मुनामदन बिर्साउँदै सन्तोष र समीक्षा

एउटै मुुटु एउटै होस् मन
पछि परुन् मुना र मदन
कलियुगको पिरती देखाईदिम्
यस्तो बनाम् मायाको नमुना
इतिहासमा हाम्रो नाम लेखाइदिम् ।”

पोखरेलीगायक तथा संचारकर्मी सन्तोष बस्यालको चर्चित गायिका समीक्षा अधिकारीको संयुक्त स्वरमा ‘एउटै मुटु’ बोलको गीत सार्वजनिक भएको छ ।

ईश्वर खड्का विशालको शब्द तथा बाबुल गिरिको संगीतमा सजिएको सो गीतको भिडियोका निर्देशक प्रथम क्षत्रीको अफिसियल यूट्व च्यानल प्रथम क्षत्रीबाट फूलपातीदेखि सार्वजनिक भएको हो । भिडियोमा प्रेमिप्रेमिका भूमिकामा प्रथम र एञ्जिला बानियाँले मन छुने अभिनय गरेका छन् ।

सोलो मोसन पिक्चरको प्रस्तुतिमा ईश्वर थापा, हरि क्षत्री र डेभिज टन्डन क्षत्रीले भिडियो निर्माणमा लगानी गरेका हुन् । अन्नत घिमिरेको सम्पादन र कलरिङ रहेको भिडियोको डिओपी सुमन कार्कीले गरेका छन् । गीतलाई श्यामश्वेत रसाइलीले मिक्सिङ एवं मास्टरिङ गरेका हुन् ।

विगत १० वर्षदेखि गीतसंगीत र सञ्चारकर्मलाई सँगसँगै बढाएका गायक बस्यालले पहिलो पटक लोकगीतमा स्वर भरेका हुन् । यसअघि उनले आधुनिक र पप गरी आधा दर्जन गीत सार्वजनिक गरिसकेका थिए ।

पर्वतका बस्याल उच्च शिक्षा अध्ययनसँगै गीत संगीतलाई अगाडि बढाउन पोखरा झरेपछि रेडियो अन्नपूर्णबाट संचारकर्म सुरु गरे । चलचित्र पत्रकार संघ नेपाल पोखराका सदस्य समेत रहेका उनी परिचय नेटवर्कमा समेत आबद्ध छन् । युवापुस्तामा चर्चित गायिका समीक्षा अधिकारीसँग स्वर भर्न पाउँदा आफूलाई खुसी लागेको र गीत सबैले मन पराउनेमा आशावादी देखिन्छन् । हाल पोखरामै शास्त्रीय संगीत सिक्ने गायक बस्यालका यसअघि ‘मैले तिमीलाई माया गर्दा..’ रेशम फिरिरी..’ ‘ढाँट्यो मायाले..’ लगायत गीत आइसकेकोमा छिट्टै ‘माछापुच्छ«े हिमचुलीको छाया खस्यो फेवातालैमा..’, ‘वीर नेपाली…’, ‘बस है प्यारी..’ आउनेक्रममा रहेको जानकारी दिए ।

कास्कीको लाहाचोक घर भएकी गायिका समीक्षाले यो गीतबाट पनि आफू आशावादी रहेको बताइन् । सुरिलो स्वरकी धनी समीक्षाले गायक सन्तोषसँग युगलगीत गाउन पाउँदा खुसी लागेको प्रतिक्रिया दिइन् ।

https://www.youtube.com/watch?v=Bh1a_k5FiP4&ab_channel=PrathamChhetri

अभिनयमार्फत म्यूजिक भिडियोमा आएका कलाकार प्रथम क्षत्री मिहिनेती छन् । भारतमा समेत अभिनय अध्ययन गरेका प्रथमले यो गीतमा महत्वपूर्ण निर्देशकको भूमिकासहित अभिनय गरेका छन् । उनका अनुसार भिडियोमा एक जोडी प्रेमीप्रेमिकाको कथा बुनिएको छ । यो उनकै कथा हो । प्रेम गहिरिँदै जाँदा एकपटक युवतीमाथि एसिड आक्रमण हुन्छ । उनको सुन्दर अनुहार कुरुप बन्छ । त्यसबाट विक्षिप्त उनी आफू अब प्रेमको लायक नभएको भनी पछि हट्दा प्रेमी स्वयम्ले आफ्नो मुखमा एसिड हान्छन् । दुवैले एकअर्कामा स्वीकार्छन् । एसिड आक्रमणमा परेकाहरु विक्षिप्त बनेको अवस्थामा समाजले सहजै रुपमा स्वीकार्नुपर्ने, हेलाहोचो गर्नु नहुने गीतको अर्को सन्देश पनि छ ।

“पिरतीको गाउन गीत
बिर्सुन् सबै सानु रामसीता
कलियुगको पिरती देखाइदिम्
यस्तो बनाम् मायाको नमुना
इतिहासमा हाम्रो नाम लेखाइदिम् ।”

तपाइको प्रतिक्रिया
(Visited 262 times, 1 visits today)

epaper

ताजा समाचार

सुनसरीमा लागूऔषध बरामद र भ्रामक भिडियो प्रकरणमा खास भएको के हो ?