Monday, July 26, 2021
Homeसमाज७० जना पत्रकारहरुलाई इन्जाको लेखनवृत्ति

७० जना पत्रकारहरुलाई इन्जाको लेखनवृत्ति

,
sharethis

काठमाडौं । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय संजाल इन्जाले पहिलो चरणको कार्यक्रम अन्तर्गत कोभिड १९ बाट प्रभावित ७० जना पत्रकारहरुलाई सहयोग स्वरुप लेखनबृत्ति प्रदान गर्ने भएको छ ।

बिभिन्न देशमा छरिएर रहेका नेपाली पत्रकारहरुको संस्था इन्जाले नेपालमा कार्यरत पत्रकारहरुको श्रीबृद्धिकालागि बिभिन्न काम गर्दै आएको इन्जाले कोरोनाको बहनामा जागीरबाट निकालिएका, बेतलबी बिदामा बस्न बाध्य पारिएका , काम गरेर पनि तलब नपाएका , पत्रकारिता क्षेत्रमै रहेका तर हाल कुनै पनि पेशामा नरहेका पत्रकारहरुलाई लेखनबृद्धि प्रदान गर्ने निर्णय गरेको हो ।

इन्जाको वेभसाइड, सामाजिक संजाल र अन्य माध्यम मार्फत लेखन बृद्धिका लागि फर्म भर्न गत महिना आह्वान गरिएको थियो । सो आह्वान अनुसार प्राप्त नामावलीहरुबाट इन्जा एशियाको प्रस्ताबमा इन्जा ग्लोबल बैठकले स्वीकृति गरेपछि प्रक्रिया अगाडि बढाइएको हो ।

इन्जा एशियाका अध्यक्ष एवं ग्लोबल उपाध्यक्ष बरिष्ठ पत्रकार टंक पन्तको अध्यक्षतामा बसेको सल्लाहकार सहितको बैठकले लेखनबृद्धि प्राप्त गर्नुहुने पत्रकारहरुले एक हप्ता भित्र फिचर आर्टिकल तयार गरिसक्नुपर्ने निर्णय गरेको छ ।

नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सन्जाल (इन्जा)ले गो फन्ड मार्फत रकम संकलन गरेको परियोजनाको संचालन मानब अधिकार संचार प्रतिष्ठान इह्रिकनसंग सहकार्यमा भएको छ ।

मुलुकको अहिलेको परिस्थितिलाई मध्यनजर राखी अािर्थक क्षेत्रमा परेको प्रभाब , सामाजिक न्याय , लैगिक हिंसा , प्रेस स्वतन्त्रतामा परेको असर , स्वास्थ्य , शिक्षा लगायतका बिषयमा २ वटा फिचर आर्टिकल लेख्नु पर्ने छ । फिचर न्यूज अर्थात फिचर आर्टिकल ८ सय देखि १ हजार शब्द हुनुपर्ने छ । रेडियो र टेलिभिजनका लागि भने एक वटा बाइट सहितको फिचर आबश्यक पर्ने छ ।

फोलोशीप पाउने पत्रकारहरुको नामावली यस प्रकार रहेको छ :

टपेन्द्र कार्की, यदुप्रसाद भट्ट, बिमल योगी, पुकार तिमिल्सिना, शारदा गैरे, फणी महत , प्रभा पन्थी, शिबप्रसाद उप्रेती, नकुल अर्याल, खिला कार्की, मधुसूदन भट्टराई, लक्ष्मण पौडेल, महेश दास, गोबिन्द महतो,मनोज माझी, दीपक बुढा रहेका छन् । त्यस्तै मैत्या घर्ती,कमल पौडेल, जगतमान लामा, इन्द्रसरा खड्का, नरजन तामाङ, मेनुका ढुंगाना, प्रवाशकुमार लामा, लोकेश्वरी कुंवर, मिक्सङ तामाङ, राम बिकास चौधरी, अजितकुमार झा रहेका छन् ।

