Friday, April 23, 2021
Home Breaking News सस्तो मुल्यमा अमेरिकी डलर साटिदिन्छु भन्दै ठगी गर्ने गिरोह पक्राउ

सस्तो मुल्यमा अमेरिकी डलर साटिदिन्छु भन्दै ठगी गर्ने गिरोह पक्राउ

,

काभ्रेपलाञ्चोक । सस्तो मुल्यमा अमेरिकी डलर साटिदिन्छु भन्दै ठगी गर्ने ४ गिरोहीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले सोमबार पक्राउ गरी सर्वाजनिक गरेको हो ।

नुवाकोटका दुप्चेश्वर गाँउपालिका वडा नं. ०२ स्थित कुटुमसाङका पेन्जोम शेर्पालाई अपरिचित व्यक्तिले फोन सम्पर्क गरेर आफूहरुसँग १७ हजार अमेरिकी डलर भएको भनि विभिन्न किसिमको प्रलोभन देखाई सस्तो मूल्यमा साटी दिन्छु भन्दै ठगी गरेका ४ जनालाई जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेको कार्यालयका सूचना अधिकारी कुमार विक्रम थापाले जानकारी दिए ।

उनका अनुसार उनीहरुले शेर्पालाई नुवाकोटबाट गत साउन १२ गते जिल्लाको पाँचखाल नगरपालिकाको वडा नं ४ स्थित लामीडाँडा बोलाई १० लाख रुपैँयाको रुमालको पोको दिएर बाँकी पैसा पछि दिने भन्दै फरार भएका थिए । उनीहरुले शेर्पालाई रुमालको पोको तत्काल नखोल्नु भन्दै, ‘अरु कसैले देख्यो वा प्रहरीले थाहा पाएमा अप्ठ्यारो पर्ने’ बताउँदै अल्मलाई फरार भएको प्रहरीको जानकारी छ । उक्त डलरको रुमाल खोलेर हेर्दा सो रुमाल भित्र काटिएको कागजको बिटा मात्र रहेको भन्ने व्यहोराको निवेदन प्राप्त कार्यालयले बताएको छ ।

उक्त घट्नाको निवेदनको आधारमा पिडितसंगको समन्वयमा प्रहरीले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नं. ५ का ३८ वर्षीय श्रीखण्ड तामाङलाई असोज १८ गते बनेपा न.पा. वडा नं. ०८ बाट पक्राउ गरेको थियो । त्यस्तै सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं. ५ घर भइ हाल काठमाण्डौको बुढानिलकण्ठ नगरपालिका वडा नं. २ मा डेरा गरी बस्दै आएका हर्क तामाङलाई पनि असोज १८ गते उनकै डेराबाट पक्राउ गरेको थियो ।

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं. ५ बस्ने ४७ वर्षीय चैते भनिने बुद्धि बहादुर तामाङ र ६० वर्षीय गोविन्द तामाङलाई असोज १९ गते सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी न.पा.१० स्थित साँगाचोकबाट प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका चारै जना गिरोहीलाई ‘मुलुकी अपराध संहिता, २०७४’ को ठगी सम्बन्धी कसुरमा जिल्ला अदालतमा पेश गरिएको र घटना बारेमा थप अनुसन्धान कार्य भईरहेको कार्यालयको जानकारी छ ।

(Visited 164 times, 1 visits today)
Loading comments...

आजको समाचार

भारतमा कोरोना : अहिलेसम्मकै धेरै, एकै दिन ३ लाख ३२ हजार सङ्क्रमित

एजेन्सी । भारतमा कोरोना भाइरसको संक्रमण झनै तीब्र बनेको देखिएको छ । यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएका समाचारहरुमा यो संक्रमणका कारण यहाँ मृत्यु हुने...

वास्तविक राष्ट्रसेवक कहिले पाइएला ?

कुनै पनि देशको राजनीतिक नेतृत्व तथा सरकारलाई सफल तथा असफल बनाउने प्रमुख भूमिका नै राष्ट्रसेवकका रूपमा रहेका कर्मचारीतन्त्रमा निर्भर रहन्छ । त्यसैले पनि कर्मचारीतन्त्रलाई...

कस्तुपको सिलौटोमा कुलेन्द्र, रामजी, ज्योति र प्रीति

काठमाडौं । कलेन्द्र बिक, रामजी खाँड, ज्योति मगर र प्रीति आले आफैंमा गायक गायिका हुन् । तर, यतिबेला लोकदोहोरीका यी चार हस्ती एउटा लोकदोहोरी...

नेपाली विद्यार्थीको भविष्यसित खेलबाड

उत्तरी छिमेकी चीनको विभिन्न विश्वविद्यालयमा अध्ययनरत १ सय ५० भन्दा बढी नेपाली विद्यार्थी चिनियाँ सरकारको नेपालीप्रतिको भेदभावपूर्ण एवं दुराशययुक्त नीतिका कारण अन्धकारमय जीवनको सामना...

कोइरालाको ‘न्युरोडका झाँकी’ विमोचित

काठमाडौं । साहित्यकार एवं पत्रकार तुलसीहरि कोइरालाले कथासंग्रह ‘न्युरोडका झाँकी’ बजारमा ल्याएका छन् । उनको यो कृतिको वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीले आफ्नै निवासमा भएका...

