सुन भण्डारण गरिएको ठाउँमा प्रहरीको छापा, २३ किलो सुन र २ किलो चाँदी बरामद

वीरगन्ज । चाडपर्वको मौका छोपी अवैध तरिकाले ओसार पसार गरी सुन भण्डारण गरिएको ठाउँमा पर्सा प्रहरीले छापामारी गरेको छ । छापामारीबाट अवैध तरिकाले भण्डारण गरिएको सुन र चाँदी पनि प्रहरीले बरामद गरेको छ ।

शनिबार मध्यान्ह छापामारी गर्दा प्रहरीले २३ किलो २ सय ५७ ग्राम सुन र २ किलो २ सय ६२ ग्राम चाँदी बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ । सुन जस्तो देखिने विस्कुट १ केजीको दरका १३ वटा अर्थात १३ केजी, मझौला विस्कुट जस्तो देखिने ४६ थान अर्थात ८ केजी ५ सय ७६ ग्राम, १०० ग्रामको १० पिस अर्थात १ केजी र ६ सय ८१ ग्राम विभिन्न सुनका गरगहना गरी कुल २३ केजी २ सय ५७ ग्राम बरामद भएको पर्साका प्रहरी नायव उपरिक्षक मनोजित कुँवरले बताए । त्यसै गरी चाँदीको गरगहना तथा थाली र बर्तन गरी कुल २ किलो २ सय ६२ ग्राम चाँदी पनि बरामद भएको उनको भनाइ छ ।

सो सुनचाँदी पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर ५ मा रहेको ६ नं. गेट नजिकको गणेश अपार्टमेन्टबाट बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ । अपार्टमेन्ट भारतको पूर्वी चम्पारण हरैया बस्ने अशोक सिन्हाले भाडामा लिएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ । बाँकी विस्तृत विवरणका ’bout थप अनुसन्धान सुरु गरिएको पर्साका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक मनोजित कुँवरले बताए ।

सुनचाँदी व्यवसायीहरुले भने यो अपार्टमेन्टमा वीरगन्जका सुनचाँदी व्यवसायीले सुनचाँदी ओसारपसार गरी भण्डारण नगरिएको दावी गरे । चाँडो आर्थिक उपार्जन गर्न लालालित कुनै सुनचाँदी व्यवसायी वाहेकको व्यक्तिले लगानी गरी ओसार पसार गरी भण्डारण गरी राखिएको हुन सक्ने उनीहरुको अनुमान छ ।

सुनचाँदी व्यवसायीहरुको त्यहाँ कुनै पनि दोकान वा भण्डारण केन्द्र छैन सुनचाँदी व्यवसायी महासंघ प्रदेश नम्बर २ का उपाध्यक्ष प्रवेश कुमार सर्राफले राजधानीलाई बताए । यता पर्सा प्रहरीले भने अवैध तरिकाले सुन ओसारपसार र स्टोर गरिएको भन्ने सूचना अनुसार शनिबार दिउँसो छापामारी गर्दा सो परिणामको सुनचाँदी बरामद भएको पर्सा प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 447 times, 1 visits today)

epaper

ताजा समाचार

मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो