१७४१ नयाँ संक्रमित थपिए, आज ४००५ डिस्चार्ज भए

सांकेतिक तस्वीर

काठमाडौं । विगत २४ घन्टामा १ हजार ७ सय ४१ जना नयाँ संक्रमित थपिएका छन् भने १५ जनाको निधन भयो । ५ हजार ६ जनामा पीसीआर टेस्ट गर्दा ६ सय ७७ महिला र १ हजार ६४ जना संक्रमित पुरुष थपिएका हुन् । ४ हजार ५ जना संक्रमणमुक्त भएर घर फर्किको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा २ सय ५०, प्रदेश २ मा ६६, बागमति प्रदेशमा १ हजार ५७, गण्डकी प्रदेशमा २ सय १३, लुम्बिनी प्रदेशमा १ सय ४५, कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिम प्रदेशमा ३ जना संक्रमित थपिएका हुन् ।

काठमाडौं उपत्यकामा ८ सय ९४ जना नयाँ संक्रमित थपिएका छन् । त्यसमध्ये ३ सय ८० जना महिला र ५ सय १५ जना पुरुष रहेका छन् । काठमाडौंमा ६ सय ७३, ललितपुरमा १ सय ४६ र भक्तपुरमा ७६ जना नयाँ संक्रमित थपिएका हुन् । विगत २४ घन्टामा १५ जनाको निधन भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या ८ सय ६२ पुगेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 190 times, 1 visits today)

epaper

ताजा समाचार

लालबन्दीमा नेपालकै पहिलो मर्यादित महिनावारीमैत्री वडा घोषणा