साताका लोकप्रिय समाचार

अदालतका फैसला कार्यान्वयन गर

अदालतले गरेका हजारौं फैसला कार्यान्वयन हुन सकिरहेका छैनन् । अदालतले फैसला गर्दै जाने तर त्यसको कार्यान्वयन सशक्त रूपमा हुन नसक्ने प्रवृत्ति बढेर गएको छ,...

कोरोनाको नयाँ भेरियन्ट: एकै दिन हजार बढी संक्रमित

काठमाडौं । केही दिनयता नेपालमा कोरोनाको नयाँ भेरियन्ट समुदायस्तरमै फैलिएपछि यसबाट प्रभावितको संख्या दिनानुदिन हवात्तै बढ्न थालेको छ । कोरोना भाइरस संक्रमित हुनेको संख्या आइतबार...

भारतमा कोभिड –१९ बाट २४ घण्टामा दुई हजार भन्दा बढीको मृत्यु

नयाँदिल्ली । भारतमा बुधबार एकै दिनमा कोभिड–१९ को कारण दुई हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यसै अवधीमा भारतमा एकै दिनमा करिब ३...

वैदेशिक लगानीमा ८ दशमलव ८ प्रतिशत कमी

काठमाडौं । आर्थिक वर्ष २०७५÷७६ अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानी ८ दशमलव ८ प्रतिशतले कमी आएको छ । यस आर्थिक वर्षमा वैदेशिक लगानी १...

१० वर्ष उमेर समूहसम्मका ६ हजार ४ सय ९४ मा कोरोना संक्रमण

केही दिनयता कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित बालबालिका बनेका छन् । यस्तो अवस्थामा समेत विद्यालय बन्द गर्ने ठोस निर्णयमा सरकार पुग्न सकिरहेको छैन...

ट्रेन्डिङ

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज सोमबार बस्दैछ । पार्टी कार्यालय सानेपा ललितपुरमा दिउँसो बस्ने बैठकमा प्रतिनिधिसभा विघटनपछिको राजनीतिक परिस्थितिका विषयमा छलफल...

प्रधानमन्त्रीज्यु कोभिडले थलिएको अर्थतन्त्रले ५० अर्बको निर्वाचन कसरी धान्छ ?

तेह्रथुम । नेकपा दाहाल नेपाल समुहका स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले कोभिड–१९ महामारीले थिलथिलो भएको मुलुकको अर्ततन्त्रले मध्यावधि निर्वाचन धान्न नसक्ने बताएका छन्...

हत्यागरी फालिएको अवस्थामा किशोरको शब फेला

सप्तरी, राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित सप्तकोशी किनारमा हत्या गरी फालिएको अवस्थामा एक किशोरको शव फेला परेको छ । जिल्लाको...

आज विहान यो वर्षकै बढी जाडो

We woke reasonably la काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज विहान यो वर्षकै कम मापन भएको छ । न्यूनतम तापक्रम ५ डिग्रीसम्म मापन भएको...

डोटी मिनीट्रक दुर्घटना, ४ जना गम्भीर घाइते

डोटी । जिल्लाको पूर्वी क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिका–६ सुनगडामा बा२क २७३९ नंको मिनीट्रक दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन् । जिल्ला...

कर्मचारीमा पनि कोरोना, सेवाग्राहीमा पनि सन्त्रास

सप्तरी, राजविराज । भारतबाट घर फर्केका एक कर्मचारीमा कोरोना संत्रमण पुष्टी भएको छ । यहाँ स्थित गजेन्द्र नारायण सिह अस्पतालमा गरिएको पिसिआर परिक्षणको विहीवार...

लोकसेवालाई बदनाम हुनबाट जोगाऊ

स्थापना कालदेखि सबैभन्दा निष्पक्ष निकायको पहिचान बनाउँदै आएको लोकसेवा आयोग पछिल्ला दिनमा विवादित र अमर्यादित बन्न पुगेको छ । आयोगको जिम्मेवार ओहदामा रहेका कर्मचारी र...

कोरोना अस्पतालमा मृत्यु भएका यादवको नतिजा नेगेटिभ

चितवन । चितवनको भरतपुरस्थित कोरोना विशेष (अस्थायी) अस्पतालमा मङ्गलबार मृत्यु भएका सन्तोष यादवमा कोरोना भाइरसको सङ्क्रमण नभएको पाइएको छ । उनको...

काठमाडौं उपत्यकामा थप १६८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं‌ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा मात्रै १३९, ललितपुरमा १५...

दाङमा अटो पल्टिँदा ३ जना घाइते

तुलसीपुर । पश्चिम दाङमा अटो पल्टिँदा ३ जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर –८ दुधेना निबासी १७ बर्षका डम्बर सेन, बबई गाउँपालिका–४...

इलामको माइखोलामा सुमनको बेवारिसे शव

इलामको माइखोलामा शुक्रबार विहान फेला परेको वेवारिसे शवको सनाखत भएको छ । इलाम नगरपालिका ८ स्थित माईखोलामा फेला परेको सो बेवारिसे शव ईलाम नगरपालिका...

पार्टीभित्रको विवाद ‘लिक’ बाहिर जाने खतरा देखियो : महासचिव पौडेल

बुटवल । नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले पार्टीभित्रको अन्तरिक विवाद ‘लिक’ बाहिर जाने खतरा देखिएको बताएका छन् । पार्टीमा एकाएक अन्यासमै समस्या प्रकट...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)