यिनलाई चिन्नुभयो ? उही क्या त, प्रत्येक सोमबार राति दस बजेपछि रेडियो नेपालमा पोटिला मुक्तक लिएर गुञ्जन छन् नि ! हो अब भने ठ्याक्कै ठम्याउनुभयो । उनै रमेश पौडेल त हो नि !
यिनको मुखारवृन्दबाट रस्तीबस्तीका चोटिला–पोटिला मुक्तक सुन्न लालायित कानहरू सोमबारको रात कहिल्यै छुटाउन चाहँदैनन् । यिनै मुक्तकिला मनहरूको सारथि पौडेल रेडियो नेपालको ‘बिम्वप्रतिबिम्व’मार्फत ‘मुक्तक अभियन्ता’का रूपमा कहलिएका छन् ।
त्यसो त, पौडेल राम्रा गीतकार तथा कवि हुन् नै, मुक्तक झनै कलंकारै बनेको छ । ‘काम नयाँ गनुपर्छ, विश्राम कहिल्यै लिनुहुन्न,’ उनी भनिरहन्छन्, ‘यहीक्रममा मुक्तक क्षेत्रमा केही नया“ गर्ने कोशिश गरेको छु ।’
सांगीतिक फाँटमा पनि उत्तिकै योगदान पु-याएका गीतकार पौडेल पछिल्लो समय मुक्तक फाँट फराकिलो र अझ परिस्कृत बनाउने अभियानमा निरन्तर लागिपरेका छन् । पुराना वा नयाँ छिमलका श्रष्टा नै किन नहुन् ? सबैको पहिलो रोजाईमा पर्ने गरेका छन्, पौडेल ।
रेडियो नेपालको समाचार कक्षमा रमाइरहँदा साहित्यिक क्षेत्रमा मुक्तकको सम्भावना प्रबल महसुस भएपछि उनी त्यतै हान्निए । मुक्तक’bout खोज–अध्ययन थाले, जसको परिणाम आज सबैसामु छताछुल्ल छ ।
रस्तीबस्तीबाट मात्रै हैन, सात समुन्द्रपारिबाट समेत मुक्तकिला मनहरू उनको सामिप्यतामा सिर्जना पस्कन आतुर लाग्छन् । ‘यो मेरो लागि अहो भाग्य हो, देशभित्रबाट मात्र नभएर बाहिरसमेत मुक्तकिला मनको साथ पाइरहेको छु,’ पौडेल भन्छन्, ‘यही कारण हो नि अझै केही नयाँ गर्ने सोच पलाएको छ ।’
आफैंले टेकेको माटो
पनि आफ्नो भएन
आफैंले हि“डेको बाटो
पनि आफ्नो भएन
आफ्नो भन्नु त
सब भ्रममात्रै रै’छ
आफ्नै मुटुको पाटो
पनि आफ्नो भएन ।
चोटिला–पोटिला मुक्तक लेख्न उत्तिकै सिपालु पौडेलको बाचनकला अझ श्रृतिगम्य लाग्छ । मिठो आवाजमा मुक्तक पस्कन माहिर उनले भर्खरै ‘एचडी पुस्तक’ अवधारणा सार्वजनिकमात्रै गरेनन्, पुराना र नया“ पुस्ता जोड्ने प्रयन्त पनि गरेका छन् ।
कृति त लेखिन्छन् तर मुद्रण गर्न सक्षम केहीमात्र हुन्छन् । तिनै समस्या र बाध्यता मध्यनजर गर्दै पौडेलले ‘एचडी पुस्तक’को अवधारणा ल्याएका हुन् ।
रेडियो नेपालको समाचार कक्षमा रमाइरहँदा साहित्यिक क्षेत्रमा मुक्तकको सम्भावना प्रबल महसुस भएपछि उनी त्यतै हान्निए । मुक्तक’bout खोज–अध्ययन थाले, जसको परिणाम आज सबैसामु छताछुल्ल छ । ‘नेपाली मुक्तक समयसापेक्ष भएकाले पनि समुद्रपारिसमेत व्यापकता लियो,’ पौडेलको अनुभव भन्छ, ‘लेख्छु भनेर कनीकनी लेखेको विषयले अरुलाई छुँदै छुँदैन ।’
उसो त, अडियो तथा इबुकपछि प्रकाशनमा आएका कृति’bout उनले सोधखोजै गरे । तर, सोचेजस्तो परिणाम हात परेनन् । ‘किताब नभेटेपछि एचडी पुस्तकको परिकल्पना गरेको’ पौडेल सुनाउन भुल्दैनन् ।
पहिलो ‘एचडी पुस्तक’मा भूपि शेरचन, हरिभक्त कटुवाल, भीमदर्शन रोका, टेकबहादुर नवीन, कृष्णप्रसाद पराजुली र रत्नसमशेर थापाका चोटिला, पोटिला र बान्किला मुक्तक समेटिएका छन् । आवरण क्रियसनको यूटुब च्यानलबाट किताब विश्वव्यापीकरण गरिएको पौडेलले जानकारी दिएका छन् ।






