काठमाडौं । तत्कालिन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रेस खरिद सम्बन्धमा स्थानीय प्रतिनिधिसँग कमिशनका लागि कुरा गर्ने सन्दर्भमा राष्ट्र सेवक कर्मचारीहरुलाई प्रयोग गरेको भाषा प्रति नेपाली कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘नेपाल सरकारको मन्त्री जस्तो गरिमामय पदमा रहेर अत्यन्तै अमर्यादित, अशोभनीय एवं आपत्तिजनक भाषा प्रयोग गर्नु निन्दनीय एवं लज्जास्पद विषय हो ।’ आइतवार जारी विज्ञप्तीमा उल्लेख छ ।
यस कार्यको नेपाली कांग्रेस संसदीय दल घोर आपत्ति व्यक्त गर्छ भन्दै यस प्रकारको क्रियाकलापले गर्दा राष्ट्र सेवक कर्मचारीलाई पर्न गएको आघात प्रति नेपाली कांग्रेस संसदीय दलले घोर भर्तसना गरेको जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 237 times, 1 visits today)