केशव अधिकारी, झबिन्द्र अधिकारी, अनिल यादब, प्रकाश बन , दीपक खरेल , डम्वरराज गिरी , मन्दिरा थापा, चिरन्जीवी मास्के, रीता श्रेष्ठ , बसन्ती आचार्य (छाया पन्थ) , अम्बिका खडका , कमला तिवारी , सिर्जना बुढाथोकी डांगी,मन्दिरा अधिकारीले पाएका छन् । कृष्ण अधिकारी, टीएन घिमिरे, केशवराज चन्द, जयराज अवस्थी, प्रनिसा अधिकारी, बलबहादुर महरा, दुर्गाप्रसाद शर्मा, अनिस बिष्ट, कुमार श्रेष्ठ, रमा पन्थी , सुनिता खनाल , सन्तोष आचार्य , स्मृति ढकाल , राजाराम गौतम रहेका छन् । उषा तामाङ, नेहा झा , नरजंग तामाङ राजु सिखडा , चुम्मन बस्नेत, रोकेश नेपाली, शुष्मा त्रिखत्री, इश्वर थापा, सन्तोष पुर्कुटी,भगिरथ भण्डारी,मिलन के राउत,मनिष दुवाडी,सरिता श्रेष्ठ, बिन्दु शर्मा र सन्दिप विक रहेका छन् ।

(Visited 215 times, 1 visits today)
Loading comments...

आजको समाचार

को हुन नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीेले श्रेष्ठलाई आइतबार राज्यमन्त्रीमा नियुक्त गरेकी...

चुस्त र प्रभावकारी मन्त्रिमण्डलको खाँचो

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेसँगै मन्त्री माग्नेहरूको थेगिनसक्नु भीड लागिरहेको छ । आफैंमा उदार स्वभावका प्रम देउवा र विभिन्न पार्टीहरूको जोडबलमा बनेको...

वर्तमान राजनीतिक अस्थिरताको जवाफदेहिता

प्रारम्भ नेपालको राजनीति अत्यन्त असहज बन्दै गयो ।संक्रमणबाट देशले मुक्तिपाउने अवस्था देखिँदैन । २०४६ सालपश्चात् सरदर एक वर्षमा एउटा सरकार बन्दैगएको छ । जनताको मतको...

निगमलाई निजीकरण नगर्न अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमलाई तत्काल निजीकरण नगर्न अल्पकालीन आदेश जारी गरेको छ । नेपालका लागि नेपाली पार्टीकातर्फबाट आतिस कार्कीले दायर गरेको...

कमजोर नबनून् राजनीतिक दलहरू !

नेपालको संविधान २०७२ को प्रस्तावनामामुलुकले ‘जनताको प्रतिष्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली’अँगाल्ने कुरा उल्लेख गरिएको छ । बहुदलीय प्रतिष्पर्धात्मक राज्य व्यवस्थामा आवधिक निर्वाचनको महŒवपूर्ण भूमिका...

साताका लोकप्रिय समाचार

प्रशासनिक भवन निर्माण गर्दै स्थानीय तह

बागलुङ । बागलुङका अधिकांश स्थानीय तहले आफ्नो प्रशासनिक भवन निर्माण गर्न थालेका छन् । चार बर्षसम्म भाडाको घरबाट कार्यालय सञ्चालन गर्दै आएका स्थानीय तहले...

स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त

  काठमाडाैं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफूसँगै रहने गरी आइतबार श्रेष्ठलाई...

काठमाडौं –दिल्ली अब सातामा उडान

काठमाडौं । भारतको नयाँ दिल्लीमा अब काठमाडौंबाट सातामा कुल ६ उडान हुने भएको छ । अहिले भारतको नयाँ दिल्लीमा साताको दुईवटा मात्र उडान भइरहेको...

कोरोना खोपको उपलब्धतामा राजनीति

  प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा विश्वासको मत माग्दा पहिलो, दास्रो र तेस्रो प्राथमिकता नै खोप भएको र साउन ४ गते जोन्सन खोपको शुभारम्भमा खोप केन्द्रहरूको...

ट्रेन्डिङ

एमाले स्थायी समिति बैठक बस्दै, थप १२ नेतामाथि कारबाहीको तयारी

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक अहिले विहान १० बजे बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको सो बैठकले यसअघि स्पष्टीकरण...

राजनीति, कोरोना र लकडाउन

देश यतिबेला राजनीति र कोरोना दुवैतिरबाट आक्रान्त छ । खासगरी सत्तारूढ दल नेकपाभित्र देखिएको किचलो र सरकारको नेतृत्वका लागि भइरहेको हानाथापले राजनीति अनपेक्षित गोरेटोेतर्फ...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)