काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त तीन मन्त्रीले नेपालको संविधानको धारा ८० बमोजिम पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति भवन, शीतल निवासमा बिहीबार आयोजित विशेष समारोहमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठले शपथ लिएका हुन् ।
उनीहरु प्रधानमन्त्रीको सिफारिशमा बुधबार मन्त्रीमा नियुक्त भएका हुन् । सो अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख तथा मन्त्रिगणलगायतको उपस्थिति थियो ।

तपाइको प्रतिक्रिया
(Visited 231 times, 1 visits today)






