Friday, December 4, 2020
Home भर्खरै कोरोनाका बाबजुद दसैंको रौनक: आज फूलपाती

कोरोनाका बाबजुद दसैंको रौनक: आज फूलपाती

ललितपुर । कोरोना महामारीका बीच दसैंको रौनक छाएको छ । सुरक्षा विधि अपनाउँदै नेपालीहरू दसंै पर्वलाई हर्षोल्लासका साथ मनाउन जुटेका छन् । आज फुलपाती हो । दसैंघर, कोत तथा घरघरमा फूलपाती भिœयाएर पूmलपातीलाई विशेष बनाउने गरिन्छ । नवरात्रको सातौं दिन यो पर्व मनाउने गरिन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैंघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, मानक, कर्चुर, दारिम, जयन्ती, अशोकको फूल र अन्य पालुवा भिœयाउने चलन छ ।

बडादसैंका बेला मान्यजनका हातबाट टीका, जमरा तथा प्रसाद ग्रहण गर्ने गरिन्छ । विगतमा आफूभन्दा मान्यजनका घरघरमा गएर टीका, जमरा र आशीर्वाद लिने गरिए पनि यसपालि कोरोना संक्रमणको खतराका कारण सावधानी अपनाएर मनाउन सरकारसँगै संस्कृतिविद्ले पनि सुझाव दिइरहेका छन् ।

विभिन्न नौ देवीको पूजाअर्चनापश्चात् दशमीका दिन जमरा निकालिन्छ भने जलको अभिषेक पनि लिने चलन छ । यसरी लिइएको जलले आयु बढ्ने र राम्रो स्वास्थ्य हुने जनविश्वास छ । कोभिड–१९ का कारण टीकाटालो गर्न र ज्येष्ठ नागरिककहाँ गएर आशीर्वाद लिने कार्यक्रम प्रभावित हुने देखिएको छ । सरकारले ज्येष्ठ नागरिकलाई जोखिमको सूचीमा राखेको छ ।

नेपाल पञ्चांग निर्णायक समितिका अनुसार कात्तिक १० गते सोमबार विजयादशमीका दिन टीका लगाउने उत्तम साइत बिहान १० बजेर १९ मिनेटमा रहेको छ । त्यही दिन बिहान १० बजेर ११ मिनेटमा घटस्थापनाका दिन थापिएको देवी भगवतीलाई विसर्जन गरिने शुभ साइत रहेको समितिका अध्यक्ष प्राडा. रामचन्द्र गौतमले जानकारी दिए । उनका अनुसार देवी विसर्जन गरिएपछि देवीको प्रसाद स्वरूप टीका र जमरा साइतमा लगाउने परम्परा छ ।

शुक्रबार सप्तमीका दिन हनुमानढोका दरबारको दसैंघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भिœयाउने परम्परा छ । गोरखादेखि धादिङ जिल्लाको जीवनपुरसम्म गोरखा दरबारको दसैंघरका पुजारीसहित मगर जातिका छ जनाले फूलपाती ल्याउँछन् । धादिङ जिल्लाको जीवनपुरदेखि जमलसम्म काठमाडौंबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहेको छ । कोरोना भाइरसको संक्रमणका कारण यो विधिमा केही परिमार्जन हुने काठमाडौं जात्रा व्यवस्थापन समितिका अध्यक्ष राजन महर्जनले जानकारी दिए ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुको पल्टन, नेपाली सेनाको ब्यान्डबाजा, पञ्चैबाजा र सांस्कृतिक नाचगानसहितको लावा लस्करका साथमा फूलपाती ल्याउने परम्परा छ । संक्रमणको खतराका कारण यी सबै प्रक्रियामा परिमार्जन हुने सम्भावना छ ।

पृथ्वीनारायण शाहले काठमाडौं राज्य जितेपछि गोरखाबाट ल्याएर फूलपाती भिœयाउने चलन बसेको इतिहास छ । फूलपाती दरबारभित्र भिœयाउँदा कालो बोकाको बलि दिने चलन रहेको छ । त्यसैगरी, देशभरिका प्रमुख शक्तिपीठ, देवी मन्दिर, नेपाली सेना तथा प्रहरीका तल्लोदेखि उपल्लो तहका अड्डाहरूमा बढाइँसहित साथ फूलपाती भिœयाउने चलन रहेको छ । फूलपाती भिœयाउने साइतअनुसार टँुडिखेलमा नेपाली सेनाले फूलपातीको बढाइँ जात्रा प्रस्तुत गर्ने गर्छन् । नेपाली सेनाको टुकडीले तोप पड्काउँदै हर्ष बढाइँ गर्ने प्रचलन परम्परादेखि नै चल्दै आएको छ । उक्त बढाइँको राष्ट्रप्रमुखका हैसियतले राष्ट्रपतिसहित उच्च पदस्थ व्यक्तित्वले प्रत्यक्ष अवलोकन गर्दै छन् ।

