नेपाली बजारमा नयाँ विद्युतीय गाडी ‘निशान लिफ’आउँदै

काठमाडौं । निशान मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले निशानको सर्वाधिक प्रतीक्षित इभी ‘निशान लिफ’ नेपालमा लन्च गर्ने घोषणा गरेको छ । विद्युतीय सवारीमा विद्यमान करलाई वृद्धि गरिएपश्चात् सो गाडीको लन्च कार्यक्रम पूर्वनिर्धारित समयमा हुन सकेको थिएन। तर, नेपाल सरकारले विद्युुतीय सवारीको करलाई पुनरावलोकन गर्ने व्यवस्था गरेकाले निशानको ‘लिफ’ गाडी २०२१ साल अप्रिलमा लन्च हुने भएको छ।

निशान लिफ संसारकै पहिलो ‘मास मार्केटेड’ विद्युतीय गाडी हो र यो गाडी विद्युतीय गाडी मार्केटमा ग्लोबल लिडर पनि बन्न पुगिसकेको छ। निशान लिफनिसानको विद्युतीय गाडीमा सबैभन्दा उन्नत कार हो। निशान लिफ संसारभर २ लाख ५० हजारभन्दा बढी बिक्री भइसकेको छ। यस कारणले पनि निशान लिफआम सर्वसाधारणको सहज पहुँचमा पुग्ने पहिलो विद्युतीय सवारी बन्न पुगेको छ।

पहिलो निशान लिफ २०१० को डिसेम्बरमा जापानमा लन्च भएको थियो । उन्नत फिचर र उत्कृष्ट लुक भएको निशान लिफ विश्वव्यापी रूपमा सबैभन्दा धेरै बिक्री हुने सवारीका रूपमा परिचित छ । अधिक हर्सपावार र टर्कसहित आउने निसान लिफमा उन्नत टेक्नोलोजी र फिचर छन् । ४० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुने सो गाडीमा अत्याधुनिक इ–पेडल टेक्नोलोजी पनि समावेश गरिएको छ। ई–पेडलमा एक्सलेरेटर पेडल छोड्ना साथ गाडीको गति आफंै कम हुँदै जाने हुनाले एउटै पेडलले ड्राइभिङ गर्न सकिनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 190 times, 1 visits today)

epaper

ताजा समाचार

बाढी अपडेट: सोमबार साँझसम्म ९३९ जनाको शव फेला, तीन हजार ९२५ सम्पर्कविहीन