Saturday, October 31, 2020
Home बिचार गरिबी एक बहुआयामिक समस्या

गरिबी एक बहुआयामिक समस्या

(सन्दर्भ : गरिबी निवारण अन्तर्राष्ट्रिय दिवस)

यस शताब्दीका महान राजनेता नेल्सन मन्डेलाले एक प्रसंगमा भनेका थिए ‘गरिबी प्राकृतिक नभै दासता र रंगभेदजस्तै मानव व्यवहारको उपज हो र मानवीय प्रयत्नबाटै यसलाई हटाउन र घटाउन सकिन्छ ।’ सबै विचार र दर्शन बोक्ने सरकारको साझा एजेन्डा गरिबी निवारण हो र गरिबीविरुद्धको अभियानमा लगातार संघर्षमा छन् तर विडम्बना अझै पनि विश्वमा ७० करोडभन्दा बढी मानिस न्यूनतम आवश्यकताको सामथ्र्य बाहिर अति गरिबीमा छन् । २०११ को १.९० डलर प्रतिदिन आय मापदण्डअनुसार हाल ७३ करोड ४० लागि मानिस गरिबीमा छन् । एक तिहाइ सहरी बासिन्दा अस्वस्थ्य र असुरक्षित घरमा बसोबास गर्छन्, ६० करोडजति विद्यालय उमेरका बालबालिका विद्यालय बाहिर छन्, जन्मने हजारमध्ये ३९ बालबालिका आफ्नो पाँचांै जन्मदिन देख्न पाउँदैनन् । कोभिड–१९ ले ल्याएको संकट, मूल्य वृद्धि, बेरोजगारी, विप्रेषण कटौती, सामाजिक सेवाको अवरुद्धले २०२० मा गरिबीको संख्या बढ्ने आँकलन गरिएको छ । विविध स्वरूपमा वञ्चिती र विपन्नता देखिँदै छ । यसले समग्र विकास, समृद्धि र मानव सभ्यतालाई गिज्याइरहेको भान हुन्छ ।

कोफी अन्नानले भनेझंै अति गरिबी जहाँको भए पनि मानव सुरक्षालाई सिधै चुनौती दिन्छ । यही भावनालाई केन्द्रस्थमा राखेर अघिल्लो शताब्दीको अन्ततिरबाट गरिबी, विपन्नता र वञ्चितीविरुद्धको विश्वव्यापी आन्दोलन सुरु भयो । मानवतावादी अभियान्ता, विकासकर्मी र अर्थशास्त्रीहरू गरिबीविरुद्ध एकजुट भए, सरकारहरू गरिबी घटाउन र न्याय काम गर्न नीति कार्यक्रममा लागे । सहस्राब्दी सुरु हुनुअघि नै सहस्राब्दीको पहिलो १५ वर्षभित्र विश्वलाई स्वस्थ्य, शिक्षित र गरिबीमुक्त बनाउने विश्व विकासको मार्गचित्रमा सहमति गरियो । गरिबीविरुद्ध धनी तथा गरिब देशहरू सहकार्य गर्न प्रतिबद्ध भए । तर, गरिबीविरुद्धको आन्दोलन निकै फितलो र औपचारिक देखियो । परिणामतः २१आंै शताब्दीको दोस्रो दशक बितिसक्दा पनि गरिबी निर्मूल मात्र नभएको होइन कि भिन्न स्वरूप र घनत्वमा गरिबीको आयतन बढ्दै गएको छ । यसले नीति निर्माता, विकासविद्, कार्यक्रम कार्यान्वयनकर्ता, सरकार र सरकारबाहिरका पात्रहरूलाई सिधै चुनौती दिएको छ ।

