सक्रिय उमेर समूहलाई कोरोना संक्रमण अत्यधिक

काठमाडौं । सबैभन्दा बढी २१ देखि ३० वर्ष उमेर समूहकालाई कोराना संक्रमण पुष्टि भएको देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ देखि ३० वर्ष उमेर समूहका २८ हजार २ सय ४७ र ३१ देखि ४० वर्ष उमेर समूहका २३ हजार ५ सय २५ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै, ४१ देखि ५० वर्ष उमेर समूहका १२ हजार ९ सय ८८ जनामा संक्रमण पुष्टि भएको छ । ५१ देखि ६० वर्ष उमेर समूहका ७ हजार ३ सय ९१, ११ देखि २० वर्ष उमेर समूहका ७ हजार ६ सय २० जनामा संक्रमण देखिएको छ ।
१० वर्ष उमेर समूहका २ हजार ९ सय ४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ६१ देखि ७० वर्ष उमेर समूहका ३ हजार ६ सय ३ र ७१ देखि ८० वर्षसम्मका १ हजार ७ सय १२ र ८० वर्ष उमेर समूहमाथिका ६ सय १४ जनामा संक्रमण देखिएको छ ।

देशभर सोमबार २ हजार ४ सय ४० जना कोरोना संक्रमित पुष्टि भएका छन् । योसँगै कुल संक्रमित संख्या ८९ हजार २ सय ६३ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार १ सय ३३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या ६५ हजार २ सय २ पुगेको छ ।

देशभर २३ हजार ५ सय ७ सक्रिय संक्रमित छन् । सोमबार काठमाडौं उपत्यकामा १ हजार ५ सय ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

उपत्यकामा कोराना संक्रमित संख्या ३१ हजार ४८ पुगेको छ । काठमाडौंमा २५ हजार २ सय २४, ललितपुरमा ३ हजार २ सय ३३ र भक्तपुरमा २ हजार ५ सय ९१ संक्रमित पुगेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ सय ८७ संक्रमित विभिन्न अस्पतालको आईसीयु र भेन्टिलेटरमा उपचाररत छन् । मन्त्रालयको तथ्यांकअनुसार ४३ जना भेन्टिलेटर र २ सय ४४ जना संक्रमित आईसीयुमा उपचाररत छन् ।
आईसीयुमा रहेका संक्रमित संख्या सबैभन्दा बढी बाग्मती प्रदेशमा १ सय २४ जना आईसीयु र ३१ जना भेन्टिलेटर, प्रदेश ५ मा ४७ आईसीयु र ६ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३० जना आईसीयु र ४ जना भेन्टिलेटरमा र प्रदेश २ मा १७ आईसीयु र २ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै, सुदूरपश्चिममा ४ जना आईसीयु, गण्डकी प्रदेशमा ६ र कर्णाली प्रदेशमा १६ आईसीयुमा उपचाररत छन् ।

तपाइको प्रतिक्रिया
(Visited 359 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बराहपोखरी गाउँपालिकामा गठबन्धनबाट उठेका कांग्रेसका बञ्जरा बिजयी