यो पनि पढ्नुहोस   घाँस काट्न गएकी बालिकामाथी यौन दुर्व्यवहार

फूलपातीदेखि नै दोबाटो, चौबाटो, चौतारो र खुला स्थानमा हालिने लिंगे पिङ र रोटे पिङ हाल्ने गरिन्छ । दसैंको विशेष रौनक फूलपातीबाट सुरु भए पनि कोरोनाका कारण त्यति चहलपहल हुनेछैन । पौराणिक कालदेखि मानिँदै आएको यो खुसियालीको उत्सव भगवतीको पूजाआजा गरी मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरी मनाइन्छ । हिन्दूहरूको महान् चाड बडादसैंमा यसपालि कुनै उत्साह र उमंग देखिएको छैन । व्यक्ति व्यक्तिका मुहारमा दसैं आयो भन्ने त्यत्ति रौनक पाइँदैन । सामाजिक महŒवसँगै धार्मिक र सांस्कृतिक महŒव पनि बोकेको दसैं विगतका वर्षको भन्दा भिन्न तवरले मनाउनुपर्ने देखिएको छ ।

महाअष्टमी
बडादसैंको आठौँ दिन शनिबार दसैंघर, कोत, शक्तिपीठ तथा घरघरमा माता दुर्गा भवानीको बलिसहित पूजा आराधना गरी महाअष्टमी मनाइन्छ । यस दिन दसैंघर तथा जमराकोठामा दुर्गा भवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीकका रूपमा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहित नौ थुप्रा राखी दुर्गापूजा गरिँदै छ । यसैगरी फलामबाट बनाइएका हातहतियार र सवारी साधनलाई सफासुग्घर गरी बलिसहित पूजा गरिन्छ । पशुबलि नचढाउनेहरू यस दिन जमराकोठामा घिरौला, कुभिन्डो, मुला आदि बलि दिई दुर्गा भवानीलाई खीर तथा नरिवल चढाउने गर्दछन् । हनुमानढोकाको दसैंघरमा मध्यरातमा शक्तिरूपिणी दुर्गा भवानीको पूजाअर्चना र हर्ष बढाइँ गरिए पनि ५४ राँगा र ५४ बोकाको बलि भने नदिइने भएको छ ।

महानवमी
बडादसैंको नवौं दिन महानवमीमा दसैंघर, कोत, शक्तिपीठ तथा घरघरमा माता दुर्गा भवानीको बलिसहित पूजा आराधना गरिँदै छ । यसअघि अघिल्लो दिन महाअष्टमीमा पनि भवानीलाई बलिसहित पूजा गरिएको थियो । महानवमीका दिनमा घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगि चढाइन्छ ।

दसैंघर र कोतलगायत देशका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवं देवीस्तोत्र पाठ गरिन्छ । पशुबलि नदिनेहरूले भने कुभिन्डो, घिरौंला, मुला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउँछन् ।

अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ । मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महŒवका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने नवमीमा हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ ।

(Visited 96 times, 1 visits today)
Loading comments...

आजको समाचार

फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

कञ्चनपुर । फेसबुकबाट चिनजानपछि बसेको माया प्रेमले जीवनमा कहिल्यै नभुल्ने चोट देला भनेर शुक्लाफाँटा नगरपालिका–४ की ताराले कहिल्यै पनि सोचेकी थिइनन् । सामाजिक सञ्जाल...

नेकपा विवाद : अध्यक्षद्धय ओली र दाहाल बीच सम्वाद हुनै छोडयो

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद बढदै गईरहेका बेला दुई अध्यक्षका बीचमा सम्बाद हुन छोडेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी...

निगमले झापामा एलपी ग्याँस र पेट्रोलिय पदार्थको भण्डारण विस्तार गर्ने

काठमाडौँ । नेपाल आयल निगमले झापामा एल.पी ग्याँस र पेट्रोलियम पदार्थको भण्डारण क्षमता विस्तार गर्ने भएको छ । निगमले ४० हजार किलोलिटरको पेट्रोलियम पर्दाथ...