गरिबीविरुद्धको लडाइँका लागि गरिबीका सबै आयामलाई चिन्न र यसअघि यसविरुद्ध लिइएका रणनीतिको चिरफार गर्नु आवश्यक हुन आउँछ । अघिल्लो दशकसम्म गरिबीलाई सीमित अर्थ र एकल आयामबाट हेरिन्थ्यो । तर, गरिबीमा जीवन बिताउनुका धेरै आयामहरू हुने गर्दछन्, जुन गरिबले नै अनुभूत गर्न सक्छ । जस्तो कि सुविधाहीन आवास, जोखिमपूर्ण काम, अपर्याप्त खाना, न्यायमाथि कमजोर पहुँचका कारण शोषण र अत्याचारको सहनशीलता, शिक्षा, स्वास्थ्य उपचारजस्ता आधारभूत सामाजिक सेवामा कमजोर पहँुच र राजनीतिक प्रक्रियामा सीमान्तीकरण । यी आयामहरू एकल नभई अन्तरसम्बन्धित छन्, एकले अर्को आयामलाई बेस्सरी प्रभाव पारिरहेका हुन्छन् । जस्तो कि गरिबी, भोकमरी र हिंसा यसरी आबद्धित हुन्छन् कि यसको पीडादायी निष्कर्षले जीवनको अर्थ र महत्तालाई गिज्याउन पुग्छ । झट्ट हेर्दा गरिबी आर्थिक समस्या हो तर आर्थिकभन्दा धेरै गहिरा कारण, प्रभाव र परिणाम पनि यसभित्र छिपेका हुन्छन् ।

व्यक्ति किन गरिब हुन्छ भन्ने प्रश्नको उत्तर मूलतः आर्थिक, सामाजिक र राजनीतिक आयामबाट खोज्नुपर्ने हुन्छ । अर्थशास्त्री जेफ्री साच सहमत हुँदा गरिबका कथाहरू अरूले लेखिदिएकाले गरिब गरिबीको अवस्थाबाट उठ्न सक्दनैन््, केवल आरोपित हुन्छन् । आप्mना कथा आफंै लेख्ने, आप्mना व्यथा उपचारका लागि आफंैलाई उपयोग गर्ने प्रणाली नभएसम्म गरिबी निवारण अर्थपरक एवं दिगो हँुदैन । गरिबका अर्थशास्त्री मानिएका अमत्र्यसेनले पनि गरिबको गरिबी घटाउने प्रमुख पात्र स्वयं सुरु गरिब हो र गरिबको क्षमता विकासमार्फत नै गरिबीविरुद्ध दिगो समाधान खोज्न सकिने निष्कर्ष निकालेका छन् । अभिजित बनर्जी तथा डुल्फोको निष्कर्ष पनि त्यस्तै छ । अनुसन्धान, सिद्धान्त र विचारहरूबाट साझा निष्कर्ष निकाल्न पारिस्थितक रूपमा पनि सम्भव हुँदैनन् तर यसले एउटा अवधारणागत सजगता भने दिन्छ । जस्तो कि गरिबीको दुस्चक्र हुन्छ, त्यसलाई नतोडेसम्म गरिबी हटाउन सकिँदैन । गरिबको आम्दानी थोरै हुन्छ (वा आम्दानी नै हँुदैन) ।

तीन दशक अघिदेखि गरिबलाई एजेन्डा मात्र बनाइएकाले गरिबीलाई सदाका लागि बिदा गर्ने अभियानलाई बिदा गर्न सकिएको छैन

कम आम्दानी भएकाले कमाएको अधिकांश रकम छाक टार्न नै खर्चिन्छन्, शिक्षा स्वास्थ्य उपचारमा लगानी हुँदैन, घरको भौतिक अवस्था कमजोर हुन्छ, परिवारको आकार ठूलो हुन्छ, जसले झनै गरिबी थप्छ । आफ्नो जग्गा हँुदैन, भए पनि सारै थोरै हुन्छ । अरूबाट केही पाउँदा खुसी हुन्छ । यी सबै कारणले पुस्तेनी गरिब व्यक्ति ठूलो आकांक्षाको सपना देख्न सक्दैनन्, र पुनः गरिबीको दुस्चक्रमा जाकिन बाध्य हुन्छन् । यो गरिबीको दुस्चक्र घुमिरहन्छ र जीवनप्रति निराशा र कुण्ठा जाग्ने सम्भावना रहन्छ । त्यसैले गरिबीको दुस्चक्र तोड्न आक्रामक कार्यक्रमिक र नीतिगत अहस्तक्षेप आवश्यक हुन्छ । एकपटक दुस्चक्र तोडिसकेपछि स्वाभाविक रूपमा व्यक्ति अर्थपूर्ण सामाजिक–आर्थिक क्रियाकलापमा स्वचालित भई समृद्धिको मार्ग तय गर्छन् ।

अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसका दिनमा खास विषय केन्द्रित नारा राखी अन्तर्राष्ट्रिय रूपमा नै ध्यान त्यसैतर्फ केन्द्रीत गर्ने प्रचलन छ । यस वर्ष सामाजिक र वातावरणीय न्याय प्राप्तिका लागि सहकार्यलाई जोड दिइएको छ । कोरोना महाव्याधिले विश्वलाई त्राहीमाम अनि स्तब्ध पारेको यस अवस्थामा न्यायको धेरै फराकिलो अर्थ रहेको छ । आर्थिक–सामाजिक गतिविधि ठप्प भएकाले खाना तथा न्यूनतम आधारभूत सेवाका लागि अतिरिक्त मूल्य चुकाउनुपर्ने समस्या छ । रोजगारी गुमेको छ, डिजिटल सूचनाले परिवारलाई र समाजको सम्बन्ध टुटाउँदै लगेको छ । बालबालिकाको शैक्षिक सत्र गुम्ने खतरा छ । आपूर्ति शृंखला टुटेकाले विपन्नहरू झनै विपन्नतामा धकेलिँदै छन् । सामाजिक तनाव र हिंसा, मानसिक समस्या र मनोदशाले जीवनप्रति निराशा जाग्दै छ । दैनिक रूपमा गरिबीमा झर्ने संख्या बढ्दै गएको छ । त्यसैले कारोना महामारी सवैका लागि चुनौती त हँुदै हो, गरिबका लागि झनै महाव्याधि भएको छ ।

गरिबी हटाउने अभियान चुनौतीपूर्ण छ । चुनौतीपूर्ण छ भनेर चुपलाग्ने विकल्प र छुट छैन न एकअर्काप्रति, वर्तमानले विगतप्रति आरोप लगाएर बस्ने अवस्था नै छ । गरिबी घटाउने-हटाउने दायित्व मूलतः सरकारको हो । गरिबी हटाउने कुरा मूलतः शासकीय प्रणालीसँग सम्बद्ध छ । राज्य नै बृहत् उद्देश्यसहितको नागरिक संस्था भएकाले हरेक नागरिक समस्या समाधान उसको पहिलो र अन्तिम जिम्मेवारी हो । त्यसलै नीति कार्यक्रमले गरिबीलाई सम्बोधन गर्नु त छँदै छ, गरिबका लागि निर्माण भएका नीति कार्यक्रम कार्यान्वयन गर्दा गरिबका भावना क्रियाशील बनाउन, भावनात्मक रूपमा आफैं परिचालित गराउन कार्यक्रम पहिचानका समयदेखि नै स्वयं गरिबलाई परिचालित गरिनुपर्दछ । ता कि उसको सम्भावना र क्षमता उसैका लागि उपयोग हुन सकोस् ।

गरिबसँग भएको एकमात्र साधन श्रमलाई उपयोग गर्ने वातावरण (सीप, कर्जा र उत्पादन सम्बन्ध) निर्माणबिना गरिब आफंै आफ्नो गरिबीविरुद्ध आन्दोलित हुन सक्दैन । भनिन्छ माछा होइन, बल्छी दिएर गरिबी हटाउन सकिन्छ । गरिबका नाममा काम गर्ने गैरसरकारी÷सामुदायिक पात्रहरू गरिबसम्म पुग्नुपर्छ । तालिम, गोष्ठी, भ्रमण, प्रतिवेदनजस्ता नरम प्रकृतिका काममा रमाउने, गरेको जस्तो देखाउने होइन, कार्यक्रममा नै पुग्नुपर्छ । स्रोत प्राप्ति, विनियाजन र खर्चमा नतिजामूलक जवाफदेहिता देखिनुपर्दछ । गरिबका लागि भएका कार्यक्रमको सामाजिक विवेचना पनि स्वयं गरिबबाटै हुनुपर्दछ ।

