वडा अध्यक्ष र सदस्यले दिए आफुले पाउने दसैं भत्ता स्वास्थ्य चौकीलाई

बाजुरा(मार्तडी) । बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्याय लगायत वडा सदस्यहरुले आफुहरुले पाउने बिभिन्न भत्ताको रकम स्वास्थ्य चौकीको स्तरउन्नतिका खर्च गर्ने निर्णय गरेका छन् । दशैको शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरी सार्वजानिक रुपमा चुथी स्वास्थ्य चौकीको जंगा व्यवस्थापन गर्न सो रकम दिने निणर्य गरेका हुन् ।

विगत जस्तै दशैमा उपलव्ध हुने भत्ता बापतको रकम यो वर्ष स्वास्थ्य संस्थालाई उपलब्ध गराउने निर्णय भएको ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताए । यस बर्ष कोरोनाले देश थला परिरहेको अवस्थालाई मध्यनजर गर वडा अध्यक्षले पाउने १८ हजार र वडा सदस्यले पाउने ८ हजार चुथि स्वास्थ्य चौकिको स्तर उन्नतिका लागि जग्गा व्यवस्थापनमा सहयोग गर्ने निणर्य गरेको वडा अध्यक्ष पाध्यायले जानकारी दिए ।

दसैै शुभकामना आदान प्रदान कार्यक्रम वडा अध्यक्ष धमर्मराज पाध्यायको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाली काग्रेसका नेता धनराज पण्डित, नेकपा नेता नन्दराज पण्डित, लक्षि विक, तुलाराम जैशी जंग विक, वडा सदस्य धनलाल पाध्या , प्रर्याग जैशी, धनमति विक कार्यपालिका सदस्य र वडा सदस्य कला थापा, विद्यालय प्रअ, स्वास्थ्य ईन्चार्ज लगायतको, सहभागिता रहेको वडाअध्यक्ष पाध्यायले जानकारी दिएका छन । विगत देखि सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका वडा अध्यक्षको प्रस्तावमा यस बर्ष स्वास्थ्य चौकीको स्तर उन्नतिमा लगानी सबैले सहमति जनाएको हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 307 times, 1 visits today)

epaper

ताजा समाचार

‘मिस्टर महानगर’को उपाधि सगेन्द्रलाई