एनसेल अफर : १७ रूपैयाँमा ६० मिनेट कुरा गर्न पाइने

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्ना प्रिपेड ग्राहकका लागि २ वटा नयाँ भ्वाइस प्याक ल्याएको छ । यसअन्तर्गत ग्राहकले अझै सुलभ दरमा आफ्ना साथीभाइ...

जीवन रक्षाका खोपहरु अधिकतम नाफाको माध्यम नहुन् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण मानव समुदाय नै संकटमा रहेको समयमा जीवन रक्षाका खोपहरु अधिकतम नाफाको माध्यम हुन नसक्ने बताएका छन् । कोभिड–१९...

साताका लोकप्रिय समाचार

भारतमा १० करोड डोज स्पुतनिक खोप उत्पादन गर्ने रुसको घोषणा

मस्को । कोरोना भाइरसविरुद्धको रसियाली स्पुतनिक–भी खोप भारतमा उत्पादन गरिने भएको छ । भारतीय औषधि निर्माता कम्पनी हेटेरोले १० करोड डोज खोप उत्पादन गर्ने...

जनस्वास्थ्यका न्यूनतम मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरिने

काठमाडौं । कोरोना भाइरस संक्रमणले बन्द शैक्षिक संस्था क्रमशः खुल्दै थालेका छन् । जनस्वास्थ्यका न्यूनतम मापदण्ड कार्यान्वयन गर्दै विद्यालय सञ्चालनमा आउन थालेका हुन् । कोरोनाका...

सुन ताेलामा एक हजार ६०० वढ्याे

काठमाडाैं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला  एक हजार ६०० रूपैयाले उकालो लागेको छ । बुधबारका तुलनामा आज छापावाला सुन प्रतितोला रु एक...

किशोर किशोरीका लागि गहकिलो खुराक ‘सेकुवा’

काठमाडौं । किशोरावस्था पुगेकाहरुले नेपालमा अझै चाहे जस्तो साहित्यि पाठ्या सामग्री पाउदैनन् । बाल बालिका केन्द्रित धेरै सामग्री प्रकाशन भएपनि किशोर किशोरीका चाहना अनुरुपमा...

कोरोना भाइरस बिरुद्धको खोप प्रयोग गर्न अनुमति

लण्डन । फाइजर बायोएनटेक खोपलाई बृहत् रूपमा प्रयोग गर्न अनुमति दिइने भएको छ । ब्रिटिश नियामक संस्था एमएचआरएका अनुसार ९५ प्रतिशतसम्म सुरक्षा प्रदान गर्ने सो...

ट्रेन्डिङ

सिंहदरबारभित्रै आन्दोलनमा उत्रिए कर्मचारी

काठमाडौं । संघीय निजामती सेवा विधेयक संसद्को राज्यव्यवस्था तथा सुशासन समितिबाट पारित भएको भोलिपल्टै विवादमा परेको छ । विधेयकले कर्मचारीको वृृत्ति विकासमा गम्भीर असर...

चन्द्रमाको फरक रङ : खगोल शास्त्रका लागि दुर्लभ

काठमाडौं । चैत्र शुक्ल पूर्णिमाको राति मङ्गलबार आकाशमा देखिएको चन्द्रमाको फरक रङ खगोल एवं ज्योतिष शास्त्रको अध्ययनका लागि दुर्लभ घटना सावित भएको...

तातोपानी नाकाबाट आयात–निर्यात सहजरूपमा गर्ने निर्णय

मेलम्ची । नेपाल र चीनका सरकारी अधिकारीबीच तातोपानी नाकाबाट स्वास्थ्य सामग्री र अत्यावश्यक खाद्यान्न आयात–निर्यात सहज रूपमा गर्ने निर्णय भएको छ ।...

बलात्कारका मुद्दा फास्ट ट्र्याकमा सुनुवाइ गर्न ताकेता

काठमाडौं । बलात्कार र महिला हिंसाका मुद्दा फास्ट ट्र्याकमा सुनुवाइ सुरु गर्न महान्यायाधिवक्ता कार्यालयले दोस्रो पटक सरकारी वकिल कार्यालयलाई निर्देशन दिएको छ । देशभर...

आहा लाखामरी (फोटोफिचर)

काठमाडौं । गुलियो मिठाई लाखामरीको निकै राम्रो बजार मानिन्छ काठमाडौं । धेरै समयसम्म टिकाउ हुने भएकाले पनि यसको खपत राम्रै हुने गरेको छ ।
यो पनि पढ्नुहोस   घाँस काट्न गएकी बालिकामाथी यौन दुर्व्यवहार
तिहारको...