गरिबीले समग्र विकास, समृद्धि र मानव सभ्यतालाई गिज्याइरहेको भान हुन्छ

गरिबका नाममा तीन दशकअघिदेखि नै कार्यक्रम सञ्चालन हुँदै आए पनि गरिबलाई एजेन्डा मात्र बनाइएकाले गरिबीलाई सदाका लागि बिदा गर्ने अभियानलाई बिदा गर्न सकिएको छैन । त्यसैले गरिबी निवारण सामाजिक अभियान हो । यस अभियानमा के सरकार, सार्वजनिक निकाय, समुदाय, गैरसरकारी संस्था, विकास साझेदार सबै नै सामूहिक रूपमा लाग्नुपर्दछ । रणनीतिक अगुवाइ र नियमन सरकारको हो । यसो गर्नु हामी सबैको जिम्मेवारी हो । नैतिक कर्तव्य हो । किनकि गरिबी घटाउन सके मात्र समृद्धिको आधार तयार हुने हो । जनताको सामथ्र्य बढ्ने हो, लगानी र रोजागरी बढ्ने हो । त्यसपछि मात्र निजी क्षेत्रले आफ्ना सेवा वस्तु बिक्रीवितरणमार्फत नाफा बढाउने, सामुदायिक÷सहकारी÷गैरसरकारी संस्थाले सामाजिक सम्मति पाउने र शासकीय व्यवस्थाले वैधता पाउने हो । त्यसैले गरिबी निवारण धर्मयुद्ध जस्तै कडा अनुशासनमा सबै संलग्न हुनपर्ने महाअभियान हो । समृद्धिको पृष्ठभूमि निर्माण र समृद्धिको समन्यायिक वितरण यसै अभियानबाट पाउन सकिन्छ ।

नेपालमा विगतदेखि गरिबी निवारणका लागि लक्षित कार्यक्रम, सामाजिक परिचालन, सामाजिक सुरक्षा, मानव सीप विकास, अनुदान वितरण र नीति हस्तक्षेपका क्षेत्रमा कार्यान्वयनमा छन्, जो खासै प्रभावकारी भएनन् । गरिब पहिचान नभई गरिबका लागि कार्यक्रम सञ्चालनमा आए, कार्यक्रम तर्जुमामा प्रियता र कार्यान्वयनमा औपचारिकता देखियो । समन्वय र अनुगमन नभएकाले पनि कार्यक्रमहरू आआफ्नै सहजतामा सञ्चालन भए, सबैले गरेको दाबी गरे तर नतिजाले दाबीलाई समर्थन गरेन । २६ जिल्लामा १२ लाख २४ हजार परिवारमा गरिबी पहिचान सम्पन्न भई २३ जिल्लामा १२ लाख परिवारको पहिचान हुँदै छ । बाँकी जिल्लामा पनि छिटै सम्पन्न होला । गरिब पहिचानपछि गरिबमुखी कार्यक्रमको आधार उनीहरू केन्द्रित गर्न सकिन्छ । सबै स्वरूपको गरिबी घटाउने गरी दिगो विकास लक्ष्यको लक्ष्य नम्बर १ तर्जुमा भएको छ र समयबद्ध क्रियाकलाप सञ्चालन गर्ने नतिजा खाका तयार छ ।

कार्यक्रम व्यवस्थापनका लागि गरिबी निवारण नीति पनि तर्जुमा भएको छ । तीनै तहका सरकारमा कार्यक्षेत्र स्पष्ट विभाजित छ । सरकार बाहिरका संरचनाबाट हुने कार्यक्रमको समन्वय ढाँचा पनि छ । राष्ट्रिय तहमा सम्बद्ध मन्त्रालयलाई कार्यक्रम समन्वय, नीति नेतृत्व र अवस्था विश्लेषणको जिम्मेवारी छ । कोभिड–१९ ले गरिबी निवारणका कार्यक्रम अरू आक्रामक रूपमा गर्नुपर्ने दबाब थपेको छ । अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसले सबै निकाय र जिम्मेवारीका तहलाई थप जिम्मेवार हुन दबाब दिएको छ । किनकि गरिबीविरुद्ध अभिायनबाट देशहरू पर रहन सक्ने अवस्था छैन ।
(लेखक नेपाल सरकारका सचिव हुन् ।)

(Visited 915 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

बिहेबाट फर्किएका बिककाे अपरिचित व्यक्तिले खुट्टा काटिदिए

तुलसीपुर । गएराति अज्ञात समूहले खुट्टा काटिदिएपछि एक व्यक्ति गम्भिर घाईते भएका छन् । घाइते हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–११ नवलपुर निबासी ४५ बर्षका कुमार...

चैत्य, मठमन्दिर र गुम्बा निर्माण गर्दै बैत्यश्वर

दोलखा । दोलखाको बैत्यश्वर गाउँपालिकाले प्राकृतिक, धार्मिक र पुरातात्विक महत्व बोकेको ३४ स्थानको पहिचान गरी चैत्य, मठमन्दिर र गुम्बा निर्माण गरेको छ । भ्रमण...

