरसबाट सङ्क्रमित भएको शुक्रबार दिउसो एक बजे सार्वजनिक गरेका थिए ।

उनी बिहीबार मध्याह्न एउटा चुनावी कार्यक्रममा सहभागी भएर फर्केपछि सङ्क्रमित भएको बताइएको छ । उनीसँगै उनकी पत्नी मेलानिया पनि सङ्क्रमित भएकी छन् । राष्ट्रपति ट्रम्पले आफ्नी श्रीमतीको पनि अवस्था सामन्य नै रहेको भिडियोमार्फत् जानकारी दिएका छन् ।

राष्ट्रपति ट्रम्पले आफू अस्पताल भित्रै रहेपनि काम भने गरिरहने योजना बनाएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । उनले उपराष्ट्रपतिलाई कार्यवाहकको जिम्मेबारी दिएका छैनन् । उनी अहिले ७४ वर्षको भएका छन् । यो उमेर समूह कोरोना सङ्क्रमितहरुका लागि अत्यन्त खतरापूर्ण उमेर समूह मानिन्छ ।

विश्वमै सवैभन्दा धेरै मानिसहरु कोरोनाभाइरसबाट सङ्क्रमितहरु रहेको मुलुक अमेरिकामा राष्ट्रप्रमुखलाई नै सङ्क्रमण भएपछि थप त्रास फैलिएको छ । अमेरिकामा अहिलेसम्म दुई लाख पाँच हजारभन्दा बढीको कोरोनाका कारण मृत्यु भएको छ ।

(Visited 159 times, 1 visits today)
Loading comments...

आजको समाचार

१० वर्ष उमेर समूहसम्मका ६ हजार ४ सय ९४ मा कोरोना संक्रमण

केही दिनयता कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित बालबालिका बनेका छन् । यस्तो अवस्थामा समेत विद्यालय बन्द गर्ने ठोस निर्णयमा सरकार पुग्न सकिरहेको छैन...

प्रधानमन्त्रीको आह्वानमा ११ बजेदेखी सर्वदलिय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ । आज ११ बजेदेखि सरकारी निवास बालुवाटारमा सर्वदलिय बैठक बस्दैछ । बैठकमा...

बस र टिपर ठोकिँदा पाँचको मृत्यु, ४१ घाइते

बाँके । बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा शुक्रबार साँझ बस र टिप्पर एकापसमा ठोकिँदा पाँचको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन्...

राजस्व छलीमा भन्सार प्रतिनिधि नै

काठमाडौं । सरकारले राजस्व छलीविरुद्ध आक्रामक रूपमा अघि बढेको दाबी गरिरहे पनि भन्सार प्रतिनिधिको मिलिमतोमा १ करोड १३ लाख रुपैयाँभन्दा बढी राजस्वमा ठगी गरेको...

साताका लोकप्रिय समाचार

गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य

पोखरा । गण्डकी प्रदेशसभाको चालु हिउँदे अधिवेशन अन्त्य गरिएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले वैशाख १ गते राति १२ बजेदेखि...

गोली हानी सुनचाँदी व्यवसायीको हत्या, श्रीमती घाइते

लहान । लुटेरा समूहले गए राति सिरहाको लहान नगरपालिकामा सुनचाँदी पसल सञ्चालकको गोली हानी हत्या गरेको छ । लुटपाट गर्ने उद्देश्यले आएका लुटेरा समूहले लहान–२२...

कोरोनाबीच नेपाली निर्यात क्षमता सन्तोषजनक

कोरोना महामारीसँगै नेपालको उत्पादन निर्यातमा वृद्धि हुने विश्व बैंकको प्रक्षेपणले नेपालीमाझमा आशाको सञ्चार गरेको छ । जीविकोपार्जनमुखी उत्पादन प्रणाली भएको नेपालमा कोरोना महामारीपछि वैदेशिक...

चेतावनी होइन कारबाही

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रमुख धेय नै मुलुकको विकास र आर्थिक समृद्धि भएको बताउँदै आएका छन् । उनले विभिन्न विकास आयोजनामा भइरहेको ढिलाइ...

कोरोनाका त्रासकाबीच पवित्र महिना रमजान सुरु

सप्तरी । कोरोनाको त्रासकाबीच इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजान बुधबारबाट सुरु भएको छ । सप्तरी लगायत देशभरका मुश्लिम समुदायले बुधबार बिहानदेखी पहिलो रोजा बसेर रमजान...

ट्रेन्डिङ

थप ४०३ जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ४०३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो समय देशभरका प्रयोगशालामा ४ हजार ४०१ जनाको नमूना...

वैदेशिक रोजगारी र विदेश अध्ययन जान खुला

काठमाडौं । सरकारले वैदेशिक रोजगारी र विदेश अध्ययनमा जान चाहनेका लागि अनुमति प्रदान गर्ने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को शुक्रबार...

मोटरसाइकल दुर्घटनामा नेपाली सेनाका जमदारको मृत्यु

लहान । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–१ मेदनी पुलमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा नेपाली सेनाका एक जमदारको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै...

आज १७ जना थपिए, संक्रमितको संख्या ४ सय ४४ पुग्यो

काठमाडौं । कोरोना भाइरसको संक्रमित आज बिहीबार १७ जना थपिएका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या ४ सय ४४ पुग्यो । आज झापामा...

विक्रम संवत्को सान्दर्भिकता

आजबाट २०७८ साल शुभारम्भ भएको छ । नेपालमा सर्वमान्य, वैधानिक र संवत्का रूपमा विक्रम संवत्लाई लिइन्छ । यही संवत्का आधारमा नेपालको राष्ट्रिय पञ्चांग अथवा...

अनुगमन टोली पुगेपछि भागे कालीमाटीका व्यापारी

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजारमा सञ्चालित माछा पसलका व्यापारी खरिदबिक्री बिल अनुगमन टोलीलाई देखाउन नसक्ने भएपछि पसलै छोडेर भागेका छन् । काठमाडौँ महानगरपालिकाले...

फरवार्ड माइक्रोफाइनान्सद्वारा २५ लाख राहत घाेषणा

काठमाडौं । कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि.ले २५ लाखको राहत घोषणा गरेको छ । सरकारले स्थापना...

कोरोना संक्रमणको त्रास बढ्यो, दैनिक ५–६ हजार व्यक्ति काठमाडौं भित्रँदै

काठमाडौं । कोरोना संक्रमणको सन्त्रास थप बढिरहेका बेला उपत्यका बाहिरबाट अहिले दैनिक ५–६ हजार व्यक्ति राजधानी भित्रन थालेका छन् । सरकारले लकडाउनको मोडालिटीलाई खुकुलो...

प्रतिनिधिसभा विघटनविरुद्ध स्थानीय तहमा कांग्रेसको प्रदर्शन

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज शनिबार स्थानीय तहमा प्रदर्शन गर्दैछ । कांग्रेसले ७ सय ५३ वटै स्थानीय तहमा प्रदर्शन गरिरहेको छ । प्रधानमन्त्रीको...

काठमाडौंबाट खोटाङ पुगेका एक युवाको आरडीटी नतिजा पोजेटिभ

काठमाडौं । तराईका जिल्लामा कोरोना भाइरस संक्रमणको दर बढिरहेको अवस्थामा पहाडी जिल्लामा पनि संक्रमण देखिन थालेको छ । खोटाङमा -यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी)मार्फत कोरोना...

नेपाल इन्फ्रास्ट्रक्चर बैंकद्वारा बाल संगठनलाई सहयोग

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले कारोबार शुभारम्भ गरेको एक वर्ष पूरा गरेको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल बाल संगठन (बाल मन्दिर) लाई १...

एनआरएनएद्वारा १ लाख ७० हजारभन्दा बढीलाई राहत वितरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सन् २०१९ को डिसेम्बरबाट विश्वभर फैलिरहेको कोभिड–१९को महामारीपछि भएका उद्धार र राहतको विवरण सार्वजनिक गरेको छ ।...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)