विप्लव समूहका जिल्ला इञ्चार्ज पक्राउ

दमौली । नेत्रविक्रम चन्द (विप्लव) समूहका जिल्ला इञ्चार्ज पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोल्पा घर भई हाल तनहुँको बन्दीपुर गाउँपालिका बस्ने...

त्रुटिपूर्ण व्यवस्थाका कारण पार्टी भित्र संकट देखियो : प्रभु साह

गौर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहले संवैधानिक व्यवस्थामा रहेको त्रुटिका कारण पार्टी भित्र संकट उत्पन्न भएको जीकिर गरेका...

सहर बजारमा भिडभाड बढ्यो

काठमाडौं । बन्दाबन्दी (लकडाउन) खुकुलो भएसँगै सहर बजारमा विभिन्न बहानामा भिडभाड हुने क्रम बढेको छ । सडक, सपिङ मल, होटल, रेस्टुरेन्ट र ससाना भट्टीमा...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

प्रहरी समायोजनको प्रारम्भिक काम सुरु

काठमाडौं । नेपाल प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) प्रतिवेदन पास भएलगत्तै गृह मन्त्रालयले समायोजनको काम अघि बढाएको छ । गृह मन्त्रालयले नेपाल प्रहरी...

नेकपा विवाद : अध्यक्षद्धय ओली र दाहाल बीच सम्वाद हुनै छोडयो

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद बढदै गईरहेका बेला दुई अध्यक्षका बीचमा सम्बाद हुन छोडेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी...

बालिकाको बलात्कारपछि हत्या गरेका किशोर प्रहरीलाई छलेर फरार

धनगढी। बझाङमा तीन महिनाअघि एक १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा कारागार चलान भएका ब्यक्ति फरार भएका छन् । गत असोजमा जिल्लाको मष्टा गाउँपालिकाकी...

कसरी ल्याइँदै छ नेपालमा कोरोनाविरुद्धको खोप ?

काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप ल्याउन तयारी थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्ध खोप ल्याउन द्रुत प्रतिकार्य योजना बनाएको हो । द्रुतकार्य...

भर्खरै

घाँस काट्न गएकी बालिकामाथी यौन दुर्व्यवहार

काठमाडौं । ८ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा कञ्चनरुप नगरपालिका–११ बस्ने २४ वर्षीय दिपक गाईनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । घाँस काटन...

उदयपुरको सौर्य सिमेन्ट खानीमा बम विस्फोट, ५ जना घाइते

उदयपुर । उदयपुरको कटारी नगरपालिका– ८ मर्जेतपुरस्थित भान्टारीमा रहेको सौर्य सिमेन्ट उद्योगको चुनढुंगा खानीमा विहिबार राति अज्ञात समुहले शक्तिशाली बम विस्फोट गराएको छ ।...

१० किलो चरेशसहित बैतडीमा एक जना पक्राउ

बैतडी । १० किलो चरेशसहित बैतडीमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङको बुङ्गल नगरपालिका वडा नम्बर ९ बस्ने ३० वर्षीय मानबहादुर...

पत्रकारमाथि आक्रमण गर्ने मालपोतका कर्मचारी पक्राउ

दमक । पत्रकारमाथि आक्रमण गर्ने झापाको दमकस्थित मालपोत कार्यालयका कर्मचारी इन्द्र राजवंशी पक्राउ परेका छन् । खरिदार राजवंशीलाई पीडितको उजुरीपछि आवश्यक अनुसन्धानका लागि आज...

धेरै पढिएका

बलात्कार आरोपित बालकलाई छ महिना कैद

सप्तरी । खेल्ने क्रममा साढे तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालतले १४ वर्षीय एक बालकलाई छ महिना कैद सजायको फैसला गरेको छ...

थप १ हजार ४७४ जना कोरोना संक्रमित पुष्टि

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा एक हजार ४७४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ९...

अरिंगालले लियो रमिलाको ज्यान

सप्तरी । अरिंगालले टोकेर गम्भीर घाइते भएकी सप्तरीका एक महिलाको बुधबार उपचारको क्रममा मृत्यु भएको छ । सप्तरीको रुपनी गाउँपालिका १ बस्ने राजेश भन्ने...

फराकिलो बन्दै नेपाली कूटनीतिक आयाम

चिनियाँ रक्षामन्त्रीको भ्रमणसँगै नेपाली कूटनीतिक आयाम फराकिलो बन्दै गएको महसुस हुन थालेको छ । यसअघि भारतीय पक्षबाट भएको कूटनीतिक भ्रमणले नेपाल भारतबीचमा उच्चस्तरीय कूटनीतिक...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)