एजेन्सी । युरोपमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या गत साताको तुलनामा ४० प्रतिशतले वृद्धि भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ ।
सङ्गठनकी प्रवक्ता डाक्टर मार्गरेट ह्यारिसले फ्रान्स, स्पेन, बेलायत, नेदरल्यान्डस् र सङ्क्रमित बढी देखिएको बताएकी छन् ।
रुसमा एकै दिनमा ३ सय २० जनाको मृत्यु भएको छ । हालसम्म रुसमा कोराेना संक्रमणकाे कारण २६ हजार ५ सय ८९ जनाको मृत्यु भइसकेको छ । इटलीमा पनि मृत्युदर तीव्र रूपले बढेको छ। त्यहाँ विगत २४ घन्टामा मात्रै २ सय २१ जनाको मृत्यु भएको छ ।
मंगलवार अस्ट्रियामा १ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने अमेरिका, भारत, ब्राजिलपछि धेरै सङ्क्रमित रुसमा छन् । मङ्गलवारमात्रै रुसमा १६ हजार ५ सय ५० जना नयाँ सङ्क्रमित देखिएपछि भिडभाड हुने सबै ठाउँहरूमा मास्क लगाउन अनिवार्य गरिएको छ ।
बेल्जियममा अस्पतालहरूमा सङ्क्रमित बिरामीको चाप बढेपछि त्यहाँ सङ्क्रमित चिकित्सकहरूलाई पनि काममा आउन भनिएको छ । डब्लुएचओकी प्रवक्ता ह्यारिसले विगत साताको तुलनामा दैनिक सङ्क्रमितको सङख्या एक तिहाइले र मृत्यु हुनेको सङ्ख्या झण्डै ४० प्रतिशतले बढेको बताएकी छन् ।