बढी भाडा लिने सवारीसाधन कार्वाहीमा

तनहु । पृथ्वीराजमार्ग अन्तरगत चल्ने विभिन्न सवारीसाधनहरुले मनोमानी ढंगबाट यात्रुसंग चर्को भाडा लिने गरेको गुनासो आएपछी त्यस्ता सवारीसाधन माथी कार्वाही सुरू गरेकाे छ । जिल्ला...

त्यसपछि हस्तनाको घरमा दसैं आयो

दैलेख । दैलेख आठविस नगरपालिका –५ कि हस्तना विक दसैं कसरी मान्ने होला भनेर चिन्तामा थिइन् । केही दिन अगाडी ६ सन्तानकी एक्ली आमा...

इग्लिस क्लबको प्रभावशाली जीत

लन्डन । च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति सम्पन्न खेलमा इग्लिस क्लब चेल्सी र म्यानचेस्टर युनाइटेडले प्रभावशाली जीत निकालेका छन् । चेल्सीले एफके क्रास्नोडरलाई ४–० ले...

ट्रेन्डिङ

उदयपुरमा थप आठ जनामा कोरोना संक्रमण, औपचारिक पुष्टि हुन बाँकी

उदयपुर । उदयपुरमा कोरोना संक्रमितको संख्या २१ पुगेको छ । त्रियुगा नगरपालिका– ३ भुल्केस्थित जामे मस्जिदमा रहेका...

लकडाउनले लम्बिए बलिउड अभिनेताका दाह्री

मुम्बई । भारतमा कोरोना संक्रमणका कारण लकडाउनको दुई महिना पूरा हुन लाग्दै छ । जसका कारण बलिउड सिनेमा उद्योग अहिले ठप्पको अवस्थामा छ ।...

एनसेलद्वारा मासिक र साप्ताहिक विजेतालाई पुरस्कार प्रदान

काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले आफ्नो ‘रिचार्जमा चमत्कार’ योजनाअन्तर्गत बिहीबार मासिक र साप्ताहिक विजेता ग्राहकलाई नगद पुरस्कार प्रदान गरेको छ । इलामकी...

विप्लव समूहका जिल्ला सदस्य हतियारसहित पक्राउ

भोजपुर । भोजपुरमा नेत्र विक्रम चन्द (विप्लव) समूहका जिल्ला सदस्य पक्राउ परेका छन् । भोजपुरको टेम्केमैयुङ गाउँपालिका –१ तिम्मा घर भएका ३३ वर्षीय सुमित...

वसन्तपुरमा चीर ठड्याइयो, फागु पर्व शुरु

ललितपुर । यस वर्षको फागु अर्थात होली पर्व मंगलबारबाट सुरु भएको छ । मंगलबार विहान बसन्तपुरमा रंगीचंगी कपडाका टुक्राहरु झुन्डाइएको तीनतले चीर ठड्याएपछि यसपालीको...

कोरोना संक्रमण समुदायमा फैलिएकाबारे अध्ययन, तेस्रो चरणमा प्रवेशको खतरा

काठमाडौँ । सरकारले कोभिड–१९ को सङ्क्रमण समुदायस्तरमा फैलिएको भन्नेबारेमा अध्ययन गर्ने भएको छ । कोभिड–१९ को सङ्क्रमण सबै समूहका मानिसमा देखिरहेको र ट्राभल हिस्ट्रीमा...

तनहुँमा १ जनामा कोरोना संक्रमण पुष्टि

तनहुँ । तनहुँमा पनि एक जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । संक्रमित व्यक्ति रिसिङ गाउँपालिकाका स्थानीय बासिन्दा हुन् । उनी हाल रिसिङ गाउँपालिकाको...

कोभिड–१९ को भयावह स्थिति र कमजोर तयारी

आजसम्म नेपालमा कोरोना भाइरसबाट संक्रमितमध्ये आधाभन्दा धेरै काठमाडौं उपत्यकामा छन् । पछिल्लो १० दिनमा संक्रमण झन्डै तेब्बरले बढेको छ । करिब ५० लाख व्यक्तिको...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

भक्तपुरमा होम आइसोलेशनमा ६ जनाकाे मृत्यु

भक्तपुर ।  सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने एक ७७ वर्षीया कोरोना भाइरस संक्रमितको होम आइसोलेशनमा मृत्यु भएको छ । मिर्गौलाका बिरामी उनको डाइलाइसिस गर्ने क्रममा...

गाली बेइज्जती गर्ने भण्डारीलाई साइबर मुद्दा

काठमाडौं । सामाजिक सञ्जालमार्फत पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाको गालीबेइज्जती हुने सामग्री पोष्ट गरेका केदारमान भण्डारीलाई साइबर अपराधको मुद्दा लगाउने तयारी...

काेराेना संक्रमणबाट पत्रकार बिष्णुप्रसाद चौलागाईंको निधन

काठमाडाैं ।  कोरोना संक्रमणपछि उपचाररत काभ्रेस्थित काभ्रे पोस्टका प्रधान सम्पादक ५१ वर्षीय बिष्णुप्रसाद चौलागाईंको निधन भएको छ। गत असोज २६ गते चौलागाईंमा कोरोना संक्रमण पुष्टि...

दुईपटक शून्यमा झरेको जुम्लामा पुनः सङ्क्रमण बढ्यो

जुम्ला ।  दोस्रोपटक कोरोना शून्य भएको जुम्लामा सङ्क्रमण बढ्दै गएको छ । सुरक्षा सतर्कता नअपनाउँदा कोरोना सङ्क्रमणको ग्राफ बढेको विश्लेषकले बताउने गरेका छन् । यहाँका...

भर्खरै

छुरा प्रहार गरी हत्या,हत्या गर्ने फरार

काठमाडौँको टोखा नगरपालिका –५ धापासीमा छुरा प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । गोरखा घर भई सोही ठाउँमा बस्ने २४ वर्षीय आशिष मगरको मृत्यु...

भक्तपुरमा होम आइसोलेशनमा ६ जनाकाे मृत्यु

भक्तपुर ।  सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने एक ७७ वर्षीया कोरोना भाइरस संक्रमितको होम आइसोलेशनमा मृत्यु भएको छ । मिर्गौलाका बिरामी उनको डाइलाइसिस गर्ने क्रममा...

आठ दिनपछि चौरसियाको अन्त्येष्टि

 पर्सा । मृत्युको आठ दिनपछि नेपाल काम्युनिष्ट पार्टी( नेकपा)पर्साको विन्धवासनी गाँउपालिका कमिटीका सचिव मुकेश चौरसियाको आज अन्त्येष्टि गरिएको छ । चौरसियाको परिवारले दिएको किटानी...

चैत्य, मठमन्दिर र गुम्बा निर्माण गर्दै बैत्यश्वर

दोलखा । दोलखाको बैत्यश्वर गाउँपालिकाले प्राकृतिक, धार्मिक र पुरातात्विक महत्व बोकेको ३४ स्थानको पहिचान गरी चैत्य, मठमन्दिर र गुम्बा निर्माण गरेको छ । भ्रमण...

धेरै पढिएका

बाँकेमा उपचाररत २३ सङ्क्रमितको अवस्था गम्भीर

नेपालगन्ज । बाँकेमा रहेका दुई कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचाररत २३ सङ्क्रमितको अवस्था गम्भीर रहेको छ । भेरी अस्पताल नेपालगञ्जमा १६ जना र शिक्षण...

जुम्ला बस्छन्, चित्रकलाबाटै वार्षिक ५ लाख कमाई गर्छन्

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्वर २ बोता गाउँका जीवन प्रेम रावतले समयमै चित्र कला नसिकेको भए कोरोना कहरका बेला अहिले समय कटाउन...

गाली बेइज्जती गर्ने भण्डारीलाई साइबर मुद्दा

काठमाडौं । सामाजिक सञ्जालमार्फत पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाको गालीबेइज्जती हुने सामग्री पोष्ट गरेका केदारमान भण्डारीलाई साइबर अपराधको मुद्दा लगाउने तयारी...

म्याग्दीमा चिर्पट प्रहार गरेर श्रीमतीको हत्या

म्याग्दीको मालिका गाउँपालिका–२ रुमको खबाङमा आइतबार राति एक व्यक्तिले चिर्पट प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् । घरायसी बिषयमा उत्पन्न विवादमा ओमबहादुर दमाईले चिर्पट...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 85 times, 1 visits today)